जर्नल विमोचन

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायको Journal of Health and Allied Sciences, Vol-3, No.1, 2013 नामक जर्नलको मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डीन प्रा.डा. ईन्द्रप्रसाद तिवारीले विश्वविद्यालयको IAC मा एक समारोहका बीच २०७० जेठ १६ गते बिहिबारका दिन लोकापर्ण गर्नुभयो । उक्त जर्नल विमोचनको कार्यक्रमलाई सम्बोधन गर्दै विश्वविद्यालयका रजिष्टार प्रा.डा. मानबहादुर के.सी.ले विश्वविद्यालय भनेको अध्ययन र अध्यापनको केन्द्र मात्र नभई अनुसन्धान गर्ने केन्द्र पनि भएकोले विश्वविद्यालयको पहिचान र छविको लागि अनुसन्धानात्मक जर्नल सुन्दर ग्रन्थको रूपमा रहेको उल्लेख गर्नुभयो । उहाँले जर्नल प्रकाशन गर्नु निःस्वार्थ भावको एउटा महत्वपूर्ण बौद्धिक अभ्यासको उपयोगी माध्यम भएको कुरालाई समेत प्रष्ट पार्नु भएको थियो ।

DSC02259

कार्यक्रममा बोल्दै मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डीन प्रा.डा. ईन्द्रप्रसाद तिवारीले प्राध्यापकका ४ काम “पढाउने, अनुसन्धान गर्ने, प्रकाशन गर्ने र शैक्षिक सेवा प्रदान गर्ने” भएको उल्लेख गर्दै यी ४ कामलाई न्यूनतम अध्यापनको मापदण्ड निर्धारण गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयलाई अन्तर्राष्टियस्तरमा चिनाउने एक उपयुक्त माध्यम नै जर्नल भएको उल्लेख गर्नुभयो ।

DSC02261

कार्यक्रममा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक उमेशप्रसाद गुप्ता, व्यवस्थापन सङ्कायका सहायक डीन डा. दिपकबहादुर भण्डारी, स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजका स्कूल निर्देशक डा. निर्मला जमरकट्टेल, प्रा.डा. विष्णुराज तिवारी, उपप्राध्यापकहरू दिपकराज पौडेल, हरि काफ्ले, शुशिल अधिकारीले जर्नलका कमी कमजोरी र उपलब्धीका बारेमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा स्कूलका प्राध्यापकहरू, कार्यक्रम संयोजकहरू, निकाय एवम् संगठनका प्रमुखहरू आदिको उपस्थिति रहेको थियो ।