पोखरा विश्वविद्यालय र नेपाल इनोभेशन टेक्नोलोजी एण्ड इन्टरप्रेन्यूरसीप सेन्टर (नाइटेक) को संयुक्त पहलमा तीनदिने समूदाय विकासका लागि उपयुक्त प्रविधिमा आधारित उद्यमशिलता तालिम सोमबारदेखि पोखरामा शुरु भएको छ । २०७४ पुस ३ गतेदेखि ५ गतेसम्म विभिन्न १० जना प्रशिक्षकले प्रशिक्षण दिने यो तालिममा अल्लो तथा लोक्तालाई प्रशोधन गरेर प्राप्त हुने कच्चा पदार्थ उत्पादन गर्ने वा सो कच्चा पदार्थलाई प्रयोग गरेर विभिन्न बस्तुहरु उत्पादन गर्ने कार्यमा म्याग्दी, पर्वत, लम्जुङ र कास्की जिल्लाका ११ वटा विभिन्न समूहरुमा आबद्ध ४६ जना व्यक्तिहरुको उपस्थिति रहेको छ । तालिमको उद्घाटन कार्यक्रमलाई नाइटेकका निर्देशक प्रोफेसर किमले सम्बोधन गर्नुभएको थियो भने पोखरा विश्वविद्यालयका पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक सहप्राध्यापक राजेशकुमार ठगुराठीले सञ्चालन गर्नुभएको थियो ।
Next Articles
- करार सेवामा सहायक प्रशासक (इन्जिनियर) छनोट गरिएको सम्बन्धमा !
- Website को Domain Name परिवर्तन सम्बन्धी सूचना !
- करार सेवामा उप-प्राध्यापक पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना !
- सिभिल इन्जिनियर पदको लिखित परीक्षाको नतिजा प्रकाशनसम्बन्धी सूचना
- २० औं दीक्षान्त समारोहमा भाग लिन Online फाराम भर्ने सम्बन्धी सूचना !
- School of Health and Allied Sciences:नतिजा प्रकाशन सम्बन्धी सूचना !
- परीक्षा रद्ध गरिएको सूचना ।
- नातिजा प्रकाशन सम्बन्धी सुचना !
- लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तरवार्ता सम्बन्धी सूचना!
- Notice regarding Sports Meet 2081/2082