लिखित परीक्षाको नतिजा प्रकाशन तथा अन्तरवार्ता सम्बन्धी सूचना!
Notice regarding Sports Meet 2081/2082
पूर्णकालीन करार सेवामा उप-प्राध्यापक पदको नतिजा प्रकाशनसम्बन्धी सूचना
पूर्णकालीन करार शिक्षकको लिखित परीक्षा सम्बन्धी सूचना !
पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको प्रयोगात्मक तथा अन्तरवार्ता सम्बन्धी सूचना !
शिक्षण अस्पतालको लिखित परीक्षाको नतिजा प्रकाशनसम्बन्धी सूचना
परीक्षा नियन्त्रण कार्यालयकाे Website बन्द रहने सम्बन्धी सूचना !
Scholarship: MBA School Type-Others को Fifth-Scholarship Awarded List प्रकाशित सम्बन्धि सूचना ।
पोखरा विश्वविद्यालय शिक्षण अस्पतालः बोलपत्र स्वीकृत गर्ने आशयको सूचना !
स्कूल अफ इन्जिनियरिङःउप प्राध्यापक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना !
घर/फ्ल्याट भाडामा लिने सम्बन्धी सूचना
MBA/MBA-Finance छात्रवृत्ति कार्यक्रममा सिट बाँकी रहन गएकोले सम्बन्धित उम्मेदवारहरुलाई E-mail बाट आवेदन गर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना ।
Shortlisted candidates and written exam schedule for the full-time course contract Teachers
पोखरा विश्वविद्यालय स्नातकतह छात्रवृत्ति छनौंट समितिको सूचना ।
स्नातकोत्तरतह छात्रवृत्ति कार्यक्रम MBA School Type-Others को Fourth-Scholarship Awarded List प्रकाशित सम्बन्धि सूचना ।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छात्रवृत्ति सम्बन्धी सूचना !
MBA Scholarship Program को Others Merit मा समावेश भएका उम्मेदवारहरुले Program and College Choice को लागि अनुसूचि ४ को अनलाइन फारम भर्ने सम्बन्धि सूचना ।
कोर्ष करार शिक्षकको नतिजा प्रकाशनसम्बन्धी सूचना
सहायक प्रशिक्षक (Electronics and Communication) पदको लिखित परीक्षा स्थगनसम्बन्धी सूचना
छात्रवृत्ति छनौंट परीक्षा २०८१ को School Type Public/Others का Sixth Scholarship Awarded List
पूर्णकालीन करार शिक्षकको लिखित परीक्षा स्थगन सम्बन्धी सूचना !: स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङ
प्रा.डा. बेदराज के.सी. पोखरा विश्वविद्यालयको उप-कुलपतिमा नियुक्त
२०८१ साल पौष ७ गते, पोखरा – प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले प्रा.डा. बेदराज के.सी.लाई विश्वविद्यालयको उप-कुलपतिमा नियुक्त गर्नुभएको छ। करिब तीन महिनादेखि रिक्त रहेको पदमा उहाँलाई जिम्मेवारी दिइएको हो। प्रा.डा. के.सी. प्रगतिशील प्राध्यापक संगठन नेपालका केन्द्रीय अध्यक्ष हुनुहुन्छ। संगठनको महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज इकाईका संस्थापक सदस्यका रूपमा उहाँले योगदान पुऱ्याउनुका साथै दुई कार्यकालसम्म केन्द्रीय अध्यक्ष र दुई पटक उपाध्यक्षको भूमिका निर्वाह गर्नुभएको छ।
२०२४ सालमा रोल्पाको गैरिगाउँमा जन्मिनुभएका प्रा.डा. के.सी.ले त्रिभुवन विश्वविद्यालयबाट विज्ञान विषयमा स्नातक र स्नातकोत्तर अध्ययन पूरा गर्नुभएको हो। उहाँले महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जमा प्राध्यापन गर्दै आउनुभएको थियो। सौर्य ऊर्जा र फोटोभोल्टाइक प्रविधिमा केन्द्रित अनुसन्धान गर्दै आउनुभएका उहाँका चार दर्जनभन्दा बढी अनुसन्धानपत्र विदेशी तथा स्वदेशी जर्नलहरूमा प्रकाशित भएका छन्।
पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा २४ अनुसार, उप-कुलपति नियुक्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो। मानविकी तथा सामाजिकशास्त्र संकायका डीन सह-प्रा.डा. अजय थापा र स्वास्थ्य विज्ञान संकायका डीन सह-प्रा.डा. अमर नागिला सदस्य रहेको समितिले १२ जना आवेदकमध्येबाट अन्तर्वार्ता र कार्ययोजनाको मूल्यांकन गरी तीन जनाको नाम सिफारिस गरेको थियो। सिफारिसअनुसार, प्रा.डा. के.सी.लाई चार वर्षका लागि उप-कुलपतिमा नियुक्त गरिएको हो।
प्रा.डा. के.सी.को नेतृत्वमा विश्वविद्यालयले गुणस्तर अभिवृद्धि, शैक्षिक सुधार, र अनुसन्धान प्रवर्द्धनमा उल्लेखनीय सफलता हासिल गर्ने अपेक्षा गरिएको छ।
नवनियुक्त उपकुलपतिज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।



















