मुलुकमा उत्पन्न पछिल्ला घटनाक्रमका कारण आवतजावत कठिन हुने देखिएकाले, आज मिति २०८२ भदौ २४ गते, मंगलबारका दिन पोखरा विश्वविद्यालयअन्तर्गतका प्रशासनिक कामकाज बाहेकका सबै पठनपाठन कार्यहरू तथा विद्यार्थीहरूले गर्ने हस्पिटल, फिल्ड र अन्य शैक्षिक गतिविधिहरू पूर्ण रूपमा बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।
सूचना अधिकारी
पोखरा विश्वविद्यालय
पोखरा–३०, कास्की ।
२०८२ भदौ २४ गते मङ्गलबार ।
