२०८२ माघ ११ गते, आइतबार
पोखरा–३०, कास्की
गण्डकी प्रदेश सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालय तथा प्रादेशिक स्वास्थ्य निर्देशनालय मातहत पोखरा–३०, मोहोरिया, कास्कीमा अवस्थित प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल र पोखरा विश्वविद्यालयबीच शिक्षण कार्यक्रम तथा मानव स्रोत व्यवस्थापनसम्बन्धी विषयमा छलफल सम्पन्न भएको छ।
छलफलमा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. बेदराज केसी, रजिष्ट्रार सह–प्रा. डा. अजय थापा, स्वास्थ्य विज्ञान सङ्कायका डीन प्रा. डा. विष्णुराज तिवारी, मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन डा. सुरेन्द्र तिवारी, पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक डा. सि. पी. आचार्य तथा प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम जमरकट्टेलको सहभागिता रहेको थियो।
कार्यक्रममा दुवै संस्थाबीच शिक्षण कार्यक्रम सञ्चालन, शैक्षिक सहकार्य विस्तार तथा मानव स्रोतको प्रभावकारी व्यवस्थापनका विषयमा विस्तृत विचार–विमर्श गरिएको थियो।
