स्नातकतह छात्रवृत्ति – २०७८ को Scholarship Awarded List मा समावेश भएका उम्मेदवारहरूलाई पत्र बुझ्नेसम्बन्धी सूचना

स्नातकतह छात्रवृत्ति – २०७८ को Scholarship Awarded List मा समावेश भएका उम्मेदवारहरूलाई पत्र बुझ्नेसम्बन्धी सूचना

पोखरा विश्वविद्यालय स्नातकतह छात्रवृत्ति कार्यक्रम – २०७८ को Scholarship Awarded List मा समावेश भएका उम्मेदवारहरूलाई सम्बन्धित शैक्षिक कार्यक्रम र शैक्षिक संस्थाहरूमा अध्ययनका लागि भर्ना हुन जानेसम्बन्धमा विश्वविद्यालयबाट तपसिलबमोजिमको मिति र समयमा छात्रवृत्तिसम्बन्धी पत्र प्रदान गरिने भएकोले सम्बन्धित सबै उम्मेदवारहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छः

तपसिल
१. विज्ञान तथा प्रविधि सङ्काय, समूह ‘क’ एवम् समूह ‘ख’ अन्तर्गतका कार्यक्रमको लागि मिति २०७८ चैत्र १४ गते सोमबार कार्यालय समयभित्र ।
२. मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गतका कार्यक्रमको लागि मिति २०७८ चैत्र १४ गते सोमबार कार्यालय समयभित्र ।
३. व्यवस्थापन सङ्काय अन्तर्गतका कार्यक्रमको लागि मिति २०७८ चैत्र १५ गते मङ्गलबार कार्यालय समयभित्र ।

 

लोकप्रसाद ढकाल
सूचना अधिकृत
२०७८ चैत्र १० गते बिहीबार