Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260817 [compare] => > [type] => NUMERIC ) ) )

पठनपाठन बन्द हुनेसम्बन्धी सूचना !!!

29/03/2021

पठनपाठन बन्द हुनेसम्बन्धी सूचना !!!

विगत केही दिनदेखि निरन्तर वायुमण्डलमा देखा परिरहेको अस्वभाविक वातावरणीय प्रदुषणका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भन्दै नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा तत्कालका लागि सबै शिक्षण संस्थाहरू आगामी चैत्र २० गते शुक्रबारसम्म बन्द गर्ने निर्णय भएअनुरूप यस गम्भिर अवस्थालाई दृष्टिगत गरी पोखरा विश्वविद्यालय र यस अन्तर्गतका निकायहरूमा पनि नियमित प्रशासनिक कार्यहरू यथावत् सञ्चालन हुने गरी २०७७ चैत्र १७ गते मंगलबारदेखि २०७७ चैत्र २० गते शुक्रबारसम्म नियमित पठनपाठन बन्द गर्ने निर्णय गरिएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । तथापि पोखरा विश्वविद्यालयद्वारा पूर्व निर्धारित कार्यतालिका अनुसारका सेमष्टर, ट्राइमेष्टर र वार्षिक परीक्षाहरू स्वास्थ्य सजगता अपनाउँदै यथावत् सञ्चालन हुने व्यहोरा निर्णयअनुसार सूचित गरिन्छ ।

 

आज्ञाले


लोकप्रसाद ढकाल
सूचना अधिकृत
२०७७ चैत्र १६ गते, सोमबार ।

 

 

 

Next Articles
Array ( [post_type] => notice [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 28252 ) )