स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशद्वारा पो.वि. अस्पताल सञ्चालन अनुमति

स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशद्वारा पो.वि. अस्पताल सञ्चालन अनुमति

२०८० चैत २१ गते बुधबार, पोखरा–३०, कास्की ।

गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले पोखरा विश्वविद्यालय अस्पताल सञ्चालन गर्न अनुमति प्रदान गरेको छ ।

स्वास्थ्य निर्देशनालयबाट विभिन्न मितिमा गरिएको स्थलगत अनुगमन पश्चात प्राप्त प्रतिवेदन तथा यस मन्त्रालयबाट मिति २०८० चैत १३ गते गरिएको स्थलगत अनुगमन र मन्त्रालयको मिति २०८० चैत १९ गते बसेको बैठकले गरेको निर्णय समेतको आधारमा पोखरा–३०, खुदी, ढुंगेपाटनको विश्वविद्यालय परिसरमा रहेको प्रस्तावित पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई केही सर्तहरू पालना गर्ने गरी ६ महिनाका लागि १०० शैयाको अस्पताल सञ्चालन गर्न अनुमति प्रदान गरिएको व्यहोरा २०८० चैत्र २१ गतेको निर्णयानुसार जानकारी गराइएको मन्त्रालयको पत्रमा उल्लेख गरिएको छ ।

मन्त्रालयले जनरल वार्ड र जनशक्तिको राम्रो व्यवस्थापन, सिएसएसडि, लन्ड्री र ब्लड बैकको उचित व्यवस्थापन, एम्बुलेन्सको व्यवस्था, इएमआर सिस्टम, फार्मेसीलाई प्रयाप्त ठाउँमा स्थानान्तरण, फोहोरको उचित व्यवस्थापन लगायत प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट प्रयोगशाला सञ्चालन अनुमति लिनुपर्ने सर्तको पालना गर्न विश्वविद्यालयलाई जानकारी गराएको छ ।

मन्त्रालयद्वारा पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निरीक्षण

मन्त्रालयद्वारा पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निरीक्षण

२०८० चैत्र १३ गते मङ्गलबार, पोखरा–३०, कास्की ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका सचिव डा. विनोद विन्दु शर्माको नेतृत्वमा आएको निरीक्षण टोलीले मङ्गलबार पोखरा–३०, खुदीमा अवस्थित पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई सञ्चालन स्वीकृतिको मनशाय पत्र दिनेसम्बन्धमा स्थलगत निरीक्षण गरेको छ । सो अवसरमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दिपक बहादुर भण्डारी, पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिपेन्द्रकुमार यादव, पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. मदन खड्का लगायतले निरीक्षण टोलीलाई अस्पतालको हालसम्मको प्रगति विवरण र वर्तमान अवस्थाबारे विस्तृत जानकारी गराउनुभयो ।

टोलीले जनशक्ति, भवन तथा पूर्वाधारसम्बन्धी मापदण्ड लगायत बहिरङ्ग, अन्तरङ्ग, आकस्मिक र शल्यचिकित्सा एवम् सघन उपचार कक्षसम्बन्धी मापदण्ड, उपकरण, औषधि आदिका बारेमा अध्ययन तथा निरीक्षण गरी थप सुधार गर्नुपर्ने विषयमा अस्पताल व्यवस्थापन समितिलाई अवगत गराएको थियो ।

निरीक्षण टोलीमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका उप–सचिव चण्डिका पौडेल, मेडिकल सुपरिटेन्डेण्ट डा. धर्म ढकाल, महाशाखा प्रमुख डा. रमेश कुमार के.सी., आयुर्वेद चिकित्सक डा. मधुरजी ढकाल तथा फार्मेशी अधिकृत श्री साजन बराल हुनुहुन्थ्यो ।

स्वास्थ्य विज्ञान सङ्कायको फेकल्टी डेभलपमेन्ट तालिम शुरू

स्वास्थ्य विज्ञान सङ्कायको फेकल्टी डेभलपमेन्ट तालिम शुरू

२०८० फागुन २० गते आइतबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायले आयोजना गरेको ५ दिने फेकल्टी डेभलपमेन्ट तालिम आज पोखरामा शुरू भएको छ । “विद्यार्थीहरूको सिकाईलाई सहज बनाउन स्वास्थ्य व्यवसायिक शिक्षाका आवश्यक ज्ञान प्रदान गर्ने” भन्ने मूल उद्देश्यका साथ शुरू भएको उक्त तालिमलाई प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।

उद्घाटनसत्रमा बोल्दै उपकुलपति अर्यालले शिक्षण पेशालाई प्रभावकारी तुल्याउन प्राध्यापकमा सकारात्मक मनोवृत्तिसहित व्यावहारिक ज्ञान र सीपहरू प्रदान गर्नसक्ने क्षमता हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यार्थीलाई किताबमा भएको ज्ञान लेखाएर घोकाएरमात्र उपलब्धी नहुने उल्लेख गर्दै उनीहरूको मनोभाव बुझी उनिहरूलाई प्रेरणा दिने र आनन्दित तुल्याउने कार्यले पनि उत्तिकै महत्व राख्ने बताउनुभयो । पठनपाठन र मनोवृत्तिमा परिवर्तन ल्याउन यस्ता तालिम सान्दर्भिक र महत्वपूर्ण रहने उहाँको भनाई दियो ।

कार्यक्रममा आफ्नो विचार राख्दै पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दिपक बहादुर भण्डारीले प्राध्यापक कक्षाकोठामा मात्र होइन समाजकै लागि प्रेरणाको स्रोत हुनुपर्ने बताउनुभयो । उहाँले प्राध्यापकले शिक्षण पेशाको गरिमा र महत्वलाई उचो राख्न पेशाप्रति बफादार र उच्च नैतिक आचरणमा रहनुपर्ने उल्लेख गर्दै अनुशाशित, समयनिष्ठ र कर्तव्यनिष्ठसहित उत्कृष्टभावले प्राध्यापकको इज्जत र सम्मान अझ बढेर जाने विचार व्यक्त गर्नुभयो । यस्ता तालिमले विभिन्न आयामहरूलाई समेट्न सकेमात्र उद्देश्य परिपूर्ति हुने उहाँको भनाई थियो ।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायका डीन प्राध्यापक राजेशकुमार ठगुराठीले कमजोर विद्यार्थीलाई कसरी राम्रो र सक्षम तुल्याउन सकिन्छ भन्ने दिशामा तालिम अभिप्रेरित हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन सह–प्रा.डा. अमर नागिलाले शिक्षण पेशामा जति इज्जत, मान र सम्मान छ, त्यतिकै दुःख, कष्ट र चुनौतिहरू रहेको उल्लेख गर्नुभयो । उहाँले प्राध्यापकको जागीर खाने र घर चलाउने कर्तव्य मात्र नभई कक्षा कोठामा हरेक दिन परीक्षा दिनुपर्ने र त्यसमा खरो उत्रनु बाहेक अन्य विकल्प समेत नरहेको विचार व्यक्त गर्नुभयो । अग्रजहरूको ज्ञान र आचरण अनुकरण गरी समय सापेक्ष, कर्तव्यनिष्ठ र उर्जाशील भई पेशामा लाग्न तथा प्राध्यापक वर्गलाई राम्रो संगति र सम्बन्ध बिस्तारमा समेत यस्ता तालिम फलिभूत हुने विचार राख्नुभयो ।

परीक्षा नियन्त्रक सह–प्रा.डा. तुल्सीराम भण्डारीले तालिमलाई उपलब्धिमूलक र व्यवहारमा उतार्न सकेमात्र त्यसले सारतत्व सिकाईमा परिवर्तन र गुणस्तर अभिवृद्धि गर्न मद्दत पुग्ने उल्लेख गर्नुभयो । उहाँले विद्यार्थीलाई राम्रो र उत्प्रेरित गर्न पाठ्यक्रमलाई चुस्त राख्नुपर्ने विचार राख्नुभयो ।

पोखरा विश्वविद्यालयको सम्बन्धनप्राप्त नोबेल कलेजका प्राचार्य नवराज पाण्डेले स्वास्थ्य पेशा मानव अस्तित्व कायम रहेसम्म रही रहने भएकोले यसको समय सापेक्ष विकास र विस्तारका लागि सबै सचेत भई लाग्नुपर्नेमा जोड दिनुभयो ।

पोखरा नर्सिङ्ग क्याम्पसका क्याम्पस प्रमुख प्रा. नीता ताम्राकारले प्राध्यापकले आफ्नो पेशा र विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखी सयमानुसार परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले प्राध्यापकले वस्तुनिष्ठ भई सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्नु अति आवश्यक रहेको उल्लेख गर्नुभयो ।

मणिपाल कलेज अफ मेडिकल साइन्सेजका प्राचार्य तथा माइक्रोबायोलोजी विभागका प्राध्यापक शिशिर गोखलेले शिक्षण पेशालाई राम्रो बनाउन प्राध्यापकले पठनपाठन, मनन, चिन्तन र आचरणमा सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्राध्यापकले सिकेको सिपलाई आचरणमा र आचरणलाई जीवनमा उतार्न सकेमात्र विद्यार्थीलाई सबैको लायक बनाउन सक्ने बताउनुभयो ।

तालिम कार्यक्रमका स्रोत व्यक्ति प्रा.डा. मुनिराज क्षेत्रीले समावेशी र समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र सबैका लागि आजीवन सिकाई अवसर प्रवद्र्धन गर्न सके मात्र समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना साकार हुने बताउनुभयो ।

कार्यक्रममा स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेज, पोखरा विश्वविद्यालयका उपप्राध्यापक सुरेश जैसवालले प्राध्यापकको स्तरोन्नति, ज्ञान र सीप विकासका लागि तालिम कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभएको थियो । कार्यक्रममा क्वालिटि सर्कल कमिटिमा आबद्ध पोखरा विश्वविद्याय बेचलर अफ फार्मेसीमा अध्ययन गर्ने छात्राहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

२०८० फागुन २४ गतेसम्म सञ्चालन हुने उक्त तालिम कार्यक्रममा विभिन्न विधामा प्रा.डा. मुनिराज क्षेत्री, प्रा.डा. विदुर वस्ति, प्रा.डा. शरदराज वन्त, प्रा.डा. मन्दिरा शाही, यूएनडिपि नेपालका आवासीय सहायक प्रतिनिधि बिन्दा मगर, डा. समिर तिमिल्सीना, डा. तुल्सीराम भण्डारी, प्रा.डा. राजेन्द्र विसि, डा. नमराज धामीले प्रस्तुति दिनुहुनेछ । कार्यक्रममा पोखरा विश्वविद्यालय लगायत स्वास्थ्य संघसंस्थामा पेशामा आबद्ध दुईदर्जनभन्दा बढी व्यक्तिहरूको उपस्थिति रहनेछ ।

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको स्थलगत अनुगमन

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको स्थलगत अनुगमन


२०८० फागुन १३ गते आइतबार, पोखरा–३०, कास्की ।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निमित्त महानिर्देशक श्री हेमन्त शर्मा पौडेलको नेतृत्वमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशबाट आएको अनुगमन टोलीले आइतबार पोखरा–३०, खुदीमा अवस्थित पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको आज एक स्थलगत अनुगमन गरेको छ । सो अवसरमा पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन डा. अमर नागिला र पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिपेन्द्रकुमार यादवले अनुगमन टोलीलाई अस्पतालबाट प्रवाहित सेवा तथा सुविधा र अस्पतालको वर्तमान अवस्थाबारे विस्तृत जानकारी गराउनुभयो ।

टोलीले अस्पताल व्यवस्थापन, भवन तथा पूर्वाधारसम्बन्धी मापदण्ड लगायत बहिरङ्ग, अन्तरङ्ग, आकस्मिक र शल्यचिकित्सा एवम् सघन उपचार कक्षसम्बन्धी मापदण्डका बारेमा अध्ययन तथा निरीक्षण गरेको थियो । यसका साथै जनशक्ति तथा विशेषज्ञसम्बन्धी व्यवस्था, फोहोर व्यवस्थापन, प्रयोगशाला, फार्मेसीसम्बन्धी व्यवस्थापन लगायत औजार तथा उपकरणका बारेमा समेत सुक्ष्म अनुगमन भएको थियो ।

२०७९ भदौ २२ गतेबाट बहिरङ्ग सेवा सञ्चालन गर्दै आएको अस्पतालले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको “स्वास्थ्य सेवा सञ्चालन मापदण्ड–२०७७” बमोजिम आधारभूत मापदण्ड पुरा गरी पूर्ण चरणमा सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ । अस्पताललाई हाल १०० शैयामा सञ्चालन गर्ने गरी व्यवस्थापन गरिएको छ ।

अनुगमन टोलीमा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशबाट अञ्जु पौडेल, डा. रोशन ढकाल, दीवाकर शर्मा तथा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशबाट आयुर्वेद चिकित्सक डा. मधुरजी ढकाल हुनुहुन्थ्यो ।

नोबेल पुरस्कार बिजेता सर रिचर्ड जोन रोबर्ट्स पोखरा विश्वविद्यालयमा ।

नोबेल पुरस्कार बिजेता सर रिचर्ड जोन रोबर्ट्स पोखरा विश्वविद्यालयमा ।

२०८० फाल्गुन ११ गते शुक्रवार, | नमराज धामी, पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्र, पोखरा-३०, कास्की |
फाल्गुन ११, २०८० (तदनुसार फेब्रुअरी २३, २०२४) को दिन पोखरा विश्वविद्यालयका लागि संसारकै उत्कृष्ट बैज्ञानिक तथा सन् १९९३ को मेडिसिन विधा अन्तर्गत नोबेल पुरस्कार बिजेता सर रिचर्ड जोन रोबर्ट्स (The Nobel Laureate Sir Richard John Roberts, recipient of The Nobel Prize in Physiology or Medicine 1993) लाई विश्वविद्यालयका परिसरमा स्वागत गर्न पाएको र उहाँ सित प्रत्यक्ष साक्षात्कार हुन पाएको बिरलै तर प्रथम अवसर प्राप्त भएको भाग्यशाली दिनका रुपमा स्थापित भएको छ | हाल अमेरिकाको बिश्व प्रसिद्ध न्यू इंगल्याण्ड बायोल्याब्स (New England Biolabs) मा प्रमुख बैज्ञानिक (Chief Scientific Officer) का रुपमा सक्रिय रहेका ८० बर्षिय सर रिचर्ड पोखरा स्थित बन विज्ञान क्याम्पसमा फाल्गुन १०-११, २०८० मा आयोजित तेस्रो RTSTI2024 (https://www.rtsti.com/) सम्मेलनको मुख्य बक्ताको रुपमा सहभागी हुन नेपाल आएको अवसर पारेर गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान (GPAST) को सहकार्यमा पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्र (PURC) ले सर रिचर्ड र पोखरा विश्वविद्यालयका बिद्यार्थी, शिक्षक र कर्मचारीहरु गरि झन्डै ८० जनाको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो |

