पोखरा विश्वविद्यालय बन्द रहने सूचना !

पोखरा विश्वविद्यालय बन्द रहने सूचना !

विश्वव्यापी महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाईरस (COVID-19) को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी भएका स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवम् सावधानीहरूलाई कडाईका साथ पालना गर्न, गराउन जिल्ला प्रशासन कार्यालय, कास्कीले मिति २०७७/०५/०२ गते राति १२ः०० बजेदेखि मिति २०७७/०५/०७ गते राति १२ः०० बजेसम्म कास्की जिल्लाभर निषेधाज्ञासम्बन्धी आदेश जारी गरेको छ । यसर्थ निषेधाज्ञा जारी रहेको अवधिमा पोखरा विश्वविद्यालयको सुरक्षासँग जोडिएका अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण शैक्षिक एवम् प्रशासनिक कार्य, गतिविधिहरू पनि बन्द हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ । COVID-19 को रोकथाम तथा नियन्त्रणका सन्दर्भमा यस किसिमका आदेश, व्यवस्था मिति २०७७/०५/०७ गतेपछि पुनः हुन गएमा सोहि बमोजिमको अवधिभरसम्म विश्वविद्यालय बन्द रहने समेत जानकारी गराइन्छ ।


लोकप्रसाद ढकाल
सूचना अधिकृत

२०७७ भाद्र २ गते