पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजहरूको नविकरणसम्बन्धी सूचना !!!

पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजहरूको नविकरणसम्बन्धी सूचना !!!

पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजहरूलाई नविकरण गर्ने सम्बन्धमा विश्वविद्यालयबाट मिति २०७८/०५/२५ गते जारी सूचना अनुसार अनुसूचि १ अनुसारको सूचना हेरी अनुसूचि २ अनुसारको निवेदन, अनुसूचि ३ अनुसारको रकम, अनुसूचि ४ अनुसारको प्रतिबद्धतापत्र लगायत बैंक भौचरको Scan Copy मिति २०७८/०६/१४ गते बिहीबार अपरान्ह ५ः०० बजेभित्र विश्वविद्यालयको योजना तथा कार्यक्रम महाशाखाको ई–मेलः pu.planning@pu.edu.np मा अपलोड गरि पठाउनु हुन सूचित गरिएको छ । साथै बैंक भौचरको सक्कल प्रति कुरिअरमार्फत अथवा आफैं उपस्थिति भएर बुझाउनु हुन समेत अनुरोध गरिन्छ ।

पोखरा विश्वविद्यालय क्याम्पस (महाविद्यालय)/शिक्षण संस्थाको सम्बन्धन सम्बन्धी नियमावली, २०५६ को नियम ५ को उपनियम ३ (१) बमोजिम अस्थायी सम्बन्धन प्रदान गरि सन्चालनमा रहेका कार्यक्रम र समूहहरुको लागि प्रत्येक पाँच पाँच वर्षमा विश्वविद्यालयबाट तोकिएको शुल्क लिई नविकरण गर्दै जाने विश्वविद्यालयको नीति अनुरूप यो सूचना जारी गरिएको छ । तर कुनै पनि कलेजले पाँच वर्ष सञ्चालन अवधि नपुगेका कार्यक्रम र समूहहरूको नविकरणका लागि भने हाललाई निवेदन दिनु नपर्ने र सोही अनुसारको विश्वविद्यालयमा रकम जम्मा गर्नु नपर्ने समेत जानकारी गराईन्छ ।

 

योजना तथा कार्यक्रम महाशाखा
पोखरा विश्वविद्यालय