Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260817 [compare] => > [type] => NUMERIC ) ) )

पोखरा विश्वविद्यालयको अत्यन्त जरूरी सूचना !!!

28/03/2021

पोखरा विश्वविद्यालयको अत्यन्त जरूरी सूचना !!!

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण दर पछिल्लो समयमा पुनः बढ्न थालेकोले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गृह मन्त्रालयको निर्देशन तथा जिल्ला प्रशासन कार्यालयबाट जारी सूचना अनुसार पोखरा विश्वविद्यालयमा कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण रोकथाम तथा नियन्त्रण सन्दर्भमा देहायबमोजिम गर्न गराउन हुन सम्बन्धित सबैमा सूचित गरिन्छः

१. पोखरा विश्वविद्यालय र यस मातहतका आङ्गिक, संयुक्त आङ्गिक तथा सम्बन्धनप्राप्त महाविद्यालयहरूमा आवागमन गर्दा सम्बन्धित पदाधिकारी, शिक्षक, कर्मचारी लगायत विद्यार्थीहरूले अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने र अन्य तोकिएका जनस्वास्थ्यका मापदण्डहरूको पूर्ण पालना गरी गराई सुरक्षित तवरले सेवा प्रवाह गर्ने, अध्ययन–अध्यापनको व्यवस्था मिलाउने । साथै विश्वविद्यालय र महाविद्यालयहरूको प्रवेश मार्गमा खटाइने सुरक्षाकर्मीलाई सबै किसिमका आवागमनमा यो व्यवस्थालाई कडाईका साथ अनिवार्य लागू गर्न लगाउने ।

२. विश्वविद्यालय र महाविद्यालयहरूले अत्यावश्यक गोष्ठी, सेमिनार, कार्यक्रम सञ्चालन गर्दा कोभिड नियन्त्रण तथा रोकथामका लागि अनिवार्य रूपमा तोकिएका जनस्वास्थ्यका मापदण्ड पालना गर्ने, गराउने । साथै अनावश्यक सभा, समारोह, सम्मेलन, भेला आयोजना नगर्ने, कहि कतै कुनै भिडभाड नगर्ने, नगराउने ।

 

आज्ञाले

लोकप्रसाद ढकाल
सूचना अधिकृत
२०७७ चैत्र १५ गते, आइतबार ।

Next Articles
Array ( [post_type] => notice [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 28250 ) )