कार्यकारी निर्देशक तथा सह–परीक्षा नियन्त्रक नियुक्त

21/01/2026

मिति २०८२ साल माघ ७ गते, बुधबार
पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को मिति २०८२ माघ २ गते बसेको बैठकको निर्णयअनुसार विश्वविद्यालयका विभिन्न निकायमा रिक्त पदाधिकारी नियुक्ति गरिएको छ।

कार्यकारी परिषद्ले पोखरा विश्वविद्यालय पदाधिकारीको काम, कर्तव्य र अधिकारसम्बन्धी नियमावली, २०५५ बमोजिम पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको कार्यकारी निर्देशक पदमा स्कुल अफ हेल्थ एण्ड एलाईड साइन्सेज, पोखरा विश्वविद्यालयका सह–प्राध्यापक डा. निरञ्जन श्रेष्ठ तथा पोखरा विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रको कार्यकारी निर्देशक पदमा स्कुल अफ बिजनेस, पोखरा विश्वविद्यालयका सह–प्राध्यापक डा. रविन्द्र घिमिरेलाई चार वर्षका लागि नियुक्त गरेको छ।

त्यसैगरी, पोखरा विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयको रिक्त सह–परीक्षा नियन्त्रक पदमा स्कुल अफ इन्जिनियरिङ, पोखरा विश्वविद्यालयका उप–प्राध्यापक इ. मनोज कुमार सिंहलाई दुई वर्षका लागि नियुक्त गरिएको छ।

नवनियुक्त पदाधिकारीहरुलाई पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. बेदराज के.सी.ले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो। शपथ कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार सह–प्रा.डा. अजय थापा सहभागि हुनुहुन्थ्यो ।

मिति २०८२ माघ ४ गतेदेखि लागू हुने गरी नियुक्ति हुनुभएका सबै नव नियुक्त पदाधिकारीहरूले सोही दिनदेखि आ–आफ्नो कार्यभार सम्हालिसक्नुभएको छ ।