२०८२ माघ २६ गते सोमबार, पोखरा–३०, कास्की ।
उपकुलपति प्रा. डा. बेदराज के.सी.ले हालै नेपालगञ्ज, बाँकेस्थित फत्ते–बाल आँखा अस्पतालको भ्रमण गर्नुभएको छ। भ्रमणका क्रममा अस्पतालका व्यवस्थापक डा. कौशल वर्माले उपकुलपतिलाई स्वागत गर्नुभएको थियो।
भ्रमणको क्रममा विश्वविद्यालय र अस्पतालबीच शैक्षिक सहकार्य सुदृढ गर्ने, शिक्षण तथा अनुसन्धान कार्यक्रम विस्तार गर्ने तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने विषयमा छलफल गरिएको थियो।
