जानकारी सम्बन्धमा ।

जानकारी सम्बन्धमा ।

मिति २०७७ चैत्र १० गते नेपाल विद्यार्थी संघ (पोखरा विश्वविद्यालयमूल इकाई समिति) ले विज्ञप्तिमार्फत विभिन्न मागहरू पेश गरेको सन्दर्भमा उक्त मागहरू उपर निम्नानुसारको काम–कार्यवाही भएको व्यहोरा जानकारी गराईन्छ ।
१) पोखरा विश्वविद्यालय रजिष्टार नियुक्ति सम्बन्धमा पोखरा विश्वविद्यालय ऐन बमोजिम रजिष्टार नियुक्तिको प्रकृया अगाडि बढाईएको ।
२) पोखरा विश्वविद्यालयले लिने स्नातकतहका छात्रवृत्तिका सम्बन्धमा आई परेका समस्याहरू समाधान भई परीक्षा समेत सम्पन्न भईसकेको ।
३) पोखरा विश्वविद्यालय आंगिक स्कूलहरूमा अध्ययनरत विद्यार्थीहरूको Field Visit सम्बन्धमा सम्बन्धित स्कूलहरूले पाठ्यक्रममा व्यवस्था भएबमोजिम Field Visit गर्ने/गराउने ।
४) पोखरा विश्वविद्यालयको प्राज्ञिक भवन कम्प्लेक्सभित्र रहेको बास्केटबल कोर्टको मर्मत सम्बन्धमा उक्त कार्य जिम्मा लगाईएको निर्माण कम्पनीले यही हप्ताभित्र कार्य शुरू गर्ने ।
५) पोखरा विश्वविद्यालयमा स्थगित रहेको दीक्षान्त समारोह सम्बन्धमा विश्वविद्यालयमा रजिष्ट्रार नियुक्ति भएपछि अगाडि बढाईने ।
६) पोखरा विश्वविद्यालयको शैक्षिक क्यालेण्डर सम्बन्धमा कोभिड–१९ को विषम परिस्थितिले सृजित अवस्थालाई ध्यानमा राखेर विस्तृत शैक्षिक क्यालेण्डर तयार हुने क्रममा रहेको ।
७) पोखरा विश्वविद्यालयको स्कूल अफ हेल्थ एण्ड एलाईड साईन्सेजमा २०१९ स्प्रिङ्ग सेमेष्टरको जेहेन्दार छात्रवृत्तिका सम्बन्धमा आवश्यक निर्णयका लागि कार्यकारी परिषदमा पेश गर्ने प्रक्रृया अगाडि बढाईएको ।

 

आज्ञाले,

लोकप्रसाद ढकाल
सूचना अधिकृत
२०७७ चैत्र २३ गते सोमबार