पोखरा विश्वविद्यालयको अत्यन्त जरूरी सूचना

पोखरा विश्वविद्यालयको अत्यन्त जरूरी सूचना

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७६/१२/०५ गते प्रकाशित सूचना अनुसार COVID-19 को संक्रमणलाई मध्यनजर गरी पोखरा विश्वविद्यालयबाट सञ्चालन भइरहेका विभिन्न कार्यक्रमहरूका सम्पूर्ण परीक्षाहरू २०७६ चैत्र ६ गतेदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ । स्थगित भएका परीक्षाहरू सञ्चालन गर्ने सम्बन्धमा एक हप्ता अगाडि सूचना प्रकाशित गरिने र पोखरा विश्ववद्यालयसँग सम्बन्धित सम्पूर्ण स्कूल कलेजहरूमा पठनपाठन नेपाल सरकारको सूचना अनुसार हुने व्यहोरा पनि यसैसाथ जानकारी गराइन्छ ।

पोखरा विश्वविद्यालय
पोखरा–३०, लेखनाथ, कास्की ।
२०७६ चैत्र ६ गते बिहीबार ।