उद्यमशिलता विकासमा कार्यशाला सम्पन्न

पोखरा विश्वविद्यालयले उद्यमशिलता विकास विषयमा ४ वर्षे स्नातकतहको कार्यक्रमको पाठ्यक्रम विकासका लागि ३ दिने कार्यशाला सम्पन्न गरेको छ । नेपाल सरकार उद्योग मन्त्रालय एवम् लघु उद्यम विकास कार्यक्रम, संयूक्त राष्टसंघ विकास कार्यक्रम नेपालको सहकार्यमा पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायद्धारा २०७४ चैत्र १० देखि १२ गतेसम्म उक्त कार्यशाला पोखरामा सम्पन्न भएको हो । उद्यमशिलता विकासद्धारा आर्थिक समृद्धि तथा समग्र देश विकासमा टेवा पु¥याउने उद्देश्यले देशमै प्रथमपटक यस किसिमको कार्यशाला संचालन गरिएको हो ।

उक्त उद्यमशिलता विकाससम्बन्धी विषयको स्नातकतहको कार्यक्रममा सहभागी हुने विद्यार्थीहरूले निजी क्षेत्रमा उद्यमशिलता विषय, सामुदायिक उद्यमशिलता विषय र उद्यमशिलता विकास सहजकर्ता जस्ता विषयमा विशेषज्ञता गर्न पाउने व्यवस्था गरिएको छ । उक्त कार्यशालामा नेपाल सरकार उद्योग मन्त्रालय, पोखरा विश्वविद्यालय, काठमाडांै विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, लघु उद्यम विकास कार्यक्रम, संयूक्त राष्टसंघ विकास कार्यक्रम नेपाल आदि संस्थामा कार्यरत उद्यमशिलता विकाससम्बन्धी विषय र विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो ।