उद्यमशिलता विकासमा स्नातकतहको पाठ्यक्रम विकाससम्बन्धी कार्यशाला सम्पन्न

मिति २०७४ पौष २७ गते नेपाल सरकार उद्योग मन्त्रालयको सहकार्यमा पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायद्धारा आयोजित उद्यमशिलता विकास विषयमा चार वर्षे स्नातकतहको पाठ्यक्रम विकाससम्बन्धी एक दिने कार्यशाला सम्पन्न भयो । उक्त कार्यशालाका विशेष अतिथि नेपाल सरकार उद्योग मन्त्रालयका सह–सचिव श्री गोपि कृष्ण खनालले नेपालमा उद्यमशिलता विकासको महत्व र यस क्षेत्रका राष्टिय नीति तथा कार्यक्रहरूको बारेमा प्रकाश पार्नु भएको थियो ।
उक्त कार्यशालामा काठमाण्डौ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, सफल उद्यमी, सरकारी निकाय, गैरसरकारी सस्था आदिबाट उद्यमशिलतासम्बन्धी विषय र विभिन्न क्षेत्रका अनुभवि तथा विज्ञहरूको सहभागिता थियो ।
उक्त कार्यशालाको अध्यक्षता पोखरा विश्वविद्यालयका मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा. डा. इन्द्र प्रसाद तिवारीले गर्नुभएको थियो भने कार्यक्रम संचालन, सम्बन्धित डिग्रीको प्रारम्भिक पाठ्यक्रमको ढाँचाको प्रस्तुती एवं कार्यक्रम सहजीकरण पोखरा विश्वविद्यालयका उपप्राध्यापक डा. अजय थापाले गर्नु भएको थियो ।