पोखरा विश्वविद्यालयको अत्यन्त जरूरी सूचना

पोखरा विश्वविद्यालयको अत्यन्त जरूरी सूचना

नोबेल कोरोना भाइरस COVID-19 बाट नेपालमा हुन सक्ने सम्भावित जोखिम तथा संक्रमण नियन्त्रण एवम् रोकथामका लागि नेपाल सरकारबाट देशैभर नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरू २०७६/१२/०९ गतेदेखि २०७६/१२/२१ गतेसम्म बन्द गर्ने निर्णयलाई कार्यान्वयन गर्दै आइएकोमा पछिल्लो पटक नेपाल सरकारले उपरोक्त व्यवस्थालाई पुनः २०७६/१२/२५ गतेसम्म कायमै राख्ने निर्णय गरेबमोजिम COVID-19 को जोखिम तथा संक्रमण नियन्त्रण एवम् रोकथामका लागि विशेष सचेतनाका साथ अझ बढी उच्च सतर्कता अवलम्बन गर्न नेपाल सरकारबाट यस सम्बन्धमा गरिएका सबै निर्णय एवम् सूचनाहरू कार्यान्वयन गर्न गराउन विश्वविद्यालयको निर्णयानुसार तपशिलबमोजिम हुनेगरी यो सूचना प्रकाशित गरिएको छः

तपशिल
१. पोखरा विश्वविद्यालयको सुरक्षासँग जोडिएको अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण शैक्षिक एवम् प्रशासनिक कार्यहरू २०७६/१२/२५ गतेसम्मको अवधिभर बन्द गर्ने, गराउने । COVID-19 को रोकथाम तथा नियन्त्रणसम्बन्धी यस्तो व्यवस्था नेपाल सरकारबाट २०७६/१२/२५ गतेपछि पुनः लम्बाउने निर्णय भएमा सोहि बमोजिमको अवधिभरसम्म लागू हुने ।
२. सबै पदाधिकाहरू, शिक्षक र कर्मचारीहरू आ–आफ्नो निकाय प्रमूखसँग सम्पर्कमा रहने र अत्यावश्यक परेको अवस्थामा कार्यालयमा उपस्थित भई कार्य सम्पन्न गर्ने, गराउने ।
३. विश्वव्यापी संकटको यस घडिमा महामारीको बढ्दो प्रभाव र प्रकोपबाट आफू बच्ने र अरूलाई पनि बचाउने सन्दर्भमा सम्बन्धित सबैले अझ बढि आ–आफ्नो स्थान, क्षेत्रबाट सक्दो सहयोग, सदभाव र जनचेतनामूलक सन्देश सम्प्रेषण गरी सहयोग गर्ने, गराउने ।

पोखरा विश्वविद्यालय
पोखरा–३०, खुदी, ढुङ्गेपाटन, कास्की ।
मितिः २०७६।१२।२१ गते शुक्रबार ।