अन्तरक्रिया कार्यक्रममा सर रिचर्डले अनुबंश परिवर्तित जीवहरु (Genetically Modified Organisms, GMOs) हरुको समुचित प्रयोग गरेर खाद्य सुरक्षा, पोषण सुरक्षा, वातावरणीय प्रदुषण नियन्त्रण, र गरिबी निवारण लगायतका वैश्विक चुनौतिहरुको सजिलै र दिगो समाधान गर्न सकिने हुनाले Genetic Engineering सित सम्बन्धित अध्ययन अनुसन्धान कार्य लाई उच्च प्राथमिकता साथ आगाडी बढाउनु पर्ने बिषयमा जोड दिनुभयो | उदाहारणका लागि कोभिड -१९ को महामारी नियन्त्रण गर्न सफल भएका भ्याक्सिनहरु अत्यन्तै छोटो समयमा उत्पादन गर्न Genetic Engineering को प्रयोगले मात्र सम्भव भएको जानकारी दिनुभयो | त्यस्तै, Bacillus thuringiensis नामक ब्याक्टेरियाको Bt जीन समावेश गरि निर्माण गरिएका Bt Brinjal (भन्टा) र Bt Cotton (कपास) को खेति गर्नाले हानिकारक विषादीको प्रयोग न्यूनीकरण गर्दै सजिलै सित प्राकृतिक रूपमै बालीमा लाग्ने किराको प्रकोप नियन्त्रण गर्न सकिने जानकारी दिनु भयो | त्यस्तै बहुसंख्यक मानिस हरुले दैनिक खाने चामलमा बिटा क्यारोटिन (beta carotene) नामक रसायन एकत्रित हुने गरि अनुबंश परिवर्तन गरिएको सुनौलो धान (Golden Rice) को खेति गर्नाले करोडौ मानिसहरुलाई भिटामिन ए को अल्पताबाट जोगाउन सफल हुने दाबी पेश गर्नुभयो र फिलिपिन्स देशले सुनौलो चामलको परिकारहरु दैनिक उपभोग गर्ने गरि विधिवत रूपमा सफल प्रयोग गरि सकेको जानकारी समेत दिनु भयो |

GMO हरुको निर्माण निर्दिष्ट उद्धेश्य प्राप्ति गर्नका लागि गरिने र तिनीहरुको वातावरणीय तथा मानव स्वास्थ्यमा पर्ने    बहुआयामिक प्रभावहरुको सम्पूर्ण मुल्यांकन बैज्ञानिकहरुले अनुसन्धानकै क्रममा निर्क्यौल गरी सक्ने र पूर्ण सुरक्षित प्रमाणित भएका GMO हरु मात्रै सार्वजनिक प्रयोगका लागी योग्य हुने भएपनि बिभिन्न देशहरुले GMO को प्रयोग सम्बन्धि फरक फरक र असहयोगी नीतिहरु अख्तियार गरेको साथै ग्रीनपीस (Green peace) लगायतका संस्थाहरुले यथेष्ट जानकारी समेत नराखी पूर्वाग्रही ढंगले GMO हरुको प्रयोगको अनावश्यक बिरोध गर्ने गरेको बताउनु भयो | GMO र GMO बाट उत्पादित बस्तुहरु तोकिएको प्रयोजनका लागि उपयोग गर्न पुर्णतया सुरक्षित रहेको पुष्टि बैज्ञानिक अनुसन्धानहरु बाट पटक पटक गरिने भएकोले नेपाल जस्ता अल्प विकसित राष्ट्रहरुले Genetic Engineering का माध्यम बाट उत्पादन गरिएका बस्तु र सेवाको उचित प्रयोग गर्नका लागी यथाशिघ्र राष्ट्रिय नीति र मापदण्ड निर्माण र कार्यन्वयन गर्न राजनैतिक सचेतना र प्रतिबद्धता आवश्यक रहेको जनाउनु भयो | बिश्वब्यापी रूपमा GMO को प्रयोग सुलभ हुने गरी उपयोगमा ल्याउनका लागि आफु लगायत १६७ नोबेल पुरस्कार बिजेताहरुले संयुक्त आवाज उठाई राखेको बिषय समेत जानकारी दिनु भयो | सहभागीहरुका तर्फबाट उठेका जिज्ञासाहरु लक्षित गर्दै सर रिचर्डले GMO को प्रयोग गर्दा किसानहरु लगायत समस्त उपभोक्ताहरु लाई समेत आर्थिक लगायतका बहुआयामिक फाइदा हुने तर्क राख्नु भयो | तर, Genetic Engineering उत्कृष्ट प्राबिधिक विधा भएकोले सो सम्बन्धि प्राबिधिक दक्षता भएका बैज्ञानिकहरुको यथेष्ट उपलब्धता नेपालमै पनि हुनु पर्ने र राजनैतिक एबम् व्यवस्थापकीय नेतृत्वकर्ताहरुले बैज्ञानिकहरुका खोज अनुसन्धान प्रति चासो दिई नवीन उपलब्धिहरुलाई देशको छरितो बिकासका लागि सदुपयोग गर्नु पर्ने बिषयमा जोड दिनु भयो |

नेपालमा Genetic Engineering लगायत अन्य विशिष्टीकृत विधाहरुको पठन पाठन तथा अनुसन्धान कार्य अझै सम्भव नभएको र कतै कतै अध्यापन शुरु गरिएका बिषयहरु पनि प्राय: सैद्धान्तिक मात्रै रहेको र प्रयोगात्मक सीप सिक्ने अवसर निकै न्यून हुने गरेको हुनाले पछिल्लो समयमा युवा विद्यार्थीहरुको विदेश पलायन बढेको सम्बन्धि जिज्ञासाको  विषयमा बोल्दै सर रिचर्डले बिद्यार्थीहरुलाई संसारको जुनसुकै ठाउँमा भएको पनि उत्कृष्ट केन्द्रहरुमा अध्ययन गर्न प्रेरित गर्नु पर्ने र जानु नै पर्ने तर ज्ञान र शीप हाँसिल गरि सकेपछि सक्दो चाँडो घर फर्केर स्वदेश सेवा गर्नु पर्ने सुझाव दिनु भयो | संगसंगै, पोखरा विश्वविद्यालय लगायत नेपालका अन्य विश्वविद्यालयहरुले Genetic Engineering लगायत सम्बन्धित विधाहरुमा देश विदेश बाट नयाँ नयाँ ज्ञान र सीप हाँसिल गरेका दक्ष जनशक्ति लाई उच्च प्राथमिकतामा राखी संबन्धित काम गर्न उपयुक्त श्रोत, साधन, र वातावरण निर्माण गर्ने कार्य यथाशिघ्र थालनी गर्नु पर्नेमा जोड दिनु भयो | र सो कार्यका लागि बिभिन्न संस्थाहरु सित समन्वय गर्नमा आफुले सहयोग गर्न पाए खुशी हुने प्रतिबद्धता समेत सर रिचर्डले जाहेर गर्नु भयो |

बिद्यार्थीहरु सित घुलमिल हुन्  र हाँस्न रुचाउने सर रिचर्डले कार्यक्रममा उपस्थित भएका झन्डै ५० जना विद्यार्थीहरु सित २० मिनेट जति छुट्टै अन्तरक्रिया समेत गर्नु भयो | अन्तरक्रिया कार्यक्रम समापन भए पश्चात पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको आगन्तुक पुस्तिकामा समेत सर रिचर्डले विदेश गएका युवा बिद्यार्थीहरु लाइ स्वदेश फर्किन प्रेरित गर्ने र उनीहरुले नेपालको विकाशमा सहभागी हुन् सक्ने गरि नीति तथा कार्यक्रम बनाउनु पर्ने विषयमा बिशेष जोड दिनु भयो | सर रिचर्ड लेख्नु हुन्छ “You have excellent students. Listen to them and come up with policies that will both enable and make them want to come back and improve Nepal”.

आफुले ८० बर्ष पार गरि सक्दा समेत हरेक दिन नयाँ नयाँ कुराहरुको खोज गरि रहेको प्रसंग जोड्दै शुरु शुरुका दिनहरुमा सबैले पबित्र उद्देश्य प्राप्तिका लागि संघर्ष गर्नु नै पर्ने तर मिहिनेत गर्न छोड्न नहुने कुरामा जोड दिनु भयो | मिहिनेत गर्दै गर्दा सफलता हात पार्नका लागि भने “भाग्य” को उच्च भूमिका हुने र अनुसन्धान निरन्तरता र उत्कृष्टताका लागी निस्वार्थ सुझाव दिने र सहयोग गर्ने असल सहकर्मी (true friend) को अपरिहार्यतामा बिशेष जोड दिनु भयो | साथै, पछिल्लो समयमा फेसबुक लगायतका सामाजिक संजाल तथा artificial intelligence को जानाजान हुने दुरुपयोगले समाजमा बिग्रह ल्याउने क्रम बढेकोमा चिन्ता व्यक्त गर्दै आफु सामाजिक संजालमा नरहेको र त्यसरी समय खेर फाल्ने आफुलाई फुर्सद समेत नभएको जिकिर गर्नु भयो  र सबैले सचेत रहनुपर्ने सुझाव दिनु भयो |

अनुसन्धानका उपलब्धिहरु तथा ज्ञानको विश्वब्यापी रूपमा सुलभ पहुँच हुनु पर्छ भन्ने मान्यता राख्दै ज्ञानमा खुला पहुँच (Open Access) को परिकल्पनाकार सर रिचर्डको उत्कृष्ट अनुसन्धान एवं मानव कल्याणका लागि गर्दै आउनु भएको योगदानको सम्मान स्वरूप पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका तर्फबाट उहाँ लाइ प्रशंशा पत्र र मायाको चिनो प्रदान गरियो |

पोखरा विश्वविद्यालय केन्द्रिय कार्यालय परिसरमा रहेको सभाहलमा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नमराज धामीले संचालन गर्नु भएको उक्त विशेष कार्यक्रममा पोखरा विश्वविद्यालयका रजिष्ट्रार दीपक बहादुर भण्डारी, स्वास्थ्य विज्ञान संकायका डीन अमर नागिला, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक उमेश सिंह यादव, गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशक ढाका राम भण्डारी लगायत विद्यार्थी, शिक्षक र कर्मचारी गरि (स्थान अभावका बाबजुत) ८० जना भन्दा बढी सहभागीहरु उपस्थित हुनु भएको थियो |

स्थापनाको २७ औं बर्षमा अगाडी बढ्दै गरेको पोखरा विश्वविद्यालयले Pharmaceutical Sciences, Medical Biochemistry, Medical Microbiology, र Bioinformatics बिषयहरुमा स्नातक तह सम्मको पठन पाठन जारि राखेको अवस्थामा उच्च प्राथमिकताका साथ यथाशिघ्र Biotechnology र Molecular Biology सित सम्बन्धित सुबिधा सम्पन्न अनुसन्धान प्रयोगशालाहरुको स्थापना गरि स्नातकोत्तर एबम विद्यावारिधी तहका कार्यक्रमहरु संचालनमा ल्याउनु अपरिहार्य देखिन्छ |

लेखक नमराज धामी पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक हुनुहुन्छ |

 Share
            

पोखरा विश्वविद्यालय र गोरखपुर विश्वविद्यालयबीच सम्झौता

पोखरा विश्वविद्यालय र गोरखपुर विश्वविद्यालयबीच सम्झौता

२०८० साल पुस १८ गते बुधलबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय र दीन दयाल उपाध्याय गोरखपुर विश्वविद्यालयबीच एकआपसमा शैक्षिक एवम् अनुसन्धान सम्बन्ध स्थापित गर्ने मूल उद्देश्यलाई लिएर एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय, ढुंगेपाटन, कास्कीमा आयोजित उक्त समझदारीपत्रमा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल र दीन दयाल उपाध्याय गोरखपुर विश्वविद्यालय, गोरखपुर, उत्तरप्रदेश, भारतका उपकुलपति प्रा. पुनम टण्डनले हस्ताक्षर गर्नुभयो ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारी लगायत सङ्कायका डीनहरू एवम् विभिन्न निकायका प्रमुखहरूको समुपस्थितिमा हस्ताक्षर सम्पन्न भएको उक्त समझदारी पछि दुबै संस्थालाई शैक्षिक र अनुसन्धान सम्बन्ध स्थापित गर्नुका साथै संयुक्त अनुसन्धान तथा सम्मेलन लगायत अन्य शैक्षिक सहकार्यको दिशामा अगाडि बढ्न बाटो खुलेको छ । यस समझदारीपछि दुई विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरूबीच शैक्षिक, व्यावसायिक र सांस्कृति गतिविधिहरूलाई सहयोग गरी अन्तर्राष्ट्रिय सम्झौता, बौद्धिक सहयोग, सांस्कृतिक अन्तरक्रिया र मित्रता प्रवद्र्धन गर्न सहयोग पुग्नेछ । साथै कुनै पनि कार्यक्रम दुबैतर्फ बाञ्छनीय र सम्भाव्य महसूस भएमा एकआपसमा प्रस्ताव गरी दुबै पक्षले आयोजना गर्न सक्नेछन् ।

सम्झौता समारोहमा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, दीन दयाल उपाध्याय गोरखपुर विश्वविद्यालयका उपकुलपति प्रा. पुनम टण्डन र अन्तर्राष्टिय सेलका निर्देशक डा. रामवन्त गुप्ता एवम् पोखरा विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक डा. उमेशसिंह यादवले आ–आफ्नो संस्थाको परिचयसहित शैक्षिक एवम् अनुसन्धान क्रियाकलापलाई कसरी प्रगाढ र सुदृढ गर्न सकिन्छ भन्ने विषयमा विचारहरू राख्नुभयो ।

कर्मचारी सेवा प्रवेश अभिमुखीकरण तालिम सम्पन्न

कर्मचारी सेवा प्रवेश अभिमुखीकरण तालिम सम्पन्न


२०८० मङ्सिर २१ गते, बिहीबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयले हालै विश्वविद्यालयको स्थायी सेवामा नियुक्ति लिएका कर्मचारीहरूको लागि ३ दिने सेवा प्रवेश अभिमुखीकरण तालिम आयोजना गरी सम्पन्न गरेको छ । यही मङ्सिर १९ गतेदेखि २१ गतेसम्म विश्वविद्यालयको केन्द्रीय सभाहल, लेखनाथमा आयोजित उक्त सेवा प्रवेश अभिमुखीकरण तालिममा कुल ३१ जना कर्मचारीलाई प्रशिक्षण दिइयो । तालिममा सहभागि हुने कर्मचारीहरूमा सहायक प्रशासक (प्रशासन) ५ जना, सहायक प्रशासक (लेखा) १ जना, सहायक प्रशासक (कानून) १ जना, मुख्य सहायक (प्रशासन) ५ जना, मुख्य सहायक (लेखा) ३ जना, मुख्य सहायक (कम्प्यूटर) ३ जना, मुख्य सहायक (प्रयोगशाला) २ जना र सहायकस्तरमा ११ जना थिए ।

