Array ( [post_type] => pop-notice [posts_per_page] => -1 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [meta_query] => Array ( [0] => Array ( [key] => end_date [value] => 20260817 [compare] => > [type] => NUMERIC ) ) )

बैशाखमा आकस्मिक सेवा सुचारू गर्दै पोखरा विश्वविद्यालय शिक्षण अस्पताल

22/03/2023

बैशाखमा आकस्मिक सेवा सुचारू गर्दै पोखरा विश्वविद्यालय शिक्षण अस्पताल


२०७९ चैत्र ८ गते बुधबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयले शिक्षण अस्पताललाई पूर्ण रूपमा सञ्चालन गर्ने तयारी गरेको छ । २०७९ भदौ २२ गतेदेखि ओपिडि सञ्चालन गर्दै आएकोमा आउँदो २०८० बैशाखको पहिलो हप्तादेखि आकस्मिक सेवा सञ्चालन गर्ने तयारीमा विश्वविद्यालय रहेको छ।

पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन डा. अमर नागिलाले शिक्षण अस्पताल सञ्चालनको सम्पूर्ण प्रक्रियाहरू अन्तिम चरणमा रहेको उल्लेख गर्नुभयो । उहाँले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका सचिवको संयोजकत्वमा गठित वातावरणीय अध्ययन प्रतिवेदन जाँचबुझसम्बन्धी प्राविधिक समितिलाई विश्वविद्यालयले शिक्षण अस्पतालको वातावरणीय परिक्षण प्रतिवेदन प्रस्तुत गरिसकेको र मन्त्रालयले त्यसको चाँडै टुङ्गो लगाउने बताउनुभयो । “मन्त्रालयले काम गर्दै गर्नुस् भनेको छ, तर सञ्चालन अनुमतिपत्र पाएपछि १०० शैयाको अस्पतालको रूपमा हामी पूर्ण रूपमा सर्भिस दिन्छौं”–डीन नागिलाले भन्नुभयो । पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक डा.दिपेन्द्र कुमार यादवले अस्पताल सञ्चालनका लागि जनशक्ति व्यवस्थापन भइसकेको र आवश्यक फर्निचर तथा उपकरणहरूको यथेष्ट व्यवस्थापन गरी वैशाखको पहिलो हप्तादेखि आकस्मिक सेवा सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । विश्वविद्यालयका ईञ्जिनियर सुदिप अधिकारीले अस्पतालको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेकोले रंगरोगनको अन्तिम कार्य हुँदै गरेको बताउनुभयो ।

पोखरा विश्वविद्यालय शिक्षण अस्पताल पोखरा–३०, खुदी, ढुंगेपाटनमा अवस्थित पोखरा विश्वविद्यालय प्राज्ञिक भवन कम्प्लेक्सको पूर्वपट्टि रहेको ११ रोपनी ३ आना (६०,४५० वर्गफिट) जग्गामा निर्माण भएको छ ।

अस्पतालको मुख्य भवनमा प्याथोलोजी ल्याब–१ वटा, रेडियोलोजी ल्याब–१ वटा, ओपिडि कक्ष–५ वटा, आकस्मिक कक्ष–१ वटा र जनरल वार्ड–१ वटा, माइनर ओ.टि. कक्ष– १ वटा र फार्मेसी–१ वटा रहने छ । त्यसैगरी पहिलो तलामा जनरल वार्ड–३ वटा, आई.सि.यू. कक्ष – १ वटा, माइनर ओ.टि.–१ वटा, मेजर ओ.टि.– २ वटा, प्रि अप कक्ष– १ वटा, पोष्ट अप कक्ष– १ वटा र सिंगल बेड क्याबिन २ वटा रहने छन् । अस्पतालको ट्रष्ट ब्लक १ मा निर्देशक कक्ष, प्रशासन शाखा, लेखा शाखा, म्याट्रोन कक्ष र प्राविधिक शाखा रहने छन् भने उक्त ब्लकमा जनरल वार्ड २ वटा, सिंगल बेड क्याबिन ५ वटा, फिजियोथेरापी कक्ष, मर्मत सम्भार कक्ष, लन्ड्री र क्यान्टिन रहने छ । त्यसैगरी अस्पतालको ट्रष्ट ब्लक २ मा बहुउद्देश्यीय हल, ईलेक्ट्रिक कोठा र फोहोर व्यवस्थापन कोठा रहने छ।
अस्पतालमा तलमाथि सहज पहुँच र ओसार पसारका लागि Ramp को व्यवस्थाका साथै अशक्त व्यक्तिहरूको लागि यथेष्ट ट्वाईलेट बाथरूमको व्यवस्था गरिएको छ । शिक्षण अस्पतालमा सर्वसाधारण प्रवेशका लागि एउटा गेट र सवारी साधन आउन जानका लागि दुईवटा गेटको व्यवस्था गरिएको छ भने प्रत्येक गेटमा गार्ड हाउसको व्यवस्था गरिएको छ । अस्पताल परिसरमा सडक बत्ति, खुला स्थान र यथेष्ट पार्किङ्गको व्यवस्थाका साथै हरियाली तुल्याउन अस्पताल वरिपरि वृक्षारोपन गरिएको छ ।

अस्पताल परिसरका तस्विरहरूः

 

 

Next Articles
Array ( [post_type] => post [posts_per_page] => 10 [orderby] => date [order] => DESC [post_status] => publish [paged] => 1 [post__not_in] => Array ( [0] => 37020 ) )