जानकारी सम्बन्धमा ।

जानकारी सम्बन्धमा ।

मिति २०७७ चैत्र १० गते अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विज्ञप्तिमार्फत विभिन्न मागहरू पेश गरेको सन्दर्भमा उक्त मागहरू उपर निम्नानुसारको काम-कार्यवाही भएको व्यहोरा जानकारी गराईन्छ:
१) २०७७ चैत्र ९ गते प्रकाशित गरिएको परीक्षा तालिका सम्बन्धमा आवश्यक संसोधन भइ नयाँ तालिका पुनः प्रकाशन गरिसकिएको ।
२) यस अघि सम्पन्न भएका स्नातकतहका कार्यक्रमका परीक्षाफलहरूका सम्बन्धमा नतिजा प्रकाशन कार्य मिति २०७७ चैत्र २३ गते देखि शुरू भैसकेको ।
३) पोखरा विश्वविद्यालयले लिने स्नातकतहका छात्रवृत्तीका सम्बन्धमा तत्कालीन अवस्थामा Online आबेदन प्रकृयामा आई परेका समस्याहरू समाधान भई परीक्षा समेत सम्पन्न भईसकेको । नतिजा प्रकाशनको कार्य आवश्यक सजकताका साथ अगाडि बढाइएको ।
४) चौथो बर्ष बाहेकका स्नातकतहका बाँकी रहेका सेमेष्टर वार्षिक कार्यक्रमका परीक्षाका सम्बन्धमा उक्त परीक्षा जेष्ठ महिनाको तेश्रो हप्ताबाट सञ्चालन गर्ने गरी कार्य अगाडि बढाईएको ।
५) पोखरा विश्वविद्यालयमा रजिष्ट्रार नियुक्ति सम्बन्धमा पोखरा विश्वविद्यालय ऐन बमोजिम रजिष्ट्रार नियुक्तिको प्रकृया अगाडि बढाईएको ।

 

आज्ञाले,

लोकप्रसाद ढकाल
सूचना अधिकृत
२०७७ चैत्र २४ गते मङ्गलबार