सेवा प्रवेश अभिमुखीकरण तालिमलाई पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारी, पोखरा विश्वविद्यालय व्यवस्थापन सङ्कायका डीन सह प्रा.डा. दयाराज ढकाल, पोखरा विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक सह प्रा डा उमेशसिंह यादव, पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेशका सह प्रा.डा. रविन्द्र घिमिरे तथा सह प्रा डा दिपाञ्जल श्रेष्ठ, श्री यादव थापा, सह प्रशासक (लेखा), श्री तारादेवी सापकोटा, सह प्रशासक (प्रशासन), श्री ध्रुव प्रसाद अर्याल, सह प्रशासक (लेखा), श्री गोबर्धन भट्टराई, सह प्रशासक (प्रशासन), श्री तेज नारायाण पराजुली, सह प्रशासक (लेखा), श्री हेमन्तराज कँडेल, सह प्रशासक (पुस्तकालय), श्री टोलमाया थापा, सह प्रशासक (प्रशासन) ले नयाँ प्रवेश गर्ने कर्मचारीहरूलाई विभिन्न विषयमा अभिमुखीकरण दिनुभयो । अभिमुखीकरण तालीममा कर्मचारीहरूको उत्तरदायित्व, कर्तव्य पालन, अनुशासन, नेतृत्व र क्षमता विकासका विभिन्न पक्षका साथै विश्वविद्यालयको वर्तमान अवस्था, बजेट, प्रशासनिक कार्य, खरिद, कागजातको संरक्षण, अभिलेखिकरण विविध विधि र प्रक्रियाका बारेमा प्रशिक्षण दिइएको थियो । तालिममा सहभागि कर्मचारीहरूलाई विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल र प्रा.डा. दिपक बहादुर भण्डारीले संयुक्त रूपमा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

पोखरा विश्वविद्यालयमा साइबर सुरक्षा सम्बन्धि अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न |

पोखरा विश्वविद्यालयमा साइबर सुरक्षा सम्बन्धि अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न |

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रले यहि मङ्सिर ०५, २०८० (नवेम्बर २१, २०) देखि संचालन गरेको साइबर सुरक्षा सम्बन्धि चार दिने अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी मङ्सिर ०८, २०८० (नवेम्बर २४, २०) का दिन एक समारोह आयोजना गरि सम्पन्न गरेको छ | युरोपियन कमिसन अन्तर्गतको European Education and Culture Executive Agency (EACEA) को अनुदान सहयोगमा पोखरा विश्वविद्यालय लगायत ६ देशका १४ वटा संस्थाहरु सम्मिलित Cyber Security for All (CS4ALL) (सबैका लागि साइबर सुरक्षा) नामक अन्तर्राष्ट्रिय परियोजनाको प्रथम कार्यशाला पोखरा विश्वविद्यालयमा सम्पन भएको हो | उक्त गोष्ठीमा Lovely Professional University (LPU), India बाट ३ जना, Lokmanya Tilak Jankalyan Shikshan Sanstha Nagpur (LTJSS), India बाट १ जना, Chikitsak Samuh Bombay (PVC college), India बाट २ जना, EDULAB, India बाट १ जना, IPB University, Indonesia बाट २ जना, Yayasan Pendidikan Jaya (UPJ), Indonesia बाट २ जना, University of Nicosia (UNIC), Cyprus बाट १ जना, Algebra University (ALU), Croatia बाट २ जना, Universitat Politecnica De Valencia (UPV), Spain बाट १ जना, Far Western University (FWU), Nepal बाट २ जना, Action Aid Nepal बाट १ जना, Dirghayu Nepal १ जना र आयोजक संस्था पोखरा विश्वविद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी सहीत १५ जना गरी करीब ३५ जनाले सक्रिय सभागिता जनाएका थिए |

पोखराको हल्लनचोकमा स्थित टीका रिसोर्टको सभाकक्षमा सम्पन्न कार्यशालाको उद्घाटन सत्रमा पोखरा विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशकले सबै सहभागी हरुलाई स्वागत गर्दै पोखरा विश्वविद्यालयको संक्षिप्त विवरण प्रस्तुत गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो | कार्यक्रमका दौरान परियोजनाको मुख्य संयोजक संस्था LPU का प्राध्यापक डा. अरुण मलिकले CS4ALL परियोजनाको औचित्य तथा उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो | उक्त परियोजनाको मुख्य उद्देश्य नेपाल, भारत, र इन्डोनेसियामा साइबर सुरक्षा अध्ययन सम्बन्धि कक्षाकोठा तथा उपकरण सहयोगका साथै उपयुक्त पाठ्यक्रम तयार गरी शिक्षक तथा विद्यार्थीहरुलाई तालिम प्रदान गर्नु र आमनागरिकहरुमा साइबर सेक्युरिटी सम्बन्धि चेतना अभिवृद्धि गर्नु रहेका छन् |

गोष्ठीको उद्घाटन सत्रमा पोखरा विश्वविद्यालयका प्राध्यापक डा. दीपान्जल श्रेष्ठले Cybersecurity Landscape in Nepal: Comprehending Economic Impact, Policy Challenges, and Future Directions सम्बन्धि र Lokmanya Tilak Jankalyan Shikshan Sanstha Nagpur (LTJSS), India का प्राध्यापक डा. विवेक ननोटीले Cyber Security in India: Awareness, Need, Challenges & Threats सम्बन्धि बिशेष प्रस्तुति दिंदै साइबर सुरक्षा बिश्वब्यापी रूपमै चुनौतिपूर्ण भए पनि साइबर सुरक्षाको सचेतना न्यून भएका राष्ट्र, संस्था, वा व्यक्तिहरु अत्यन्तै जोखिममा रहने हुनाले सबैले आ-आफ्नो व्यक्तिगत एबम संस्थागत साइबर सुरक्षा प्रति सचेत रहनु पर्ने र सो का लागि उक्त विषयका बिज्ञहरुले उच्च योगदान गर्नु पर्ने बिषयमा जोड दिनु भयो | यसै गरि PVC College भारतका प्रमुख शिक्षा अधिकारी प्राध्यापक डा. माला खरकर र UNIC साइप्रसका बरिष्ठ प्रशासक क्रियाकस जर्जेउले कार्यक्रमको बारेमा मन्तब्य दिनु भएको थियो |

गोष्ठी उद्घाटन सत्रको प्रमुख अतिथिको रूपमा बोल्दै पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. दिपक बहादुर भण्डारीले साइबर सुरक्षाप्रति सचेत रहनु सबैको आवश्यकता रहेको र पोखरा विश्वविद्यालय लगायत ६ देशका १४ वटा संस्था हरुमा साइबर सुरक्षा सम्बन्धि ३ बर्षे अन्तर्राष्ट्रिय परियोजना संचालन गर्न आर्थिक अनुदान प्रदान गरेकोमा युरोपियन युनियन प्रति आभर प्रकट गर्दै कार्यशाला एबम परियोजनाको अपेक्षित सफलताको शुभकामना व्यक्त गर्नुभयो | र उक्त परियोजना सुसम्पन्न गर्न पोखरा विश्वविद्यालयका तर्फ बाट पूर्ण सहयोग हुने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो | दोस्रो दिनको संस्कृति आदानप्रदान कार्यक्रममा पोखरा विश्वविद्यालयका तर्फबाट आयोजित रात्रिभोजमा बिशेष उपस्थिति जनाउनु भएका पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. प्रेम नारायण आर्यालले  CS4ALL परियोजनाले गर्दा ६ देशका १४ संस्थाका बिज्ञहरुलाई पोखरा विश्वविद्यालयमा भेला हुने अवसर मिलेको र आगामी दिनहरुमा द्विपक्षीय र बहुपक्षिय सम्बन्ध स्थापित गर्दै साइबर सुरक्षा लगायत अन्य समसामयिक चुनौती हरुलाई सामना गर्न समेत अन्तर्राष्ट्रिय बिज्ञ समूहहरुले अध्ययन अनुसन्धानमा सक्रिय रहनु पर्ने बिषय बस्तुहरुमा जोड दिदै परियोजनामा संलग्न सबै संस्थाहरुसित  थप परियोजनाहरुका लागि सहकार्य गर्न पोखरा विश्वविद्यालय तत्पर रहेको जनाउनु भयो |

कार्यशाला गोष्ठी अवधिमा CS4ALL परियोजनाले निर्देष्ठ गरेका सात वटा कार्य सुचीहरू लाई तोकिएको समय तालिका अनुसार संचालन गर्नका लागी सम्बन्धित कार्य सूचिका संयोजक संस्थाका प्रतिनिधिहरुले बिस्तृत योजना प्रस्तुत गर्नु भयो  र सबै सस्थाका प्रतिनिधिहरुले तोकिए अनुसार सबै कार्यहरु आगाडी बढाउन कटिबद्ध रहने धारणा व्यक्त गर्नु भयो | नियमित कार्यसुची अन्तर्गतका बिषय बस्तुहरुको छलफल संगसंगै सम्पूर्ण सहभागीहरु पोखरा वरपरका पर्यटकीय महत्वका स्थानको अवलोकन भ्रमणमा समेत समाबेस भए र सो क्रममा फेवाताल, तालबाराही मन्दिर, विन्ध्यवासिनी मन्दिर, गुप्तेश्वर गुफा, पाताले छाँगो, पुम्दिकोट, शान्तिस्तुपा तथा बेगनास तालको भ्रमण सम्पन्न भयो |

पोखरा विश्वविद्यालय केन्द्रिय कार्यालको सभाकक्षमा संचालन भएको कार्यशाला गोष्ठी समापन कार्यक्रममा परियोजना संयोजक संस्था LPU का तर्फबाट डा. अरुण मलिक र गोष्ठी आयोजक पोखरा विश्वविद्यालयका तर्फबाट अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक डा. नमराज धामीले सहभागीहरुलाई क्रमश: सहभागिताको प्रमाणपत्र र सम्झनाको चिनो प्रदान गर्नु भयो | समापन कार्क्रममा बोल्दै डा. अरुण मलिक, डा. किशन दत्त भट्ट र क्रियाकस जर्जेउले CS4ALL को कार्यशाला गोष्ठीमा सहभागी हुन् पोखरा विश्वविद्यालयमा आउन पाएकोमा खुशी व्यक्त गर्दै उत्कृष्ट कार्यक्रमको आयोजना गरेकोमा आयोजक समितिमा रहेका सम्पूर्ण शिक्षक, कर्मचारी एबम बिद्यार्थीहरुको उच्च प्रशंशा गर्दै धन्यबाद ज्ञापन गर्नु भयो | सोहि कार्यक्रममा आयोजकका तर्फबाट समापन मन्तब्य राख्दै डा. नमराज धामीले CS4ALL परियोजनाले एउटा राम्रो शुरुवात गरेको र परियोजनाका सदस्य संस्थाहरुसित जीवन्त सम्बन्ध बनाइ राख्न थप अवसरहरुको खोजि गर्दै सहकार्यको निरन्तरता गर्नु पर्नेमा जोड दिनु भयो | डा. दीपान्जल श्रेष्ठले संचालन गरेको कार्यशाला गोष्ठीको समापन कार्यक्रम आयोजक कमिटिको तर्फबाट CS4ALL परियोजनाको कार्यशाला गोष्ठी सफलता पुर्वक आयोजना एबम सम्पन गर्न प्रतक्ष अप्रक्ष सहयोग गर्नुहुने पोखरा विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार लगायतका पदाधिकारी, प्राद्यापक, कर्मचारी, विद्यार्थीहरु एबम स्थानीय सहयोगी संस्था मुक्तिनाथ बिकाश बैंक, पोखरा लाई हार्दिक धन्यबाद ज्ञापन गर्दै सुसम्पन्न भयो |    

परियोजना सम्बन्धि बिस्तृत जानकारी पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्र बाट प्राप्त गर्न सकिने छ (इमेल: [email protected]) |

साइबर सुरक्षासम्बन्धी किकअफ् एवम् योजना कार्यशाला बैठक शुरू

साइबर सुरक्षासम्बन्धी किकअफ् एवम् योजना कार्यशाला बैठक शुरू


२०८० साल मङ्सिर ५ गते मङ्गलबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा आयोजित एवम् युरोपियन इजुकेशन एण्ड कल्चर एक्ज्यूकिटिभ एजेन्सी (European Education and Culture Executive Agency (EACEA)) को आर्थिक सहयोगमा साइबर सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय परियोजनाको सामूहिक शुरूवाती बैठक (Kickoff Meeting) आज पोखरामा शुरू भयो । नेपाल लगायत भारत, इन्डोनेसिया, साइप्रस, क्रोसिया र स्पेन देशअन्तर्गतका १४ वटा संस्थाहरूका लगभग ३० जना विज्ञहरू सहभागि रहेको उक्त किकअफ् एवम् योजना कार्यशाला बैठक आउँदो मङ्सिर ८ गतेसम्म सञ्चालन हुनेछ । सबैका लागि साइबर सुरक्षा नाम दिइएको उक्त बैठकलाई पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दिपक बहादुर भण्डारीले पानसमा दिप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।

साइबर सुरक्षासम्बन्धी उक्त किकअफ् बैठकलाई सम्बोधन गर्दै रजिष्ट्रार भण्डारीले डिजिटल प्रविधिको विकास र प्रयोगले विभिन्न अवसरहरू सिर्जना गरेपनि त्यसको दुरूपयोग र अनाधिकृत पहुँचले साइबर जगतमा त्यत्तिकै जोखिम र आक्रमण बढ्दै गएको बताउनुभयो । उहाँले विज्ञान प्रविधि र आधुनिक उपकरणको बढ्दो प्रयोगले संवेदनशिल डाटा तथा सूचना चोरी÷दुरूपयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई न्यूनिकरण गर्न जनस्तरमा साइबर सुरक्षासम्बन्धी जनचेतना र अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

उक्त बैठकलाई पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. नमराज धामी, पोखरा विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. उमेशसिंह यादव, पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेशका सह–प्रा.डा.दिपाञ्जल श्रेष्ठ तथा लोकमाया तिलक जनकल्याण शिक्षण संस्था, नागपुर, भारतका डा. विवेक नानोति लगायतले विश्वव्यापी डिजिटल प्रविधिको प्रयोग र सम्बन्धित राष्ट्रको वर्तमान अवस्था, साइबर सुरक्षामा देखिएका विद्यमान दुरूपयोग र चुनौतिलाई प्रस्तुतिकरण गर्नुभएको थियो ।

