Pokhara University Alumni Registration Form

Pokhara University Alumni Registration Form

Pokhara University
Pokhara-30, Kaski

  • पूर्व विद्यार्थीहरूको तथ्याङ्क संकलनका सम्बन्धमा

    नोबेल कोराना भाइरस COVID-19 को महामारीबाट आँफू बच्न र अरूलाई बचाउन हामी सबैले राज्यले आदेश र निर्देश गरेबमोजिमका सुरक्षाका सबै उपायहरू अवलम्बन गर्दै सुरक्षित तवरले सुरक्षित हुँदै बसेका छौं भन्ने विश्वासमा हामी छौं । यस परिप्रेक्ष्यमा यस दुःखद् घडिलाई सिर्जनात्मक तवरले बिताउँदै सुनौलो दिन र भविष्यको पर्खाईमा रहनु नै उत्तम विकल्प सम्झेर एउटा अभियान शुरू गरेका छौं । पोखरा विश्वविद्यालयले स्नातक, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधीतहमा अध्ययन पुरा गर्ने विद्यार्थीहरूलाई वर्षेनी उपाधि प्रदान गर्दै आइरहेको यहाँहरूलाई सर्वविधितै छ । यसर्थ हाम्रो अभियान भनेको पोखरा विश्वविद्यालयबाट अध्ययन पुरा गरी विभिन्न उपाधि हासिल गर्नुभएका हाम्रा सम्पूर्ण पूर्व विद्यार्थीहरूको सहि तथ्याङ्क सङ्कलन गरी एउटा दस्तावेज तयार गर्नु हो । यो अभियान तपाईहरूको साथ र सहयोग बीना कदापि पूर्ण हुँदैन । यसर्थ आउनुहोस्, हाम्रो अभियानलाई साथ दिनुहोस्, राष्ट्रिय तथा अन्तर्राष्ट्रियतहमा आफ्नो परिचय दिनुहोस् । तपाईहरू पोखरा विश्वविद्यालयको एउटा बहुमूल्य सम्पत्ति हो, एउटा हिरा हो । पोखरा विश्वविद्यालयमा अध्ययनरत छँदा तपाईहरूले पोखरा विश्वविद्यालयको जसरी इज्जत, मान र प्रतिष्ठा बढाउनु भएको थियो, त्यसरी नै पोखरा विश्वविद्यालयबाट उपाधि लिएर गइसकेपछि पनि तपाईहरूको साथ र सहयोगले पोखरा विश्वविद्यालयको साख र छविमा अझ बढोत्तरी ल्याउन मात्र होइन अपितु राष्ट्रिय विकासमा समेत महत्वपूर्ण टेवा दिन हामी सबैलाई मद्दत पुग्ने ठहर हामीले गरेका छौं । यसर्थ हाम्रो यस अभियानलाई मूर्त रूप दिन अनलाइन फाराम भरी Submit गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं ।

    सूचना शाखा
    पोखरा विश्वविद्यालय
    २०७६ चैत्र १९ गते बुधबार
    सम्पर्कका लागिः +९७७–९८४६१४२५४८

  • Proceed for Registration

  • Accepted file types: jpg.
  • Association With Pokhara University

  • If you received additional degrees from the University, please mention below. (Optional)

  • Other Information (Optional)

  • This field is for validation purposes and should be left unchanged.