Customize Consent Preferences

We use cookies to help you navigate efficiently and perform certain functions. You will find detailed information about all cookies under each consent category below.

The cookies that are categorized as "Necessary" are stored on your browser as they are essential for enabling the basic functionalities of the site. ... 

Always Active

Necessary cookies are required to enable the basic features of this site, such as providing secure log-in or adjusting your consent preferences. These cookies do not store any personally identifiable data.

No cookies to display.

Functional cookies help perform certain functionalities like sharing the content of the website on social media platforms, collecting feedback, and other third-party features.

No cookies to display.

Analytical cookies are used to understand how visitors interact with the website. These cookies help provide information on metrics such as the number of visitors, bounce rate, traffic source, etc.

No cookies to display.

Performance cookies are used to understand and analyze the key performance indexes of the website which helps in delivering a better user experience for the visitors.

No cookies to display.

Advertisement cookies are used to provide visitors with customized advertisements based on the pages you visited previously and to analyze the effectiveness of the ad campaigns.

No cookies to display.

पोखरा विश्वविद्यालयको पठन–पाठन र परीक्षासम्बन्धी सूचना !!!

22/10/2020

पोखरा विश्वविद्यालयको पठन–पाठन र परीक्षासम्बन्धी सूचना !!!

विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवेल कोरोना भाइरस (Covid-19) को संक्रमण र जोखिमका कारण विगत सात महिनादेखि पोखरा विश्वविद्यालयको समग्र शैक्षिक वातावरण प्रभावित भइरहेको सर्वविदितै छ । साथै विश्वविद्यालयमा एक वर्षभन्दा बढी उपकुलपतिज्यू एवम् रजिष्ट्रारज्यूको पदविहिन अवस्था सँगसँगै प्रायः सबै महत्वपूर्ण पदहरू समेत क्रमशः रिक्त हुँदै गएका कारण विश्वविद्यालयको नियमित पठनपाठन, परीक्षा सञ्चालन, परीक्षाफल प्रकाशन, प्रमाणपत्र वितरण लगायत दैनिक प्रशासनिक एवम् प्राज्ञिक कार्यहरूमा खलल् पुग्न गई विश्वविद्यालयको शैक्षिकपात्रो पनि प्रभावित हुने अवस्थामा पुगेको सम्बन्धित सबैमा अवगत नै छ ।

शैक्षिक गतिविधिहरूलाई तोकिएको निर्धारित समयमा सम्पन्न गर्नेगरी संस्थागत विकास र प्राज्ञिक वातावरण कायम तथा क्षति न्यूनिकरण गर्दै शैक्षिकपात्रोलाई नियमित र नियन्त्रित गर्नु विश्वविद्यालयको एकमात्र प्रमुख दायित्व हो । यसर्थ असामान्य रूपमा सिर्जना भएको विषम परिस्थितिबाट सामना गर्दै र विद्यार्थीहरूको भविष्यलाई सुरक्षित गर्दै पठनपाठन र परीक्षालाई परिस्थिति अनुरूप सहजीकरण गर्नु बाहेक अन्य विकल्प हामीसँग नभएको विदितै छ ।

त्यसैले परिस्थितिबस सिर्जित थप दायित्वलाई आत्मसाथ गरी विश्वविद्यालयबाट नेपाल सरकारले निर्देश गरेबमोजिम सम्भव भएसम्मका प्रविधिहरू प्रयोग गरी नियमित शैक्षिक एवम् प्राज्ञिक गतिविधिहरू सञ्चालनका लागि वैकल्पिक उचित माध्यम आवश्यक रहन्छ, साथै विश्वविद्यालयका सबै महाविद्यालयहरूमा अनलाइन माध्यमबाट सञ्चालन भइरहेको पठनपाठनको प्रगति र परीक्षा सञ्चालन गर्न सकिने अवस्था के कस्तो छ भन्ने विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन अध्ययन समिति गठन भएको र सोही अध्ययन समितिले बुझाएको प्रतिवेदनका आधारमा तपसिल बमोजिम हुनेगरी विश्वविद्यालयको पठन–पाठन र परीक्षाको तयारीमा रहन विश्वविद्यालयका आङ्गिक, संयुक्त आङ्गिक र सम्बन्धनप्राप्त सबै महाविद्यालयहरूलाई निर्देशनसहित सूचित गरिएको छः

तपसिल

१. महाविद्यालयहरूमा भएको वर्तमान शैक्षिक प्रगति अनुसार विभिन्न संकायका विभिन्न तहका हाल अनलाइन माध्यमबाट सञ्चालन भैरहेको शैक्षिक सत्रका आन्तरिक मूल्याङ्कनसमेतका शैक्षिक क्रियाकलापमा विश्वविद्यालयको नियमानुसार क्रमशः स्नातकोत्तरतहको Dec 31, 2020 र स्नातकतहको Jan 15, 2021  सम्म सम्पन्न गर्ने, गराउने ।

२. महाविद्यालयहरूको अनलाइन शैक्षिक क्रियाकलापलाई यसै शैक्षिक सत्रान्त्रमा व्यवस्थापन गर्न दशैँ तथा तिहारको बीचको समयमा पनि नियमानुसार शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने, गराउने ।

३. गतसत्रका बाँकी रहेका अन्तिम परीक्षाहरू पूर्व सूचना दिई सञ्चालन प्रक्रिया अगाडि बढाइने र हाल अनलाइन विधिबाट सञ्चालन भैरहेको सत्रको शैक्षिक क्रियाकलाप बुँदा नं. १ मा उल्लेख भएअनुसार वर्तमान सत्रका ल्याब, प्राक्टिकल, फिल्ड भिजिट लगायतका शैक्षिक गतिविधिहरू सम्पन्न गर्नका लागि थप दुई हप्ताको समय दिइने छ र सोको १० दिन पश्चात् आन्तरिक मूल्यांकन प्रक्रिया अगाडि बढाउँदै अन्तिम परीक्षाहरू सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको लागि यसै सूचनामार्फत सूचित गरिन्छ ।  

 

आज्ञाले


लोकप्रसाद ढकाल
सूचना अधिकृत
मितिः २०७७/०७/०६ गते बिहीबार ।

Next Articles