कक्षाहरू सञ्चालन गर्नेसम्बन्धी पोखरा विश्वविद्यालयको अत्यन्त जरूरी सूचना !!!

कक्षाहरू सञ्चालन गर्नेसम्बन्धी पोखरा विश्वविद्यालयको अत्यन्त जरूरी सूचना !!!

विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र जोखिमका कारण प्रभावित हुन पुगेको पोखरा विश्वविद्यालयको समग्र शैक्षिक एवम् प्राज्ञिक वातावरणलाई सहज र नियमित तुल्याउन हरसम्भव प्रयासहरू भइरहेको सर्वविदितै छ । पछिल्ला दिनहरूमा कोभिड–१९ को संक्रमणदर र जोखिमसमेत घट्न गई नियन्त्रणको चरणमा देखा पर्दै गएका कारण विश्वविद्यालयका दैनिक प्रशासनिक एवम् प्राज्ञिक कार्यहरू सहज रूपमा सुचारू भइरहेका छन् । साथै अनलाइल (Virtual) माध्यमबाट पठनपाठन एवम् परीक्षा सञ्चालन गर्दै विश्वविद्यालयले परीक्षाफल प्रकाशन र प्रमाणपत्र वितरणजस्ता कार्यहरूलाई समेत प्रभावकारी तुल्याएको छ । यद्यपि असामान्य रूपमा सिर्जना भएको विषम परिस्थितिका बाबजूद विद्यार्थीहरूको भविश्यलाई सुरक्षित गर्दै शैक्षिक क्यालेण्डर अनुरूप पठनपाठन र परीक्षालाई निर्धारित समयमै सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था हामी सामू छ ।

यसर्थ दुई वर्षदेखि रोकिएको विश्वविद्यालयको १७ औं दीक्षान्त समारोह आगामी फ्रेवुअरी २०, २०२२ मा आयोजना गर्नुपूर्व विभिन्न संकायका विभिन्नतहका शैक्षिक सत्रका आन्तरिक मूल्याङ्ककन समेतका शैक्षिक क्रियाकलापहरू तथा वर्तमान सत्रका ल्याब, प्राक्टिकल, फिल्ड भिजिट लगायतका शैक्षिक गतिविधिहरूलाई समयमै सम्पन्न गरी अन्तिम परीक्षाहरू सञ्चालन गर्नु पर्ने भएकोले तपसिलबमोजिम हुनेगरी विश्वविद्यालयको पठनपाठन सुचारू गर्न विश्वविद्यालयका पदाधिकारीहरूको मिति २०७८ असोज १८ गते बसेको बैठकको निर्णयानुसार विश्वविद्यालयका आङ्गिक, संयुक्त आङ्गिक तथा सम्बन्धनप्राप्त सबै महाविद्यालयहरूलाई निर्देशनसहित यो सूचना जारी गरिएको छः

तपसिल
१. सम्पूर्ण महाविद्यालय तथा कलेजहरुले शैक्षिक क्रियाकलापलाई व्यवस्थापन गर्न आउँदो दशैं तथा तिहारको बीचको समयमा पनि अनिवार्य रूपमा अनलाइल (Virtual) शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने, गराउने ।

२. कोभिड–१९ को जोखिम पूर्णत हटि नसकेतापनि उल्लेख्य रुपमा कमि आएकोले निर्धारित जनस्वास्थ्यका मापदण्डहरूको अनिवार्य पालना गरी तिहारपछिका सम्पूर्ण शैक्षिक क्रियाकलापहरू सबै भौतिक रूपमा सञ्चालन गर्ने, गराउने ।

 

आज्ञाले,

लोकप्रसाद ढकाल
सूचना अधिकृत
मिति २०७८ असोज १९ गते मङ्गलबार ।