उपकुलपतिद्वारा नयाँ केन्द्रीय कार्यालयको शिलान्यास

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.खगेन्द्रप्रसाद भट्टराईले रजिष्ट्रार प्रा.डा. मानबहादुर के.सी. सहित विश्वविद्यालयका अन्य पदाधिकारी, शिक्षक एवम् कर्मचारीहरूको समुपस्थितिमा विश्वविद्यालयको नयाँ केन्द्रीय कार्यालयको २०७० भदौ ७ गते शुक्रबारको दिन विहान ८ बजेको शुभमुहूर्तमा एक समारोहबीच शिलान्यास गर्नुभएको छ ।

stone-laid-program1

यथेष्ट कार्यकक्षहरूसहितको अत्याधुनिक २ तले नयाँ केन्द्रीय भवन लेखनाथ १२ ढुंगेपाटनस्थित ३४ रोपनीको प्लटमा निर्मित हालको केन्द्रीय कार्यालयको सामुन्ने करिब १४ हजार ४ सयको स्क्वायर फुटमा बन्दै छ । उक्त भवनको निर्माणसँगै गार्ड हाउस, पार्किङ्ग स्थल, ल्याण्ड डेभलपमेन्टका साथै केन्द्रीय कार्यालयको प्रवेशद्वारमा नयाँ गेट पनि निर्माण गरिने भएको छ ।

स्कूल अफ ईञ्जिनियरिङ्ग, पोविको डिजाइन कन्सल्टेन्सीमा गौरी पार्वती निर्माण सेवा प्रा.लि. ले करिब ५ करोड ९१ लाखको लागतमा उक्त भवन निर्माणका लागि विश्वविद्यालयसँग ठेक्का सम्झौता गरेको थियो ।

stone-laid-program

भवन दोस्रो उच्चशिक्षा परियोजनाअन्तर्गत विश्वविद्यालय अनुदान आयोगको जोडकोषमा निर्माण हुँदैछ । परियोजना अवधि ९ महिनाको रहेको उक्त भवनलाई २ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी ५ तलासम्म लिफ्टसहित उकास्नका लागि आवश्यक तयारी पनि भइरहेको छ ।