रिसर्च कोल्याबोरेसन एण्ड एकेडेमिक एक्स्चेन्जसम्बन्धी समझदारी

रिसर्च कोल्याबोरेसन एण्ड एकेडेमिक एक्स्चेन्जसम्बन्धी समझदारी

२०८० साल मंसिर १ गते शुक्रबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्र पोखरा र नेपाल टेक्नोलोजि इन्नोभेसन सेन्टर काठमाडौ विश्वविद्यालय, धुलिखेलका (https://ntic.ku.edu.np/) बिच २०८० साल कार्तिक २४ गते शुक्रबार रिसर्च कोल्याबोरेसन एण्ड एकेडेमिक एक्स्चेन्जसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्र (एमओयु) मा पोखरा विश्वविद्यालयको तर्फबाट पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह प्रा.डा. नमराज धामी र नेपाल टेक्नोलोजि इन्नोभेसन सेन्टर काठमाडौ विश्वविद्यालयको तर्फबाट उक्त संस्थाका निर्देशक प्रा.डा.राजेन्द्र ज्ञवालीले हस्ताक्षर गर्नुभयो ।

उक्त कार्यक्रममा नेपाल टेक्नोलोजि इन्नोभेसन सेन्टरका निर्देशक प्रा.डा.राजेन्द्र ज्ञवालीले नेपाल टेक्नोलोजि इन्नोभेसन सेन्टरमा रहेको अत्याधुनिक सुविधायुक्त प्रयोगशालालाई सबै विश्वविद्यालयहरूसँग सहकार्य गर्दै सञ्चालनमा ल्याउन सके यसको उपादेयता र प्रभावकारीतामा उल्लेख्य बृद्धि हुने बताउनुभयो । त्यसैगरी काठमाडौ विश्वविद्यालय स्कुल अफ साइन्सका डीन प्रा.डा. जनार्दन लामिछानेले दुई विश्वविद्यालयहरूबीच भएको समझदारी संयुक्त शैक्षिक कार्यक्रमहरु सञ्चालनमा ल्याउन कोशेढुंगा सावित हुने बिचार व्यक्त गर्नुभयो ।

पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन सह प्रा.डा. अमर नागिलाले दुई संस्थाबीचको समझदारीले विद्यार्थी प्राध्यापक लगायतलाई एकआपसमा मिलेर अनुसन्धानात्मक कार्यहरू गर्न बाटो खुलेकोले यसबाट दुबै संस्था लाभान्वित हुने बताउनुभयो ।

कार्यक्रममा पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह प्रा.डा. नमराज धामीले सहकार्यमा अनुसन्धान गर्नका लागि दुईसंस्थाबीच भएको समझदारीले असल सुरुवात गरेको र यसलाई जीवन्त बनाइ राख्न संयुक्त कार्यक्रमहरु सञ्चालनमा ल्याउनु पर्नेमा जोड दिनु भयो ।

उक्त कार्यक्रममा काठमाडौ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका डीन प्रा.डा.मनिष पोखरेल, पोखरा विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक सह प्रा. डा. उमेश सिंह यादब, स्कुल अफ हेल्थ एण्ड अलाईड साइन्सेजका निर्देशक बिमला भट्ट लगायत पोखरा विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रले साइबर सेक्युरिटी सम्बन्धि अन्तर्राष्ट्रिय परियोजना संचालन गर्दै 

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रले साइबर सेक्युरिटी सम्बन्धि अन्तर्राष्ट्रिय परियोजना संचालन गर्दै 

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रले युरोपियन कमिसन अन्तर्गतको European Education and Culture Executive Agency (EACEA) को अनुदान सहयोगमा छ देशका १४ वटा संस्थाहरु सम्मिलित Cyber Security for All (CS4ALL) (सबैका लागि साइबर सेक्युरिटी) नामक अन्तर्राष्ट्रिय परियोजना संचालनमा ल्याएको छ | भारतको पन्जाब स्थित Lovely Professional University (LPU) मुख्य संयोजक रहेको उक्त परियोजनामा नेपाल बाट Pokhara University (PU), Farwestern University (FWU), Action Aid Nepal, र Dirghayu Nepal सदस्य रहेका छन् | त्यस्तै भारत बाट Gujarat University (GUJ), Lokmanya Tilak Jankalyan Shikshan Sanstha Nagpur (LTJSS), Chikitsak Samuh Bombay (PVC college), र EDULAB सदस्य छन् | त्यस्तै इन्डोनेसिया बाट IPB University र Yayasan Pendidikan Jaya (UPJ) सदस्य छन् भने साइप्रस, क्रोसिया, र स्पेन बाट क्रमश: University of Nicosia (UNIC), Visoko Uciliste Algebra (ALU), र Universitat Politecnica De Valencia (UPV) सदस्य रहेका छन् |

जुलाई ०१, २०२३ मा विधिवत संचालन मा आएको यस परियोजनाको जम्मा लागत ७९९,९९९ युरो रहेको छ भने परियोजना तीन बर्ष सम्म (जुन ३०, २०२६) चल्ने छ | उक्त परियोजनाको मुख्य उद्देश्य नेपाल, भारत, र इन्डोनेसियामा साइबर सेक्युरिटी अध्ययन सम्बन्धि कक्षाकोठा तथा उपकरण उपलब्ध गराउनु, उपयुक्त पाठ्यक्रम तयार गरी शिक्षक तथा विद्यार्थीहरुलाई तालिम प्रदान गर्नु र आमनागरिकहरुमा साइबर सेक्युरिटी सम्बन्धि चेतना अभिवृद्धि गर्नु रहेका छन् | पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रले उक्त परियोजनाको प्रथम अन्तर्राष्ट्रिय गोष्ठी एवं प्रगति समिक्षा यहि नवेम्बर २१ देखि २४ सम्म (मङ्सिर ५-८) मा आयोजना गर्न गइ रहेकोछ | उक्त कार्यक्रममा पोखरा विश्वविद्यालय लगायत बिभिन्न ६ देशका १४ संस्थाहरुका झन्डै ३० जना बिज्ञहरु सम्मिलित रहने छन् | परियोजना सम्बन्धि बिस्तृत जानकारी पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्र बाट प्राप्त गर्न सकिने छ (इमेल: [email protected]) |

पोखरा विश्वविद्यालय र एनआरईएनबीच सम्झौता

पोखरा विश्वविद्यालय र एनआरईएनबीच सम्झौता

२०८० साल असोज ६ गते शनिबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरईएन) बीच राष्ट्रिय र विश्वव्यापी अनुसन्धान र शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा नेटवर्क स्थापना गर्ने मूल उद्देश्यलाई लिएर एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्र (एमओयू) मा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल र एनआरईएनको तर्फबाट उक्त संस्थाका अध्यक्ष ई. लोचनलाल अमात्यले हस्ताक्षर गर्नुभयो ।

उक्त समझदारीपछि एनआरईएनले एसिया प्यासिफिक एडभान्स नेटवर्क, युएस एडभान्स अनुसन्धान र शिक्षा नेटवर्क, ट्रान्स–युरेसिया सूचना नेटवर्क, युरोपमा उन्नत नेटवर्क टेक्नोलोजीको डेलिभरी, एशियाली इन्टरनेट इन्टरकनेक्सन पहल, वाइड प्रोजेक्ट जापान मार्फत विश्वविद्यालयलाई उच्च गतिको अनुसन्धान र शिक्षा नेटवर्क जडान प्रदान गर्नेछ । यसले विश्वविद्यालयलाई विश्वव्यापीरूपमा विद्यार्थीहरू, अनुसन्धानकर्ताहरू र शैक्षिक संस्थाहरूबीच कम्प्यूटेसनल नेटवर्क स्थापित गर्न बाटो खुलेको छ । यसको पहुँचबाट विद्यार्थी तथा अनुसन्धानकर्ताहरूलाई उन्नत अनुसन्धान र शिक्षाको विकासलाई गति दिन आवश्यक पर्ने डाटाको विशाल मात्रा हासिल गर्न सहज हुनेछ । साथसाथै एनआरईएनमा आबद्धतापछि विश्वविद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई उनीहरूको आफ्नै बाहेक राष्ट्रिय अन्तर्राष्ट्रिय भ्रमण गर्दा ईडुरोम वाईफाई इन्टरनेट पहुँच रोमिङ सेवा प्राप्त हुनेछ ।

विश्वविद्यालयमा अनुसन्धान तथा शिक्षा नेटवर्क सञ्चालनका लागि निकट भविष्यमा एक सूचना तथा सञ्चार प्रविधि (आईसीटी) केन्द्र स्थापना गर्ने लक्ष्य विश्वविद्यालयको छ ।

एमओयू हस्ताक्षर समारोहलाई पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, एनआरईएनका अध्यक्ष ई. लोचनलाल अमात्य, पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङकायका डीन सह–प्रा.डा. अमर नागिला, विज्ञान तथा प्रविधि सङ्कायका निमित्त डीन प्रा.डा. माधव प्रसाद कोइराला, एनआरईएनका प्रा.डा. सुर्वण शाक्य, पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. नमराज धामी तथा एनआरईएनका कार्यकारी निर्देशक डा. राजन पराजुलीले सम्बोधन गर्नुभएको थियो ।

पोखरा विश्वविद्यालय २७ औं वर्षमा प्रवेश

पोखरा विश्वविद्यालय २७ औं वर्षमा प्रवेश

२०८० श्रावण १ गते, सोमबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय स्थापना भएको २६ वर्ष पुरा भई २७ औं वर्ष भएको छ । पोखरा विश्वविद्यालय ऐन २०५३ वि.सं. २०५४ साल श्रावण १ गतेदेखि जारी भई लागू भएकोले हरेक वर्ष श्रावण १ गतेलाई पोखरा विश्वविद्यालय दिवसको रूपमा मनाउँदै आइएको छ । २७ वर्षसम्म आइपुग्दा यो विश्वविद्यालय मुलुककै उच्चशिक्षाको एउटा अग्रणी र धरोहरको रूपमा स्थापित भएको छ ।

पोखरा विश्वविद्यालय स्थापना दिवसको अवरमा विश्वविद्यालयले आज विश्वविद्यालय प्राङ्गण लेखनाथमा सरसफाई तथा विश्वविद्यालयको स्थापना, विकास र विस्तारका बारेमा एक औपचारिक कार्यक्रम गरी मनाएको छ । स्थापना दिवसमा सबैले विश्वविद्यालय स्थापनाका लागि पहल गर्ने महानुभावहरूलाई सम्झि कृतज्ञता जाहेर गर्दै नमन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा विश्वविद्यालय उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले पोखरा विश्वविद्यालयलाई निजी क्षेत्रको सहभागितामा सञ्चालन गर्ने प्रावधान भएकोले नयाँ सम्बन्धन प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । पोखरा विश्वविद्यालयमा सरकारको लगानी ज्यादै न्यून रहेकोले आँफैमा धानिन सक्नेगरी आङ्गिक कलेजको विस्तार तथा नयाँ विधा र क्षेत्रहरूमा नयाँ कलेजहरूलाई सम्बन्धन दिनै पर्ने उहाँको भनाई थियो । कलेजहरूको नियमित अनुगमन गर्ने र नचलेका कार्यक्रम खारेज गर्ने, प्राज्ञिक सुधारका लागि शिक्षक, विद्यार्थीलाई अनुसन्धान र उद्यमशीलतामा प्रेरित गर्ने र कर्मचारीलाई तालिम प्रशिक्षण दिने, पाठ्यक्रमलाई परिमार्जन गर्दै जाने नीति विश्वविद्यालयको रहेको उहाँको भनाई थियो ।

पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. तीर्थ राज अर्यालले शिक्षकले अनुसन्धान र थेसिस गाईडलाई प्राथमिकतामा राखी आफ्नो योग्यता अद्यावधिक गर्दै जानुपर्ने बताउनुभयो । विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दिपक बहादुर भण्डारीले विश्वविद्यालयको आम्दानीको मुख्य श्रोत भनेको नै विद्यार्थी भएकोले नयाँ नयाँ ठाउँमा रोजगार र बजारमुखी कार्यक्रम सञ्चालन गरी विद्यार्थी भर्नादर बढाउनुपर्नेमा जोड दिनुभयो । पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन सह–प्रा.डा. अजय थापाले विश्वविद्यालय शुन्यबाट सञ्चालन भई आज स्नातक, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधितहमा कार्यक्रम सञ्चालन गरेको र ६६ वटा कलेजअन्तर्गत ६४ वटा कार्यक्रम सञ्चालन गरी ३७ हजारभन्दा बढी विद्यार्थी अध्ययरत रहेको उल्लेख गर्दै यो गर्व गर्न लायकको छ भन्नुभयो ।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायका डीन प्रा. राजेशकुमार ठगुराठीले विश्वविद्यालयलाई सबैले आफ्नो घर सम्झी कार्य गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यार्थी कलेक्सन होइन सेलेक्सनबाट लिनसक्ने गरी विश्वविद्यालय बनाउनुपर्नेमा जोड दिनुभयो । पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन सह–प्रा. डा. अमर नागिलाले पोखरा विश्वविद्यालयले उच्चशिक्षाको सर्वाङ्गिण विकासमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै यसलाई सबैले अझ बढी पढ्न लायक र काम गर्न लायक बनाउनुपर्नेमा जोड दिनुभयो । व्यवस्थापन सङ्कायका डीन सह–प्रा.डा. दयाराज ढकालले विश्वविद्यालयलाई माया होइन प्रेम गरेर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा पोखरा विश्वविद्यालका परीक्षा नियन्त्रक सह–प्रा. डा. तुल्सीराम भण्डारीले विश्वविद्यालयको लागि सबैले बस्तुनिष्ठ भएर सोच्नुपर्ने बताउनुभयो । उहाँले विश्वविद्यालयको उन्नयनमा सकिन्छ काम गर्ने हो, सकिदैन चुप लागेर बस्ने हो भन्दै यसलाई हामीले नबनाए कसले बनाउँछ र यसको साख हामीले नबचाए कसले बचाउँछ भन्नुभयो । पोखरा विश्वविद्यालयका कार्यकारी परिषद्का सदस्य उप–प्राध्यापक योगराज लामिछानेले विश्वविद्यालयको विकृति र विसंगतिका हिस्सेदारी हामी सबै हौ भन्दै विधि र पद्धतिमा विश्वविद्यालय सञ्चालन गर्न सबैले पहल र प्रतिबद्धता गर्नुपर्ने बताउनुभयो । उहाँले एकदिनमा धेरैपटक बैठक बसेपनि आफूले एउटा बैठकको मात्र भत्ता लिने प्रतिबद्धता जाहेर गर्नुभयो ।

पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखा प्रमुख प्रा.डा. दिपकराज पौडेलले विश्वविद्यालयलाई कसैले कमजोर बनाउन नहुने उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयको छत्रछायाँमा शिक्षक तथा कर्मचारीले धेरै अवसर प्राप्त गरेकाले यसका उपलब्धीलाई सबैले सकारात्मक भएर सोच्नुपर्ने बताउनुभयो । पोखरा विश्वविद्यालय प्राध्यापक संघका सभापति सह–प्रा.डा. निरञ्जन श्रेष्ठले विश्वविद्यालयमा प्रायःजसो हुने बन्द हडतालले विश्वविद्यालय जर्जर बनेको उल्लेख गर्दै यस्तो संस्कृति सँधैका लागि अन्त्य गर्न भौतिक एवम् शैक्षिक पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीका लागि कक्षा कोठा, खेल्ने ठाउँ, पाठ्यसामाग्री, चमेनागृह, सभाहल आदिको व्यवस्थापनका साथै शिक्षक कर्मचारीको लागि सेवा आयोगको विज्ञापनमा विशेष जोड दिनुपर्ने बताउनुभयो ।

पोखरा विश्वविद्यालय सभाका सदस्य रामबाबु भण्डारीले पोखरा विश्वविद्यालय सञ्चालनमा धेरै चुनौति र अवसर दुबै रहेको उल्लेख गर्दै यसको उन्नति र प्रगतिमा सबै एकजुट भएर तन, मन र कर्मका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । पोखरा विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. पूर्णबहादुर खाँडले पोखरा विश्वविद्यालय अझै पूर्ण आकारमा आइनसकेको उल्लेख गर्दै यसको विकास र विस्तारमा सबैले आत्म समिक्षा गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेशका स्कूल निर्देशक सह–प्रा.डा. श्रृजन ज्ञवालीले पोखरा विश्वविद्यालयको सञ्चालनमा सबैको उत्तिकै समान महत्व रहेको उल्लेख गर्दै सबैले कर्तव्यनिष्ठ भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । पोखरा विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष सहायक प्रशासक चोलाकान्त च्वाँईले विश्वविद्यालय आफ्नो उद्देश्य अनुरूप चल्नुपर्ने उल्लेख गर्दै अनावश्यक कुरामा खातिरदारी लिई फाइदा लिने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

पोखरा विश्वविद्यालयको २७ औं स्थापना दिवसको कार्यक्रममा विभिन्न निकायका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन उप–प्रशासक शिवराज पण्डितले गर्नुभएको थियो ।

१ अर्ब ४६ करोडको बजेट पारित गर्दै पोखरा विश्वविद्यालयको २३ औं सभा सम्पन्न

१ अर्ब ४६ करोडको बजेट पारित गर्दै पोखरा विश्वविद्यालयको २३ औं सभा सम्पन्न

२०८० साल असार २१ गते बिहीबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयको २३ औं सभाको बैठक सम्माननीय प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटार, काठमाडौंमा बसी सम्पन्न भएको छ । बैठकमा माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् पोखरा विश्वविद्यालयका सह–कुलपति अशोक कुमार राईको उपस्थिति रहेको थियो ।

सभाले विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम एवम् रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०÷०८१ का लागि प्रस्तुत रू. १ अर्ब ४६ करोड २२ लाख ७७ हजारको बजेट पारित गरेको छ ।

पारित बजेटमा पूँजीगत खर्चतर्फ ५० करोड ६० लाख ३४ हजार र साधारण तर्फ जम्मा रू. ९५ करोड ६२ लाख ४३ हजार रहेको छ ।

सभाको बैठकलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा क्षेत्रमा धेरै विकृति र विसंगती मौलाउँदै गएको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले शिक्षा क्षेत्रमा गर्नुपर्ने कुरा धेरै भएको र शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीको विदेश मोहलाई रोक्न सरकार गम्भिर छ भन्नुभयो । उहाँले शिक्षालाई सकारात्म ढंगले सम्बोधन गर्दै कार्यान्वयनमा प्रतिफल देखिने गरी कार्य गर्न सरकारले छिट्टै संघीय शिक्षा ऐन लागू गर्न लागेको जानकारी दिनुभयो ।

माननीय शिक्षामन्त्री अशोक कुमार राईले विश्वविद्यालयले अगाडि सारेका नीति तथा कार्यक्रमहरूलाई एकताबद्ध भएर कार्यान्वयन गर्न सम्बद्ध पक्ष जिम्मेवार र प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । उहाँले उच्चशिक्षामा सामना गर्नुपर्ने चुनौति धेरै भएको उल्लेख गर्दै बहुमतलाई कदर गरेर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले पोखरा विश्वविद्यालयले २६ वर्षको अन्तरालमा एउटा विशिष्टकृत पहिचान र उचाई लिएको उल्लेख गर्दै यसको गौरव र गाथालाई अक्षुण्ण राख्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले राष्टियस्तरमा देखा परिरहेको विद्यार्थी पलायन रोक्न र विश्वविद्यालयहरूमा घट्दै गएको विद्यार्थी भर्नादरलाई बढाउन सरकार र सम्बद्ध सबै पक्ष गम्भिर भएर लाग्नुपर्नेमा समेत जोड दिनुभयो ।

 

पोखरा विश्वविद्यालय र महर्षि इन्टरनेशनल युनिभर्सिटीबीच सम्झौता

पोखरा विश्वविद्यालय र महर्षि इन्टरनेशनल युनिभर्सिटीबीच सम्झौता

२०८० जेठ २८ गते आइतबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय र महर्षि इन्टरनेशनल युनिभर्सिटी, फेयरफिल्ड, आयोवा, अमेरिकाबीच व्यक्तिगत रूपान्तरण र वैदिक दर्शन लगायत चेतनामा आधारित शिक्षाका सम्बन्धमा एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

पोखरा विश्वविद्यालयको सभाहल, पोखरा–३०, कास्कीमा आयोजित उक्त सझदारीपत्र हस्ताक्षर कार्यक्रममा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल र महर्षि इन्टरनेशनल युनिभर्सिटीका प्रेसिडेन्ट डा.जोन हेगेलिनले हस्ताक्षर गर्नुभयो ।

दुई विश्वविद्यालयबीचको सम्झौताले आधारभूत चेतना र शिक्षा र मानव जीवनमा व्याप्त युगौं पुराना समस्या समाधान गर्न सक्रिय रूपमा नयाँ प्रविधिहरू खोज्दै र यी प्रविधिहरूलाई नेपालका युवाहरूमाझ पु¥याउन सहयोग पुग्ने विश्वास लिइएको छ । चेतनामा आधारित शिक्षाले आत्म–ज्ञानको अनुभूति दिलाउने र यसले सिकाई धेरै सन्तोषजनक, सान्दर्भिक र रोमाञ्चक तुल्याउने हुँदा विद्यार्थीको भित्रि प्रतिभालाई उजागर गर्न मद्दत पुग्नेछ ।

समझदारीपछि दुबै संस्थाले शैक्षिक गतिविधिलाई मिलेर काम गरी समुदायलाई शिक्षण, अनुसन्धान र सेवामा सहयोग प्रवर्धन गर्नेछन् । जसका लागि सहकारी अनुसन्धान र शिक्षण मार्फत विद्यालय शिक्षा प्रबर्धन गर्न कार्यक्रमहरू÷परियोजनाहरू विकास गर्ने, शैक्षिक सहयोग प्रबर्धन गर्न गतिविधिहरू विकास गर्ने, शिक्षक, कर्मचारी, विद्यार्थी र बृहत समुदायका लागि संयुक्त कार्यशाला र सम्मेलन/प्रशिक्षण अवसरहरू आयोजना गर्ने, शिक्षक, विद्यार्थी र कर्मचारी आदानप्रदान कार्यक्रमहरू र विश्वविद्यालयहरूबीच संयुक्त प्रशिक्षण कार्यक्रमहरूको लागि अन्वेषण र कार्य गरिनेछ ।

कार्यक्रमलाई पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल र रजिष्ट्रार प्रा.डा. दिपक बहादुर भण्डारी, नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष डा. दीपकप्रकाश बाँस्कोटा, महर्षि इन्टरनेशन युनिभर्सिटीका ग्लोबल एक्सपान्सन निर्देशक डा. किंग्सले ब्रुक्स र डा. चिन्तामणि योगिले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम पोखरा विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका निर्देशक डा. उमेशसिंह यादवले सञ्चालन गर्नुभएको थियो ।

विश्व वातावरण दिवसको अवसरमा सरसफाई र वृक्षारोपण

विश्व वातावरण दिवसको अवसरमा सरसफाई र वृक्षारोपण


२०८० जेठ २२ गते सोमबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय स्कूल अफ ईञ्जिनियरिङ्ले प्राज्ञिक भवन कम्प्लेक्सको हाताभित्र सरसफाई अभियान र वृक्षारोपण गरी विश्व वातावरण दिवस मनाएको छ । कार्यक्रमले विश्वविद्यालय परिसरमा हरियाली पुनस्र्थापना एवम् प्रवर्धन गरी स्वच्छ वातावरण कायम गर्ने र प्रकृतिप्रति उत्तरदायित्वको भावना जगाउने महत्वमा जोड दिएको थियो । सरसफाई अभियान र वृक्षारोपण गरी विश्वविद्यालय समुदायले वातावरण संरक्षण र दिगो भविश्य निर्माण गर्न आफ्नो प्रतिबद्धता देखाएको छ ।

कार्यक्रममा पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायका डीन प्रा. राजेश कुमार ठगुराठी, स्कूल अफ ईञ्जिनियरिङका स्कूल निर्देशक ओमप्रकाश गिरी लगायत शिक्षक, कर्मचारी र विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको आयोजना र सफल कार्यान्वयनमा विश्वविद्यालय भित्रका विभिन्न विद्यार्थी क्लब र समाजबाट महत्वपूर्ण सहयोग प्राप्त भएको थियो ।

पोखरा विश्वविद्यालयमा Easter School (Students’ Meet) सम्पन्न

पोखरा विश्वविद्यालयमा Easter School (Students’ Meet) सम्पन्न

European Union को Erasmus+ program अन्तर्गत रहेको Bhutan+Nepal Higher Education for Accomplishing the Sustainable Development Goals (B+NESDG) परियोजनामा आबद्ध ७ वटा साझेदार शैक्षिक संस्थाका (Pokhara University, Kathmandu University, Far Western University, Nepal Engineering College, Sagarmatha Engineering College, Royal University of Bhutan, Bhutan; र Riga Technical University, Latvia) का ४७ जना विद्यार्थीहरुकालागि मिति २०८०।१।१८ देखि २०८०।१।२२ सम्म पोखरा विश्वविद्यालयमा Easter School संचालन गरिएको थियो ।

उक्त कार्यक्रममा विद्यार्थीहरुलाई Sustainable Development Goal का विविध आयामहरुमा प्रशिक्षण प्रदान गरिनुकासाथै स्थलगत अवलोकन पनि गराइएको थियो ।

विश्व बैङ्क समूहको आउटरिच कार्यक्रम सम्पन्न

विश्व बैङ्क समूहको आउटरिच कार्यक्रम सम्पन्न

 

२०८० वैशाख २८ गते बिहीबार, पोखरा, कास्की ।
विश्व बैंकले पोखरा विश्वविद्यालय र एकिकृत विकास अध्ययन संस्था (आईआईडिएस) सँगको सहकार्यमा आज एक समारोहबीच आउटरिच कार्यक्रम सञ्चालन ग¥यो । विश्व बैंकले गण्डकी प्रदेशमा स्थानीय विकासमा देखिएका चुनौती र अवसरहरूको जानकारीका लागि प्रदेश र स्थानीय तहका प्रमुख सरोकारवालाहरूसँग परामर्श, छलफल र सम्वाद गर्ने प्रमुख उद्देश्यले यस प्रकारको उच्चस्तरीय प्रादेशिक छलफलको आयोजना गरेको हो । छलफल विश्व बैंकको विश्लेषणात्मक प्रतिवेदनहरू, जसमा नेपाल विकास अपडेट अप्रिल २०२३ र सेप्टेम्बर २०२२ मा शुरू गरिएको राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदनमाथि विश्लेषणात्मक अध्ययनहरूमा पहिचान गरिएका मुद्दाहरूमा स्थानीय अधिकारीहरू र समुदायहरूसँग छलफल गर्ने र भविष्यको मार्गदिशा पहिचान गर्ने विषयमा केन्द्रीत थियो ।

छलफलमा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, विश्व बैंक नेपालका वरिष्ठ अर्थशास्त्री सूश्री एलिस जोन ब्रुक्स, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थ, विश्व बैंकका अर्थशास्त्री श्री नयन कृष्ण जोशी, आर्थिक नीति केन्द्र, एकिकृत विकास अध्यन संस्थान (आईआईडिएस) का कार्यकारी निर्देशक डा. विश्वास गौचन तथा विश्व बैंकका परामर्शदाता श्री वसन्त पौडेलले कार्यक्रमको औचित्य र महत्वका बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी तथा विद्यार्थीहरू, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका पदाधिकारीहरूसहितको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन अन्तर्राष्टिय सम्बन्ध केन्द्र पोखरा विश्वविद्यालयका कार्यकारी निर्देशक डा.उमेशसिंह यादवले गर्नुभएको थियो ।

बैशाखमा आकस्मिक सेवा सुचारू गर्दै पोखरा विश्वविद्यालय शिक्षण अस्पताल

बैशाखमा आकस्मिक सेवा सुचारू गर्दै पोखरा विश्वविद्यालय शिक्षण अस्पताल


२०७९ चैत्र ८ गते बुधबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयले शिक्षण अस्पताललाई पूर्ण रूपमा सञ्चालन गर्ने तयारी गरेको छ । २०७९ भदौ २२ गतेदेखि ओपिडि सञ्चालन गर्दै आएकोमा आउँदो २०८० बैशाखको पहिलो हप्तादेखि आकस्मिक सेवा सञ्चालन गर्ने तयारीमा विश्वविद्यालय रहेको छ।

पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन डा. अमर नागिलाले शिक्षण अस्पताल सञ्चालनको सम्पूर्ण प्रक्रियाहरू अन्तिम चरणमा रहेको उल्लेख गर्नुभयो । उहाँले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका सचिवको संयोजकत्वमा गठित वातावरणीय अध्ययन प्रतिवेदन जाँचबुझसम्बन्धी प्राविधिक समितिलाई विश्वविद्यालयले शिक्षण अस्पतालको वातावरणीय परिक्षण प्रतिवेदन प्रस्तुत गरिसकेको र मन्त्रालयले त्यसको चाँडै टुङ्गो लगाउने बताउनुभयो । “मन्त्रालयले काम गर्दै गर्नुस् भनेको छ, तर सञ्चालन अनुमतिपत्र पाएपछि १०० शैयाको अस्पतालको रूपमा हामी पूर्ण रूपमा सर्भिस दिन्छौं”–डीन नागिलाले भन्नुभयो । पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक डा.दिपेन्द्र कुमार यादवले अस्पताल सञ्चालनका लागि जनशक्ति व्यवस्थापन भइसकेको र आवश्यक फर्निचर तथा उपकरणहरूको यथेष्ट व्यवस्थापन गरी वैशाखको पहिलो हप्तादेखि आकस्मिक सेवा सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । विश्वविद्यालयका ईञ्जिनियर सुदिप अधिकारीले अस्पतालको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेकोले रंगरोगनको अन्तिम कार्य हुँदै गरेको बताउनुभयो ।

पोखरा विश्वविद्यालय शिक्षण अस्पताल पोखरा–३०, खुदी, ढुंगेपाटनमा अवस्थित पोखरा विश्वविद्यालय प्राज्ञिक भवन कम्प्लेक्सको पूर्वपट्टि रहेको ११ रोपनी ३ आना (६०,४५० वर्गफिट) जग्गामा निर्माण भएको छ ।

अस्पतालको मुख्य भवनमा प्याथोलोजी ल्याब–१ वटा, रेडियोलोजी ल्याब–१ वटा, ओपिडि कक्ष–५ वटा, आकस्मिक कक्ष–१ वटा र जनरल वार्ड–१ वटा, माइनर ओ.टि. कक्ष– १ वटा र फार्मेसी–१ वटा रहने छ । त्यसैगरी पहिलो तलामा जनरल वार्ड–३ वटा, आई.सि.यू. कक्ष – १ वटा, माइनर ओ.टि.–१ वटा, मेजर ओ.टि.– २ वटा, प्रि अप कक्ष– १ वटा, पोष्ट अप कक्ष– १ वटा र सिंगल बेड क्याबिन २ वटा रहने छन् । अस्पतालको ट्रष्ट ब्लक १ मा निर्देशक कक्ष, प्रशासन शाखा, लेखा शाखा, म्याट्रोन कक्ष र प्राविधिक शाखा रहने छन् भने उक्त ब्लकमा जनरल वार्ड २ वटा, सिंगल बेड क्याबिन ५ वटा, फिजियोथेरापी कक्ष, मर्मत सम्भार कक्ष, लन्ड्री र क्यान्टिन रहने छ । त्यसैगरी अस्पतालको ट्रष्ट ब्लक २ मा बहुउद्देश्यीय हल, ईलेक्ट्रिक कोठा र फोहोर व्यवस्थापन कोठा रहने छ।
अस्पतालमा तलमाथि सहज पहुँच र ओसार पसारका लागि Ramp को व्यवस्थाका साथै अशक्त व्यक्तिहरूको लागि यथेष्ट ट्वाईलेट बाथरूमको व्यवस्था गरिएको छ । शिक्षण अस्पतालमा सर्वसाधारण प्रवेशका लागि एउटा गेट र सवारी साधन आउन जानका लागि दुईवटा गेटको व्यवस्था गरिएको छ भने प्रत्येक गेटमा गार्ड हाउसको व्यवस्था गरिएको छ । अस्पताल परिसरमा सडक बत्ति, खुला स्थान र यथेष्ट पार्किङ्गको व्यवस्थाका साथै हरियाली तुल्याउन अस्पताल वरिपरि वृक्षारोपन गरिएको छ ।

अस्पताल परिसरका तस्विरहरूः

No Images found.

 

 

पोखरा विश्वविद्यालयको १८ औं दीक्षान्त समारोह सम्पन्न, कुल ६,९९९ जना विद्यार्थी दीक्षित

पोखरा विश्वविद्यालयको १८ औं दीक्षान्त समारोह सम्पन्न, कुल ६,९९९ जना विद्यार्थी दीक्षित

२०७९ साल फागुन ८ गते सोमबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयको १८ औं दीक्षान्त समारोह सम्पन्न भएको छ । सम्माननीय प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पोखरा विश्वविद्यालय प्राङ्गण लेखनाथमा आयोजित १८ औं दीक्षान्तमा समारोह सम्पन्न भएको हो ।

पोखरा विश्वविद्यालयको १८ औं दीक्षान्तको विशेष समारोहमा विभिन्न शैक्षिक कार्यक्रममा तह पार गरी २०७९ माघ २० गतेसम्म ट्रान्स्क्रिष्ट लिएका कुल ६,९९९ जना विद्यार्थीहरूलाई दीक्षित गरिएको थियो । दीक्षित विद्यार्थीमध्ये मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत एमफिल तहमा ३५ जना, स्नातकोत्तरतहमा ५१ र स्नातकतहमा ३५ जना गरी कुल १२१ जना विद्यार्थी छन् । त्यसै गरी व्यवस्थापन सङ्कायअन्तर्गत विद्यावारिधितहमा १ जना, स्नातकोत्तरतहमा ९५२ र स्नातकतहमा ३,२६४ जना गरी कुल ४,२१७ जना छन् । त्यस्तै विज्ञान तथा प्रविधि सङ्कायतर्फ स्नातकोत्तरतहमा २८२ र स्नातकतहमा १,५७२ जना गरी कुल १,८५४ जना छन् । दीक्षित विद्यार्थीमा स्वास्थ्य विज्ञान सङ्कायअन्तर्गत स्नातकोत्तरतहमा ७० जना, स्नातकतहमा ७३७ जना गरी कुल ८०७ जना छन् ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कास्की जिल्ला शिक्षा, स्वास्थ्य, पर्यटन र साहसिक खेलको धेरै सम्भावना बोकेको जिल्ला भएकोले अरू विश्वविद्यालयको तुलनामा शैक्षिक पर्यटन र स्वास्थ्य पर्यटनको विकासमा महत्वपूर्ण योगदान दिन सक्ने बताउनुभयो । प्रधानमन्त्रीले पोखरा विश्वविद्यालयले राष्टिय शिक्षा नीति २०७६ मा उल्लेख भएका उद्देश्य अनुरूप ज्ञानमा आधारित समाज र अर्थतन्त्र निर्माणका लागि उच्च शिक्षाको पहुँच र गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यार्थी संख्याका दृष्टिले पोखरा विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयपछिको दोस्रो ठूलो विश्वविद्यालय भएको र दक्ष जनशक्ति उत्पादनका दृष्टिले पनि यसको स्थान अब्बल रहेको उल्लेख गर्नुभयो । उहाँले पोखरा विश्वविद्यालयले वर्षेनी सीमान्तकृत, पिछडिएका विपन्न परिवारका सयौंको संख्यामा विद्यार्थीहरूलाई निःशुल्क छात्रृत्ति दिनु सामान्य विषय होइन भन्नुभयो।

सम्माननीय प्रधानमन्त्री दाहालले वर्तमान सरकार नेपालको संविधानले व्यवस्था गरेबमोजिम निःशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न संघीय शिक्षा ऐनको अन्तिम तयारी गरिरहेको जानकारी दिनुभयो । प्रधामन्त्रीले संघीय शिक्षा ऐनमार्फत शिक्षा क्षेत्रका नीतिगत, संरचनागत र कार्यगत चुनौती एवम् समस्यालाई सम्बोधन हुनेमा आफू आशावादी रहेको उल्लेख गर्नुभयो ।

सम्माननीय प्रधानमन्त्री दाहालले विद्यार्थीले मुलुकको सर्वाङ्गीण विकासका लागि आफूले आर्जन गरेको ज्ञान र सीपलाई पूर्ण सदुपयोग गरी विश्वबजारमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्दै पोखरा विश्वविद्यालय लगायत मुलुककै प्रतिष्ठा उँचो राख्नुपर्ने बताउनुभयो । यसका साथै विभिन्न कारणले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमले स्वदेशमै बस्नसक्ने वातावरण निर्माण गर्न एवम् भूकम्प, कोभिड, रसिया–युक्रेन युद्ध लगायतले नेपालको अर्थतन्त्रमा देखा परेको बाछिटाहरूलाई न्यूनिकरण गर्न तथा वातावरणीय र जलवायु परिवर्तनका कारण भविष्यमा आउनसक्ने संकटबाट मुलुकलाई जोगाउने महत्वपूर्ण अभिभारा समेत विद्यार्थी कै काँधमा रहेको उहाँले उल्लेख गर्नुभयो ।

विश्वविद्यालयको १८ औं दीक्षान्तलाई सम्बोधन गर्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले विद्यार्थीहरूले आफूले आर्जन गरेको ज्ञान र सीप देशको चौतर्फी विकास र आफ्नो सुन्दर र फलिभूत भविष्य निर्माण गर्न सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यार्थीहरू राष्ट्रका गहना र अमूल्य रत्न भएकोले निर्वाध रूपले स्वत–स्फूर्त रूपमा राष्ट्र निर्माण र परिवर्तनको संवाहक भई अगाडि बढुनुपर्ने बताउनुभयो । उपकुलपतिले पोखरा विश्वविद्यालयले प्रस्तुत गरेका नीति तथा कार्यक्रमहरू परिवर्तनमुखी, बहुआयामिक र समयसापेक्ष रहेकोले मुलुकको सर्वाङ्गीण विकासका लागि आवश्यक पर्ने विविध ज्ञान र सीपयुक्त दक्ष जनशक्तिको आपूर्तिलाई यसले सहज तुल्याईदिएको उल्लेख गर्नुभयो ।

उपकुलपति अर्यालले मुलुकको शैक्षिक उन्नयनमा पोखरा विश्वविद्यालयले गरेको योगदानले सरकारले लिएको उच्चशिक्षासम्बन्धी नीति र अवधारणालाई महत्वपूर्ण टेवा मिलेको बताउनुभयो । सो अवसरमा उपकुलपतिले पोखरा विश्वविद्यालयमा सञ्चालित प्यारामेडिकल विषयहरू सञ्चालन एवम् गण्डकी प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा प्रदान गर्ने तथा वैज्ञानिक स्वास्थ्य अनुसन्धान गर्ने कार्यमा पोखरा विश्वविद्यालय अस्पतला उत्कृष्ट केन्द्रको रूपमा विकसित हुने बताउनुभयो ।

दीक्षान्त समारोहका प्रमुख अतिथि नोएडा अन्तर्राष्टिय विश्वविद्यालय, भारतका उपकुलपति प्रा.डा. उमा भारद्वाजले पोखरा विश्वविद्यालयको १८ औं दीक्षान्त समारोहमा प्रमुख अतिथिको रूपमा दीक्षित विद्यार्थीहरूलाई सम्बोधन गर्न पाउनु आफ्नो लागि गौरवको कुरा भएको उल्लेख गर्नुभयो । दीक्षान्त समारोहमा डिग्री प्राप्त गर्ने विद्यार्थीहरूलाई बधाई दिँदै उपकुलपति भारद्वाजले एउटा कुशल जनशक्ति हुन महान मानव हुनुपर्छ भन्दै यसको लागि पोखरा विश्वविद्यालयले उनीहरूको जीवनको भव्यताको यस क्षणलाई सदुपयोग गर्न र जीवनमा आइपर्ने चुनौतिहरूलाई सामना गर्न सक्षम तुल्याएको उल्लेख गर्नुभयो ।

उपकुलपति भारद्वाजले घनिष्ट छिमेकी भएको नाताले नेपाल र भारतले खुला सिमाना र गहिरो सम्बन्ध भएका मानिस–जनता–जनता–जनताबीचको सम्बन्ध र संस्कृतिको विशेषता भएको मित्रता र सहयोगको अनुपम सम्बन्धलाई साझा गरेको उल्लेख गर्नुभयो । उहाँले भारतीय संस्कृति नेपाली समाजका सबै तहमा लोकप्रिय रहेकोले सांस्कृतिक आदानप्रदान कार्यक्रमको एक हिस्साको रूपमा धेरै प्रतिष्ठित कलाकारहरू र समूहले नेपालको पशुपतिनाथ मन्दिर परिसर र काठमाडौंका रहेका संरक्षित स्मारकहरूको भ्रमण गरेको उल्लेख गर्नुभयो ।

उपकुलपति भारद्वाजले भारतको मानव संशाधन विकास मन्त्रालयले राखेको तथ्यांकअनुसार विदेशी विद्यार्थीमध्ये भारतमा नेपाली विद्यार्थीको संख्या सबैभन्दा बढी रहेको र नेपाली विद्यार्थीबाट वर्षेनी शैक्षिक शुल्कका रूपमा उठ्ने अर्बौ रूपैयाँले भारतको अर्थतन्त्र धनी बन्दै गएको समेत बताउनुभयो ।

१८ औं दीक्षान्तमा विभिन्न विधाका ५७२ जना विद्यार्थी डीन लिष्टमा पर्न सफल भए । जसमध्ये व्यवस्थापन सङ्कायको स्नातकोत्तरतहमा १५२ जना र स्नातकतहमा २१९ जना गरी कुल ३७१ जना, स्वास्थ्य विज्ञान सङ्कायको स्नातकोत्तरतहमा २ जना र स्नातकतहमा ५३ जना गरी कुल ५५ जना, विज्ञान तथा प्रविधि सङ्कायको स्नातकोत्तरतहमा ३३ जना र स्नातकतहमा ९८ जना गरी कुल १३१ जना एवम् मानविकी तथा सामाजिकशास्त्र सङ्कायको एमफिलतहमा ६ जना, स्नातकोत्तरतहमा ७ जना स्नातकतहमा २ जना गरी कुल १५ जना विद्यार्थी छन् ।

१८ औं दीक्षान्त समारोहमा स्नातकतह कम्प्यूटर एप्लिकेशन कार्यक्रममा विशिष्ट श्रेणीमा सबैभन्दा उच्च अङ्क प्राप्त गर्ने अनिश लिम्बु (सिजिपिए ३.९६) लाई २०७९ सालको OCEM GOLD MEDAL, आङ्गिक महाविद्यालयबाट व्यवसाय प्रशासन तथा स्नातकोत्तरतहमा विशिष्ट श्रेणीमा सबैभन्दा उच्च अङ्ग प्राप्त गर्ने सम्झना तिवारी (सिजिपिए ३.९९) लाई २०७९ सालको लक्ष्मी विद्यापदकबाट विभूषित गरियो ।

त्यसैगरी स्नातकतहमा नर्सिङ कार्यक्रममा विशिष्ट श्रेणीमा सबैभन्दा उच्च अङ्क प्राप्त गर्ने बिनु भट्टराई (९०.८१ प्रतिशत) लाई २०७९ सालको उपकुलपति पदकबाट विभूषित गरियो ।

