२०८२ पौष २६ गते, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयले जनवादी गणतन्त्र चीनस्थित Nanjing University of Aeronautics and Astronautics का प्रतिनिधिहरूसँग उच्चस्तरीय भेटवार्ता सम्पन्न गरेको छ । उक्त विश्वविद्यालयका पाँच सदस्यीय प्रतिनिधि टोलीले मिति २०८२ पौष २६ गते पोखरा विश्वविद्यालयको भ्रमण गरी दुवै विश्वविद्यालयबीच आपसी सहकार्यका विभिन्न विषयमा विस्तृत छलफल गरेको हो ।
भेटवार्तामा पोखरा विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार सह–प्रा.डा. अजय थापा, स्वास्थ्य विज्ञान संकायका डीन प्रा.डा. विष्णुराज तिवारी, व्यवस्थापन संकायका डीन प्रा.डा. ज्ञानेश्वर भट्टराई, विज्ञान तथा प्रविधि संकायका डीन सह–प्रा.ई. बुद्धि राज जोशी, मानविकी तथा सामाजिकशास्त्र संकायका डीन उप–प्रा.डा. सुरेन्द्र तिवारी, पोखरा विश्वविद्यालय कार्यकारी परिषद्का सदस्य उप–प्रा.ई. सञ्जीव थापा तथा अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. दिपाञ्जल श्रेष्ठको सहभागिता रहेको थियो ।
त्यसैगरी, Nanjing University of Aeronautics and Astronautics का तर्फबाट Associate Professor of Aerospace Engineering Chen Zhaoling, Prof. Hongshuang Li, Director of Undergraduate Admission Program Zha Hong, Wise Admit का CEO Post-Doc Dr. Rupesh Regmi तथा Growth Manager Sanju Dangol सहभागी रहनुभएको थियो ।
छलफलका क्रममा दुवै विश्वविद्यालयबीच संस्थागत सम्बन्ध स्थापना, त्यसको विस्तार, विद्यार्थी तथा प्राध्यापक आदान–प्रदान, संयुक्त अनुसन्धान तथा अन्य प्राज्ञिक सहकार्यका सम्भावित क्षेत्रहरूबारे विचार–विमर्श गरिएको थियो ।


