स्नातकतह छात्रवृत्ति – २०७८ को Scholarship Awarded List मा समावेश भएका उम्मेदवारहरूलाई पत्र वितरण सम्बन्धमा थप स्पष्ट पारिएको सम्बन्धी सूचना

स्नातकतह छात्रवृत्ति – २०७८ को Scholarship Awarded List मा समावेश भएका उम्मेदवारहरूलाई पत्र वितरण सम्बन्धमा थप स्पष्ट पारिएको सम्बन्धी सूचना

पोखरा विश्वविद्यालय स्नातकतह छात्रवृत्ति कार्यक्रम – २०७८ को Scholarship Awarded List मा समावेश भएका उम्मेदवारहरूलाई सम्बन्धित शैक्षिक कार्यक्रम र शैक्षिक संस्थाहरूमा अध्ययनका लागि भर्ना हुन जानेसम्बन्धमा विश्वविद्यालयबाट तपसिलबमोजिमको मितिदेखि छात्रवृत्तिसम्बन्धी पत्र प्रदान गर्दै आइरहेको व्यहोरा सम्बन्धित सबै उम्मेदवारहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छः

तपसिल
१) विज्ञान तथा प्रविधि सङ्काय, समूह ‘क’ एवम् समूह ‘ख’ अन्तर्गतका कार्यक्रमको लागि मिति २०७८ चैत्र १४ गतेदेखि मिति २०७८ चैत्र २० गतेसम्मका लागि छात्रवृत्तिसम्बन्धी पत्र वितरण भइरहेको छ । यस सङ्काय अन्तर्गतका कार्यक्रममा छात्रवृत्ति लागि पत्रप्राप्त गरेका विद्यार्थीहरूले मिति २०७८ चैत्र २० गते आइतबारसम्म सम्बन्धित कलेजमा गई भर्ना भइसक्नुपर्नेछ ।
२) मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गतका कार्यक्रमको लागि मिति २०७८ चैत्र १४ गतेदेखि मिति २०७८ चैत्र २० गतेसम्मका लागि छात्रवृत्तिसम्बन्धी पत्र वितरण भइरहेको छ । यस सङ्काय अन्तर्गतका कार्यक्रममा छात्रवृत्ति लागि पत्रप्राप्त गरेका विद्यार्थीहरूले मिति २०७८ चैत्र २० गते आइतबारसम्म सम्बन्धित कलेजमा गई भर्ना भइसक्नुपर्नेछ ।
३) व्यवस्थापन सङ्काय अन्तर्गतका कार्यक्रमको लागि मिति २०७८ चैत्र १५ गतेदेखि मिति २०७८ चैत्र २१ गतेसम्मका लागि छात्रवृत्तिसम्बन्धी पत्र वितरण भइरहेको छ । यस सङ्काय अन्तर्गतका कार्यक्रममा छात्रवृत्ति लागि पत्रप्राप्त गरेका विद्यार्थीहरूले मिति २०७८ चैत्र २१ गते सोमबारसम्म सम्बन्धित कलेजमा गई भर्ना भइसक्नुपर्नेछ ।