पोखरा विश्वविद्यालयमा आयोजनाहरू सञ्चालन हुँदै

पोखरा विश्वविद्यालयले आफ्नो शैक्षिक एवम् प्रशासनिक कार्य क्षेत्र बिस्तार हुँदै गर्दा विश्वविद्यालय सञ्चालन भइरहेको परिसरभित्रै करोडौ मूल्य पर्ने प्रशासनिक एवम् शैक्षिक भवनहरूको निर्माण एवम् बिस्तारलाई पनि निरन्तरता दिँदै लगेको छ ।

20130626_170935

विश्वविद्यालयले हालको मौजुदा केन्द्रीय कार्यालय कार्यसम्पादनका लागि साँघुरो हुँदै गएकोले उक्त भवनको मिररसाइडमा करिव ६ (छ) करोड लागत अनुमानको नयाँ केन्द्रीय प्रसासनिक भवनको निर्माणका लागि गौरी पार्वती निर्माण सेवा (प्रा.लि.) सँग सम्झौता सम्पन्न गरेको छ ।

DSC00004

यसै गरी शैक्षिक कार्यक्रमहरुको विस्तार भएअनुरूप मौजुदा शैक्षिक भवनहरू पनि साँघुरा हुँदै गएकोले तिनको विस्तार गर्न विश्वविद्यालयले करिव ३ (तीन) करोडको लागत अनुमानमा मौजुदा मानविकी भवन, पुस्तकालय भवन र हेल्थ सेन्टरमा तला थप गर्ने निर्माण लगायत नर्सिङ्ग कार्यक्रमका लागि सुनौलो खिम्ति कन्स्ट्रक्सन प्रा.लि. र राजेन्द्र निर्माण सेवा प्रा.लि. जेभिसँग पनि हालै सम्झौता गरेको छ ।

20130626_174259

साथै विश्वविद्यालयले लेखनाथको मुँसेटुडास्थित जग्गामा स्कूल अफ मेडिकल साइन्सेज अथवा त्यस्तै प्रकारका शैक्षिक भवन निर्माणका लागि साढे ८(आठ) लाखभन्दा बढि पैसा खर्चेर सोइल टेस्ट एवम् जियोटेकनिकल इन्भेस्टिगेशनको पनि कार्य शुआरम्भ गरेको छ ।