पोखरा विश्वविद्यालय र चीनको निङ्बो विश्वविद्यालय बीच समझदारीपत्रमा हस्ताक्षर ।

16/12/2025

२०८२ पौष १ गते मङ्गलबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालय र जनवादी गणतन्त्र चीनको निङ्बो विश्वविद्यालय बीच शैक्षिक तथा प्रज्ञिक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले एक महत्वपूर्ण समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ ।

यही डिसेम्बर १४ मा चीन स्थित निङ्बो विश्वविद्यालयको कार्यालयमा सम्पन्न एक विशेष समारोहका बीच पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. बेदराज के.सी र निङ्बो विश्वविद्यालयका Vice President  Prof. Dr. Dai Shixun ले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । यो सम्झौता दुई विश्विद्यालय बीच मित्रता र आपसी सहयोगका लागि औपचारिक सम्बन्ध स्थापना गर्न, आपसी समझदारी प्रवद्र्धन गर्न र प्रज्ञिक सहकार्यलाई सुदृढ बनाउन केन्द्रित रहेको छ । सम्झौताले विशेष गरी शैक्षिक सहयोगको विकास र साझा चासोका विषयमा संयुक्त अनुसन्धानका गतिविधिहरु सञ्चालन गर्ने कुरामा जोड दिएको छ । समझदारीपत्र आदानप्रदान समारोहमा पोखरा विश्विद्यालयको स्कुल अफ इन्जिनियरिङ्गका निर्देशक प्रा.डा. विनय कुमार मिश्र, निङ्बो विश्वविद्यालयको Institute of Health Science का Director Prof. Dr. He Bin का साथै निङ्बो विश्वविद्यालयका अन्य विशिष्ट व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।

यस समझदारीमार्फत दुई विश्वविद्यालयहरुले देहाय बमोजिमका क्षेत्रमा सहकार्य गर्ने सहमति गरेका छन्:-

  1. Organization of joint academic and scientific activities such as conferences, seminars, symposia, and lectures
  2. Exchange of research and teaching staff
  3. Student exchange
  4. Sharing of academic publications and other materials of common academic value.