राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको खेलकुद कार्यक्रम सम्बन्धि सुचना !

राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको खेलकुद कार्यक्रम सम्बन्धि सुचना !

२०८० साल माघ १० गते बुधबार, पोखरा–३०, कास्की ।
उपरोक्त सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वर काठमाण्डौंले मिति २०८० माघ २२ र २३ गते आयोजना गर्न लागेको विश्वविद्यालय खेलकुद प्रतियोगितामा यस विश्वविद्यालयबाट एथलेटिक्स तर्फ छात्र–५ जना, छात्रा–५ जना ; भलिबल तर्फ छात्र–१० जना ;  टेबुल-टेनिस तर्फ छात्र–२ जना, छात्रा–२ जना ; र व्याडमिन्टन तर्फ छात्र–२ जना, छात्रा–२ जना गरि जम्मा ४ वटा खेलमा २८ जना सहभागी विद्यार्थी पठाउनुपर्ने भएकाले इच्छुक विद्यार्थीले तल दिइएको लिंकमा भएको  फर्म मिति २०८०।१०।१२ गते राती १२ बजे भित्र निबेदन पेश गर्नका लागि सम्बन्धीत सम्पूर्ण विद्यार्थीहरुलाई सुचीत गरिन्छ । उक्त खेलकुद कार्यक्रमकालागि छानिएका विद्यार्थीहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले भ्रमण-खर्च एवं बसोबासको ब्यवस्था गर्नेछ ।

नोट :
एक जना विद्यार्थीले एउटा खेलमा मात्र सहभागी हुन पाउने छ ।
कक्षा र आन्तरिक परीक्षा लाई असर नपर्ने गरेर मात्र आफ्नो सहभागिता जनाउन हुन जानकारी गराईन्छ।

सन्तोष कुमार गुप्ता
निर्देशक
बिद्यार्थी कल्याणकारी तथा अत्तिरिक्त कृयाकलाप निर्देशनालय,
पोखरा विश्वविद्यालय

 

Click here: Application for participation
https://forms.office.com/r/E285Uq9HWC