पौड्याल व्यवस्थापन सङ्कायको डीन पदमा नियुक्त

पोखरा विश्वविद्यालयको व्यवस्थापन सङ्कायको डीन पदमा पृथ्वीनारायण क्याम्पस, पोखराका सह–प्राध्यापक डा. कर्णवीर पौड्याल नियुक्त हुनु भएको छ । पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को २०६९ चैत्र २३ गते शुक्रबार बसेको बैठकले उहाँलाई पोखरा विश्वविद्यालय ऐन २०५३ को दफा २७ (२) बमोजिम ४ वर्षका लागि उक्त पदमा नियुक्ति गरेको हो । उहाँ पोखरा विश्वविद्यालयमा यस अघि परीक्षा नियन्त्रक पदमा वि.सं. २०६४ मङ्सीर २४ गतेदेखि २०६८ मङ्सीर २३ गतेसम्म कार्यरत रही ४ वर्षे सेवा अवधिबाट सेवा निवृत्त हुनु भएको थियो ।

DSC07809                                                                          डा. कर्णवीर पौड्याल

225212_10152597729715724_131698810_n                                                                          ई. बुद्धिराज जोशी

यसै गरी शुक्रबार बसेको कार्यकारी परिषद्को बैठकको निर्णयानुसार स्कूल अफ ईञ्जिनियरिङ्ग, पोखरा विश्वविद्यालयका बिई सिभिल कार्यक्रमका कार्यक्रम संयोजक ई. बुद्धिराज जोशीलाई अर्को व्यवस्था नभएसम्मका लागि उक्त स्कूलको स्कूल निर्देशकले गर्ने भनि तोकिएको कार्य गर्न थप जिम्मेवारी पनि दिइएको छ ।