Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260823 [compare] => > [type] => NUMERIC ) ) )

पोखरा विश्वविद्यालयको अत्यन्त जरूरी सूचना

23/03/2020
पोखरा विश्वविद्यालयको अत्यन्त जरूरी सूचना

नोबेल कोरोना भाइरस (COVID-19) बाट नेपालमा हुन सक्ने सम्भावित जोखिम तथा संक्रमण नियन्त्रण एवम् रोकथामका लागि नेपाल सरकारबाट देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गर्ने निर्णय गरेको साथै जोखिम तथा संक्रमण नियन्त्रण एवम् रोकथामका लागि विशेष सचेतना अपनाई पूर्व तयारी एवं सतर्कता अवलम्बन गर्न आवश्यक रहेकोले नेपाल सरकारबाट यस सम्बन्धमा गरिएका सबै निर्णय एवं सूचनाहरू कार्यान्वयन गर्न गराउन विश्वविद्यालयको मिति २०७६।१२।१० गतेको निर्णयानुसार तपशिलबमोजिम यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल
(१) पोखरा विश्वविद्यालयको सुरक्षासँग जोडिएको अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण शैक्षिक एवं प्रशासनिक कार्यहरू यहि चैत १० गते देखि चैत २१ गतेसम्मको अवधिभर बन्द गर्ने गराउने ।
(२) सबै पदाधिकाहरु, शिक्षक र कर्मचारीहरू आ-आफ्नो निकाय प्रमूखसँग सम्पर्कमा रहने र अत्यावश्यक परेको अवस्थामा कार्यालयमा उपस्थित भई कार्य सम्पन्न गर्ने गराउने ।
(३) विश्वव्यापी संकटको यस घडिमा महामारीको बढ्दो प्रभाव र प्रकोपबाट आफू बच्ने र अरूलाई पनि बचाउने सन्दर्भमा सम्बन्धित सबैले आ-आफ्नो स्थान, क्षेत्रबाट सक्दो सहयोग, सदभाव र जनचेतनामूलक सन्देश सम्प्रेषण गरी सहयोग गर्ने गराउने ।

पोखरा विश्वविद्यालय
पोखरा–३०, खुदी, ढुङ्गेपाटन, कास्की ।
मितिः २०७६।१२।१० गते

Next Articles
Array ( [post_type] => notice [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 26353 ) )