पोखरा विश्वविद्यालयले परीक्षा समितिको सदस्य पदमा हालै ४ जना महानुभावहरूलाई मनोनयन गरेको छ । पोखरा विश्वविद्यालय परीक्षा सञ्चालनसम्बन्धी नियमावली २०५८ को नियम ४ को उप–नियम १ (ख), (ग), (घ) र (ङ्) बमोजिम उक्त समितिमा मनोनयन हुनुहुनेहरूमा क्रमशः विज्ञान तथा प्रविधि सङ्कायका डीन डा. सुरेशप्रसाद बास्तोला, ला ग्राण्डी ईन्टरनेशनल कलेज, पोखराका प्रिन्सिपल डा. धनपति न्यौपाने तथा स्कूल अफ बिजनेश, पोखरा विश्वविद्यालयका उपप्राध्यापकद्वय उमेशसिंह यादव र पूर्णबहादुर खाँड हुनुहुन्छ । विश्वविद्यालयका रजिष्टार अध्यक्ष र परीक्षा नियन्त्रक सदस्य–सचिव रहने उक्त समितिमा मनोनित सदस्यहरूको पदावधि २ (दुई) वर्षको हुनेछ ।
Next Articles
- कार्यकारी निर्देशक तथा सह–परीक्षा नियन्त्रक नियुक्त
- Nanjing University of Aeronautics and Astronautics, चीनका प्रतिनिधिहरूसँग भेटवार्ता सम्पन्न
- पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा मस्तिष्कघात सम्बन्धी CME कार्यक्रम सम्पन्न
- डा. चन्द्र प्रसाद आचार्य पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशकमा नियुक्त
- Pokhara University Hosts Guest Lecture by Chinese Professor on Cross-Cultural Communication
- दक्षिण कोरियाली राजदूत Park Tae-young को पोखरा विश्वविद्यालय भ्रमण
- Professor from Inha University Visits Pokhara University to Strengthen Nursing Education
- Pokhara University and Xidian University Sign MoU to Strengthen Academic Cooperation
- Vice Chancellor Delivers Keynote Address at International Conference in China
- पोखरा विश्वविद्यालय र चीनको निङ्बो विश्वविद्यालय बीच समझदारीपत्रमा हस्ताक्षर ।