साथै स्नातकोत्तरतहमा विशिष्ट श्रेणीमा सबैभन्दा बढी उच्च अङ्कप्राप्त गर्ने ११ जना विद्यार्थीलाई कुलपति पदकबाट विभूषित गरियो, जसमा कम्प्यूटर ईञ्जिनियरिङमा सिमान्त कसजु (सिजिपिए ४.००), ट्रान्सपोर्टेसन ईञ्जिनियरिङ एण्ड म्यानेजमेन्टमा अमित कुमार शर्मा (सिजिपिए ४.००), व्यवसाय प्रशासनमा अश्विना गिरी (सिजिपिए ४.००), व्यवसाय प्रशासनमा निमश शाक्य (सिजिपिए ४.००), व्यवसाय प्रशासनमा रूपेश अर्याल (सिजिपिए ४.००), व्यवसाय प्रशासन (वित्त) मा अविरल सुवेदी (सिजिपिए ४.००), व्यवसाय प्रशासन (वित्त) मा एलिता श्रेष्ठ (सिजिपिए ४.००), व्यवसाय प्रशासन (वित्त) मा आशिष कर्ण (सिजिपिए ४.००), व्यवसाय प्रशासन (वित्त) मा संजोग उप्रेती (सिजिपिए ४.००), व्यवसाय प्रशासन (वित्त) मा शुशिल पंज्ञानी (सिजिपिए ४.००) र मानविकी तथा सामाजिक शास्त्र सङ्काय अङ्ग्रेजी विषयमा उर्जा कार्की श्रेष्ठ (सिजिपिए ४.००) छन् ।

यस्तै डक्टर अफ फिलोसोफी इन म्यानेजमेन्टमा दिपमाला श्रेष्ठलाई कुलपति पदक (विद्यावारिधि) बाट विभूषित गरियो ।

अठारौं दीक्षान्त समारोहका केही तस्विरहरूः

 

 

 

 

 

 

पोखरा विश्वविद्यालय र एनएमबि बैंकबीच सम्झौता

पोखरा विश्वविद्यालय र एनएमबि बैंकबीच सम्झौता

२०७९ साल पौष १८ गते सोमबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय र एनएमबि बैंक लिमिटेडबीच विश्वविद्यालयको आन्तरिक एवम् बाह्य विविध भुक्तानीहरूलाई बिद्युतीय अर्थात अनलाइन विधिबाट भुक्तानी गर्न सहज तुल्याउने मूल उद्देश्यलाई लिएर एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्र (एमओयू) मा पोखरा विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारी र एनएमबि बैंकको तर्फबाट उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सि. ले हस्ताक्षर गर्नुभयो ।

एमओयू हस्ताक्षर समारोहमा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, विश्वविद्यालयका विभिन्न पदाधिकारीहरू तथा एनएमबि बैंक लिमिटेडका विभिन्न पदाधिकारीहरू उपस्थित हुनुहुन्थ्यो ।

उक्त समझदारी पछि बैंकले पोखरा विश्वविद्यालयका विभिन्न निकाय र त्यसमा आबद्ध पदाधिकारी, शिक्षक, कर्मचारी लगायत विश्वविद्यालयका विद्यार्थी एवम् कलेजहरूबाट रकम सङ्कलन वा भुक्तानी गर्नेछ भने पोखरा विश्वविद्यालयका विभिन्न निकाय र त्यसमा आबद्ध पदाधिकारी, शिक्षक, कर्मचारी लगायत विश्वविद्यालयका विद्यार्थी एवम् कलेजहरूले विश्वविद्यालयको वेबसाइट, मोबाइल बैंकिङ्ग एप्लिकेशन, कर्पोरेट नेट बैकिङ एप्लिेकेशन, कर्पोरेट नेट बैकिङ वा एनएमबि बैंकको स्वामित्वमा रहेका अन्य सम्बन्धित एप्लिकेशनहरू मार्फत पोखरा विश्वविद्यालयमा भुक्तानी गर्न सक्षम हुनेछन् । पोखरा विश्वविद्यालयले कोष व्यवस्थापनको प्रयोजनका लागि एनएमबि बैंकमा खाता राख्नुपर्नेछ ।

सम्झौता कार्यान्वयन पश्चात अनलाइन बिल भुक्तानी, तलब पोस्टिङ र बिक्रेता भुक्तानी स्वीकार गर्न, पोखरा विश्वविद्यालयको सरोकारले वेबसाइट वा एप्लिेकेशन, मोबाइल बैंकिङ, कर्पोरेट भुक्तानी, पोखरा विश्वविद्यालयद्वारा मान्यताप्राप्त कर्पोरेट नेट बैंकिङ प्रयोग गर्नुपर्नेछ । पोखरा विश्वविद्यालयले एनएमबी बैंकद्वारा समर्थित विभिन्न नेटवर्कहरूमा एकीकृत गर्न एपिआई विवरणहरू खुलाउन वा एकिकृत गर्न बैंकलाई अधिकार प्रदान गर्नेछ । बैंकले डिजिटल भुक्तानी स्वीकार गर्न सहज बनाउने उद्देश्यले बैंकलाई लाग्ने नियमित शुल्क र शुल्क बाहेक अन्य कुनै शुल्क लिने छैन ।

एमओयू समारोहलाई पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, रजिष्ट्रार प्रा. डा. दिपक बहादुर भण्डारी, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी., बैंकका उपप्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय, बैंकका गण्डकी प्रदेश प्रमुख दुर्गाराम पुरी एवम् बैंकका खुद्रा बैंकिङ प्रमुख रोशन रेग्मीले सम्बोधन गर्नुभएको थियो । एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटिएमहरू, ९ एक्सटेन्सन काउण्टरहरू मार्फत सेवा प्रदान गर्दै आएको छ ।

कार्यक्रमका अन्य तस्विरहरूः

 

 

 

 

 

स्वास्थ्य अनुसन्धान पद्धतिसम्बन्धी तालिम कार्यशाला

स्वास्थ्य अनुसन्धान पद्धतिसम्बन्धी तालिम कार्यशाला

२०७९ साल पौष २१ गते बिहीबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायको आयोजना र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा ३ दिने स्वास्थ्य अनुसन्धान पद्धतिसम्बन्धी तालिम कार्यशाला पोखरामा शुरू भयो । उक्त तालिम कार्यशालाको उद्देश्य स्वास्थ्य प्रणाली अनुसन्धान प्रस्ताव विकासमा स्वास्थ्यकर्मीहरूको ज्ञान तथा सिप वृद्धि गरी उनीहरूलाई स्वास्थ्य अनुसन्धान प्रक्रियाहरूको बारेमा परिचित गराउनु रहेको छ ।

उक्त तालिम कार्यशालालाई प्रमुख अतिथि एवम् पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले पानसमा दियो बाली उद्घाटन गर्नुभयो । तालिम कार्यशालालाई सम्बोधन गर्दै उपकुलपति अर्यालले अनुसन्धानमा आधारित शिक्षा नभएकै कारण शिक्षाको गुणस्तर खस्केको बताउनुभयो । उहाँले अनुसन्धानले नयाँ सोच, ज्ञान र परिवर्तनको विकास गर्ने उल्लेख गर्दै लेखेर घोकेर, अनुकरण गरेर हासिल हुने शिक्षाले समाज परिवर्तन गर्न नसक्ने बताउनुभयो । उपकुलपतिले प्राज्ञिक उन्नयन र व्यक्तित्व विकासका लागि विश्वविद्यालय शिक्षा रचनात्मक र अनुसन्धानमुखी हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पोखरा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारीले शिक्षक राष्ट्रको प्रबुद्ध वर्गमा पर्ने उल्लेख गर्दै पढने पढाउने मात्र होइन शिक्षकले सभ्य र अनुशासित जनशक्ति उत्पादनतर्फ समेत ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले अनुसन्धानमा विश्वसनीयता र नविनता हुनुपर्ने उल्लेख गर्दै अनुसन्धान प्रस्तावहरू डिग्री हासिल गर्नेतर्फमात्र केन्द्रीत नभई कोष निर्माण र जनस्वास्थ्य परियोजना भित्राउनेतर्फ पनि केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो ।

पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन सह–प्रा. डा. अजय थापाले अनुसन्धान मानव शरीर र जीवित प्राणीस“ग मात्र नभई सबै क्षेत्रमा नियमित हुनुपर्नेमा जोड दिनुभयो । तालिम कार्यशालाका सभापति एवम् पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन सह–प्रा.डा. अमर नागिलाले स्वास्थ्यमा गरिने अनुसन्धान समाजको लागि उच्च मूल्यको रहने बताउँदै यस्ता तालिमले स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदिप ज्ञवालीले अनुसन्धानबिना शैक्षिक गुणस्तर, गुणस्तरीय प्रकाशन, शोध प्रबन्ध, क्षमता अभिवृद्धि जस्ता शैक्षिक क्रियाकलाप अगाडि बढ्न नसक्ने उल्लेख गर्दै त्यसका लागि अनुसन्धानमा लाग्नेलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्यकर्मीको योग्यता र सेवालाई गुणस्तरीय र बैज्ञानिक बनाउन विभिन्न संघसंस्थासँग समन्वय गरी अगाडि बढिरहेको उल्लेख गर्नुभयो ।

पोखरा विश्वविद्यालय स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका स्कूल निर्देशक उप–प्रा. बिमला भट्टले स्वास्थ्य सेवा व्यवस्थापनमा अनुसन्धानको ठूलो महत्व रहेको उल्लेख गर्नुभयो । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह–प्रा. डा. नमराज धामीले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् राष्ट्रकै गौरव र जिम्मेवार निकाय रहेको उल्लेख गर्नुभयो । उहाँले लेख, शोध प्रबन्ध एवम् अनुसन्धानसम्बन्धी गतिविधिले शिक्षकको काम गर्ने शैली र ज्ञान आर्जनमा उल्लेख्य सुधार आउने बताउनुभयो । कार्यक्रमको सञ्चालन स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका उप–प्राध्यापक पुजा भण्डारीले गर्नुभएको थियो । तालिम कार्यशाला आज पौष २१ गतेदेखि २३ गतेसम्म सञ्चालन हुनेछ । तालिम कार्यशालालाई डा. प्रदिप ज्ञवाली, डा. मेघनाथ धिमाल, डा. बिष्णु मरासिनी, श्री बिहुँगम बिष्ट, डा. बुना भण्डारी, श्रीमती उषा पराजुली र श्रीमति नमिता घिमिरेले प्रशिक्षण दिनु हुने कार्यक्रम छ । 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा अन्तरक्रिया कार्यक्रम आयोजना

अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा अन्तरक्रिया कार्यक्रम आयोजना

२०७९ साल मंसिर २३ गते शुक्रबार, पोखरा–३०, कास्की ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग (अदुअआ) को कार्यालय पोखराले विश्वविद्यालय लगायत अन्य शैक्षिक संस्थाका उच्चपदस्थ पदाधिकारीहरूलाई राखेर भष्ट्राचार बिरूद्धको अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्यो । भष्ट्रचार विरूद्धको अन्तर्राष्टिय दिवस डिसेम्बर ९, २०२२ को अवसरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सु–शासनका लागि नागरिक समाज (सुनास), नेपालसँगको सहकार्यमा अदुअआ कार्यालय, पोखराको सभाहलमा उक्त कार्यक्रम सञ्चालन भएको हो ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको प्रमुख आतिथ्यमा सञ्चालन भएको उक्त कार्यक्रममा पोखरा विश्वविद्यालय, गण्डकी विश्वविद्यालय लगायत पोखराका सामूदायिक कलेजहरूका पदाधिकारीहरू, नागरिक समाज, शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशका पदाधिकारीहरू, अदुअआ र सुनासका पदाधिकारीहरू, पत्राकारहरू आदिको उपस्थिति रहेको थियो ।

केन्द्रीय कार्यालय विस्तार लगायतको कार्यका लागि सम्झौता सम्पन्न

केन्द्रीय कार्यालय विस्तार लगायतको कार्यका लागि सम्झौता सम्पन्न

२०७९ साल मंसिर २३ गते शुक्रबार, पोखरा, कास्की ।
पोखरा विश्वविद्यालयको वृहत गुरूयोजना अन्तर्गत निर्माण हुन लागेको केन्द्रीय प्रशासनिक भवन विस्तार, विश्वविद्यालय परिसरमा कम्पाउण्डवाल तथा प्रवेशद्वार निर्माण एवम् जग्गा विकासका लागि सम्झौता सम्पन्न भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको समुपस्थितिमा सम्पन्न उक्त सम्झौता पत्रमा विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार प्रा.डा. दिपक बहादुर भण्डारी र ठेकेदारको तर्फबाट अधिकृत प्रतिनिधि सुरेश गौतमले हस्ताक्षर गर्नुभयो ।

पोखरा महानगरपालिका वडा नं. ३०, कास्कीमा अवस्थित विश्वविद्यालय परिसरभित्र अवस्थित दुईतले केन्द्रीय प्रशासनिक भवनमा दुई तला थपका साथै कम्पाण्डवाल, प्रवेशद्वार, रजत स्तम्भ, जग्गा विकास (आन्तरिक बाटो, फुटपाथ, जल निकास, बगैंचा र पार्किङ्ग स्थल आदि निर्माण) का लागि छनौट भएको एल.जि.ए. कन्स्ट्रक्सन, कोटेश्वर, काठमाडौं र पोखरा विश्वविद्यालयबीच सम्झौता सम्पन्न भएको हो ।

आउँदो यही पुस १ गतेबाट निर्माण कार्य शुरू भई १५ महिनाभित्र सम्पन्न हुने उक्त निर्माण कार्यको सम्झौता लागत ११ करोड ८४ लाख ९८ हजार ८ सय १० रूपैयाँ छ ।

सम्झौतामा उल्लेख भएबमोजिम ११४ रोपनी जग्गाको विश्वविद्यालय परिसरभित्रको “ए” ब्लकमा रहेको हालको केन्द्रीय प्रशासनिक भवनलाई परिमार्जन र लिफ्टसहित दुई तला थप गरी चार तलाको बनाउने, प्रशासनिक भवन अगाडि रजतस्तम्भ निर्माण गर्ने, केन्द्रीय प्रशासनिक भवन र परीक्षा नियन्त्रण कार्यालयको कम्पाउण्डवालमाथि एकमिटर उचाईको चेनबार लगाइनेछ । साथै उक्त कम्पाउण्डवालभित्र जोडेर चारकिल्ला वरिपरि पाँचफुटको फुटपाथ निर्माण गर्ने, मूल प्रवेशद्वार निर्माण गर्ने तथा कम्पाउण्डवाल भित्रको पार्किङ्गस्थल र बगैचालाई व्यवस्थित गरिने छ ।

