स्कूल अफ बिजनेश, पोखरा विश्वविद्यालयले उच्च शिक्षामा शिक्षण विधि, मूल्यांकनका तरिका तथा स्कोरिङ् प्रविधिहरूमा ३ (तीन) दिने कार्यशालाको आयोजना गरेको छ । उक्त कार्यशालाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा विश्वविद्यालयका रजिष्ट्रार गोविन्दप्रसाद शर्माले एक समारोहबीच कार्यक्रम ब्यानरमा दस्तखत गरी शुभारम्भ गर्नुभएको थियो । स्कूल अफ बिजनेशअन्तर्गत रहेको नेपाल कोरिया इन्फरमेशन एक्सेस सेन्टरमा सञ्चालन हुने उक्त कार्यशालाको उद्घाटसत्रलाई सम्बोधन गर्दै रजिष्ट्रार गोविन्द प्रसाद शर्माले शिक्षण विधिलाई गुणस्तर र समयसापेक्ष तुल्याउने दायित्व शिक्षकको रहेको उल्लेख गर्नुभयो । मानविकी तथा सामाजिकशास्त्र संकाय, पोखरा विश्वविद्यालयका डीन प्रा.डा. इन्द्रप्रसाद तिवारी, व्यवस्थापन संकायका डीन प्रा. हरिबहादुर खड्का, स्कूल अफ बिजनेशका स्कूल निर्देशक डा. रविन्द्र घिमिरे, कार्यशालाका संयोजक सह–प्राध्यापक दीपकराज पौडेल तथा स्कूल अफ बिजनेशका उप–प्राध्यापक डा. उमेशसिंह यादवले कार्यक्रमको उपादेयता र महत्वमाथि प्रकाश पार्नुभएको थियो । कार्यशालाको स्रोत व्यक्तिमा काठमाडौं विश्वविद्यालय, स्कूल अफ एजुकेशनका प्रा. बालचन्द्र लुईटेल रहनुभएको छ । कार्यशालामा आंगिक तथा सम्बन्धनप्राप्त महाविद्यालयका दुई दर्जन शिक्षक शिक्षिकाले सहभागिता जनाउने छन् ।
Next Articles
- Admission Announcement: Doctor of Philosophy (PhD) in Development Studies
- Completion of PURC Funded Research
- Shortlisted Candidates-Incubation Grant (Competitive Selection)
- Announcement of shortlisted Candidates for I-WASH Summer Course
- Application for I-Wash Summer Course
- Student Exchange Opportunity for Master’s & PhD Students-Altınbaş University, Turkey (Fall 2025)
- कोर्ष करार सेवामा उप–प्राध्यापक पदको नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना !
- पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको दरखास्त बुझाउने समयसम्बन्धी सूचना
- बोलपत्र स्वीकृत गर्ने आशयको सूचना:स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेज
- पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको पदपूर्तिसम्बन्धी सूचना