त्यसै गरी विश्वविद्यालय परिसरभित्रको “बि” ब्लकमा रहेको खेलमैदानलाई व्यवस्थित गर्न चेनबार भएको कम्पाउण्डवालसहित प्रवेशद्वार निर्माण गर्ने र “सि” ब्लकमा रहेको प्राज्ञिक भवन कम्प्लेक्सको उत्तरतर्फ सहायक प्रवेशद्वार निर्माण गरिनेछ । “डी” ब्लकमा विश्वविद्यालयको शिक्षण अस्पताल निर्माणको कार्य अन्तिम चरणमा रहेको र त्यही ब्लकमा पोखरा विश्वविद्यालय सम्बन्धनप्राप्त कलेजहरूको संगठन “ओपेन”द्वारा अत्याधुनिक अन्तर्राष्टियस्तरको अनुसन्धान केन्द्र निर्माण भइरहेको छ ।

 

जापानमा उच्चशिक्षाको अवसरका लागि सम्वाद्

जापानमा उच्चशिक्षाको अवसरका लागि सम्वाद्


२०७९ कार्तिक २२ गते मङ्गलबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयले जापानमा उच्चशिक्षाको अवसर सम्बन्धमा नेपाल जापान शैक्षिक सम्वाद् कार्यक्रम आयोजना गरेको छ । विश्वविद्यालयको प्राज्ञिक भवन कम्प्लेक्स, लेखनाथमा उक्त सम्वाद् कार्यक्रम विद्यार्थीहरूलाई जापानमा उच्चशिक्षा अध्ययनमा सहजीकरण गर्ने उद्देश्यले आयोजना गरिएको हो । सम्वाद् कार्यक्रममा विद्यार्थीहरूका लागि छात्रवृत्ति, शैक्षिक कार्यक्रम, अध्ययन वातावरण र रोजगारीका विभिन्न विषयमा प्रस्तुतिकरण गरिएको थियो ।

सम्वाद् कार्यक्रममा मुख्य वक्ता पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले पोखरा विश्वविद्यालयले बजारको आवश्यकता अनुसार उत्पादन र रोजगारमुखी कार्यक्रम सञ्चालन गरेर देशको सामाजिक एवम् आर्थिक विकासमा महत्वपूर्ण टेवा पु¥याएको बताउनुभयो । उहाँले शिक्षाको गुणस्तर र नवीनता लागि विश्वविद्यालयले अनुसन्धानमा जोड दिएको उल्लेख गर्नुभयो । उहाँले विश्वका अन्य मुलुकसँगै जापान शैक्षिक अवसर र रोजगारीका लागि प्रमुख गन्तव्य रहकोले त्यहाँ शैक्षिक एवम् अनुसन्धानात्मक गतिविधिमा सहकार्य गर्न यस्ता कार्यक्रम उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका लागि जापानीज राजदूत महामहिम किकुता युताकाले भिडियो सन्देश मार्फत कार्यक्रम नेपाल र जापानको सम्बन्ध अभिवृद्धि गर्न फलदायी हुने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा इन्टरनेशनल प्रोजेक्ट्स प्रोमोशन गु्रप, रिसर्च प्रोमोशन डिपार्टमेन्ट, दि यूनिभर्सिटी अफ टोक्योका सल्लाहकार काजिहिरो मोरीले पोखरा नेपालको अत्यन्त सुन्दर ठाउँ रहेको उल्लेख गर्दै विद्यार्थीहरूको सुन्दर भविश्यका लागि पोखरा विश्वविद्यालयसँग सहकार्य गर्दै अगाडि बढ्न आफू इच्छुक रहेको बताउनुभयो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय पुल्चोक इञ्जिनियरिङ क्याम्पसका प्राध्यापक पवन भट्टराई, रित्सुमेइकान एसिया प्यासिफिक यूनिभर्सिटीका पूर्व नेपाली विद्यार्थी सुश्री राशी महर्जन, नेपालस्थित जापानीज राजदुतावासका सेकेण्ड सेक्रेटरी सुश्री मायुको सातो, ग्लोबल एडमिशन अफिसका सुश्री राई यिसिडा, टोक्यो यूनिभर्सिटी अफ फरिन स्टडिज्का सुश्री साराश्री ढुंगाना, टोक्यो यूनिभर्सिटी अफ फरिन स्टडिज् एडमिशन सेन्टरका सुश्री मिजुहो युनो, इन्टरनेशनल युनिभर्सिटी अफ जापानका सुश्री राशी गुप्ता र क्योटो युनिभर्सिटी अफ एडभान्स साइन्सका श्री कियोशी ताकेदाले प्रस्तुतिकरण गर्नुभयो । उहाँहरूले जापानको विश्वविद्यालय जीवन, अध्ययन अवसर, छात्रवृत्ति लगायत मानविकी तथा सामाजिक शास्त्र, इञ्जिनियरिङ, व्यवस्थापन विषयमा अध्ययन गर्न आवश्यक प्रक्रिया र चाहिने योग्यताका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

सुन्दर र विकसित देशका रूपमा परिचित जापान नेपाली विद्यार्थीहरूका लागि उच्चशिक्षासँगै आर्थिक उपार्जनको प्रमुख देश रहेको छ । यहाँ विद्यार्थीलाई आई टि., इन्जिनियरिङ, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिजम लगायतका विषयहरूको माग बढि देखिएको र यी विषय अध्ययन गर्दा स्वदेशमा आएर पनि राम्ररी सेटल हुनसकिन्छ भन्ने विश्वास छ ।

सम्वाद् कार्यक्रमबारे दि युनिभर्सिटी अफ टोक्योका डा. दिपेश खरेलले प्रकाश पार्नु भएको थियो । कार्यक्रमको सञ्चालन र मध्यस्थता श्री जगदीश खरेलले गर्नुभएको थियो । स्वागत मन्तव्य पोखरा विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक सह–प्रा. डा. उमेशसिंह यादवले गर्नुभएको थियो । कार्यक्रम दि युनिभर्सिटी अफ टोक्योको प्रमुख आयोजन र पोखरा विश्वविद्यालय एवम् मिडिया हेल्पलाइनको सहकार्यमा सञ्चालन भएको हो । कार्यक्रममा विश्वविद्यालयका विभिन्न पदाधिकारी, विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

 

सेवा आयोगका नवनियुक्त पदाधिकारीलाई स्वागत

सेवा आयोगका नवनियुक्त पदाधिकारीलाई स्वागत

२०७९ कार्तिक १४ गते सोमबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पदमा नियुक्त हुनुभएका प्रा. तिर्थ राज अर्याल र सदस्य पदमा नियुक्ति हुनुभएका प्रा.डा. उमानाथ बराललाई आज एक समारोहबीच पोखरा विश्वविद्यालयले स्वागत गरेको छ । सम्माननीय प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाद्वारा पोखरा विश्वविद्यालय ऐन, २०५३ बमोजिम हालै उहाँहरू उक्त पदमा ४ वर्षका लागि नियुक्ति हुनुभएको हो । प्रा. अर्याल अङ्ग्रेजी र प्रा. डा. बराल राजनीतिकशास्त्रमा अध्यापन गराउने त्रिभुवन विश्वविद्यालय, पृथ्वी नारायण क्याम्पस पोखराका प्राध्यापक हुनुहुन्छ । उहाँहरू दुबैलाई पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. प्रेमनारायण अर्याल र रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारीले विश्वविद्यालयको केन्द्रीय कार्यालय लेखनाथमा एक समारोहबीच स्वागत गर्नुभयो । उपकुलपति र रजिष्ट्रारले नवनियुक्त सेवा आयोगका अध्यक्ष र सदस्यलाई खादा ओढाई स्वागत तथा बधाई दिनुभयो ।

स्वागत समारोहलाई सम्बोधन गर्दै उपकुलपति प्रा. प्रेमनारायण अर्यालले शिक्षक तथा कर्मचारीहरूको सही व्यवस्थापन गरी विश्वविद्यालयको गरिमा उचो राख्न सेवा आयोग सक्षम हुनेमा विश्वास व्यक्त गर्नुभयो । रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारीले सेवा आयोग विश्वविद्यालयको मेरूदण्ड भएको उल्लेख गर्दै विवादरहित तरिकाले राम्रा र सक्षम शिक्षक तथा कर्मचारी छनौटमा सेवा आयोगको योगदान महत्वपूर्ण रहने बताउनुभयो । सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा. तिर्थ राज अर्यालले आफूमाथि आएको जिम्मेवारीलाई अवसरको रूपमा लिई कार्य गर्ने बताउनुभयो । उहाँले विश्वविद्यालयको नियम, कार्यविधि अनुसार सेवा आयोगका काम कारवाही अगाडि बढाउने उल्लेख गर्नुभयो ।

सेवा आयोगका सदस्य प्रा.डा. उमानाथ बरालले पोखरा विश्वविद्यालयको गरिमामय पहिचान रहेको उल्लेख गर्दै आपसी सहयोगमा आफ्नो पदीय दायित्व र कर्तव्य निर्वाह गर्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन सह–प्रशासक तारादेवी सापकोटाले गर्नुभएको थियो ।

आजीवन सिकाई प्रशिक्षण कार्यक्रम सम्पन्न

आजीवन सिकाई प्रशिक्षण कार्यक्रम सम्पन्न

२०७९ साल भाद्र २७ गते सोमबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालयमा सञ्चालन भएको “स्वच्छ वातावरणका लागि फोहोरमैला व्यवस्थापन, दिगो विकास र सुशासन एवम् जल वातावरणीय स्थिरता नामक” एकहप्ते आजीवन सिकाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अङ्ग्रेजीमा “Lifelong Learning (LLL) Training On Solid Waste Management for the Clean Environment, Sustainable Development and Governance and Water Environmental Sustainability” नाम दिइएको उक्त प्रशिक्षण कार्यक्रम यही भदौ २१ गतेदेखि शुरूभएको हो ।

उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले गर्नुभएको थियो । उद्घाटन सत्रमा उपकुलपति लगायत पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायका डीन प्रा. राजेशकुमार ठगुराठी, स्कुल अफ इञ्जिनियरिङका स्कुल निर्देशक ओम प्रसाद गिरी, सह–प्रा. अर्जुन गौतमले मन्तव्य राख्नुभएको थियो । प्रशिक्षण कार्यक्रम ३ दिन भौतिक रूपमा र ४ दिन भर्चुअलका माध्यमबाट सञ्चालन भएको थियो ।

प्रशिक्षण कार्यक्रम पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्काय एवम् स्कूल अफ इञ्जिनियरिङमार्फत EGEA (Enhancing Green Economy) परियोजनामा संलग्न एसियाका ३ देशहरू किर्गिज गणतन्त्र, नेपाल र भारतको प्रमुख लगानीसहित युरोपियन युनियनको इरास्मस प्लस कार्यक्रमको सह–लगानीमा सञ्चालन भएको हो । हरित अर्थतन्त्र र सीपहरू प्राकृतिक स्रोतहरूको दोहनका लागि दिगो माध्यम भएकाले यसले प्राकृतिक इकोसिस्टमको हानि र मानव पुँजीको स्थिरतालाई रोक्छ । इजिइए परियोनाको मुख्य उद्देश्य आर्थिक र सामाजिक रूपमा सबै पक्षहरूमा दिगो विकासमा योगदान पुर्याउनु हो । यस परियोजनामा शिक्षा, सहकार्य र नवप्रवर्तनको माध्यमबाट हरित अर्थतन्त्रलाई वृद्धि गर्ने लक्ष्य लिइएको छ । यसर्थ समाज र विभिन्न पेशाकर्मीलाई ज्ञान हस्तान्तरण गर्न आवश्यक छ र सोही उद्देश्यका साथ प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

प्रशिक्षण कार्यक्रमका प्रमुख स्रोत व्यक्तिहरूमा पोखरा विश्वविद्यालय स्कूल अफ इञ्जिनियरिङका प्रा.डा. बिनय कुमार मिश्र, प्रा.डा. माधव प्रसाद कोइराला र सह–प्रा.डा. राजिव पोखरेल, डिपार्टमेन्ट अफ जियोग्राफी, यूनिभर्सिटी अफ दिल्लीका असिस्टेन्ट प्रा. डा. नेत्रानन्द साहु, इन्स्टिच्यूट फर ग्लोबल इनभायरोनमेन्टल स्ट्राटेजिज्, जापानका सिनियर पोलिसि रिसर्चर डा. पंकज कुमार, गण्डकी विश्वविद्यालय इन्टरनेशनल रिलेसन्स प्रमुख श्री रवि भण्डारी, पोखरा इञ्जिनियरिङ कलेजका ई. सोम गुरूङ हुनुहुन्थ्यो ।

प्रशिक्षण कार्यक्रमका सहभागीहरूमा कम्तिमा एक वर्षको अनुभव भएका पेशाकर्मी, उद्यमी, योजनाकार, सामाजिक कार्यकता, प्रादेशिक र स्थानीय सरकारका कर्मचारीहरू थिए । साथै पोखरा विश्वविद्यालय स्कुल अफ इञ्जिनियरिङका फ्रि ल्यान्सर र अन्तिम वर्षका विद्यार्थीहरूलाई दोस्रो प्राथमिकतामा समावेश गरिएको थियो । अधिकांश प्रशिक्षार्थीहरू विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूमा कार्यरत इञ्जिनियरिङ पृष्ठभूमिका थिए । प्रशिक्षण मुख्यतया व्याख्यान विधि प्रयोग गरी सहभागीहरूको अनुभव, आदानप्रदान र सहभागीहरूबीच खुला छलफल गरी सञ्चालन गरिएको थियो । प्रशिक्षण कार्यक्रममा मुख्यतया जाइका, इञ्जिनियरिङ कन्सल्टिङ फर्म, स्थानीय सरकार (नगरपालिका), प्रादेशिक सरकार, फ्रि ल्यान्सर, एमएससीका विद्यार्थीहरू र शिक्षाविद्, विभिन्न संस्थाका इञ्जिनियरहरू थिए । तिनमा पोखरा महानगरपालिका, जिल्ला प्राविधिक कार्यालय, कास्की, भिमाद नगरपालिका, शुक्ला गण्डकी नगरपालिका, व्यास नगरपालिका, मध्य नेपाल नगरपालिका, स्कूल अफ इञ्जिनियरिङ लगायत विभिन्न अनुसन्धान एवम् प्राविधिक परामर्श दाता गरी २३ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण स्कूल अफ इञ्जिनियरिङ, पोखरा विश्वविद्यालयका सह–प्रा.डा. मधुसुदन कायस्थ र सह–प्रा. अर्जुन गौतमले गर्नुभएको थियो ।

पोखरा विश्वविद्यालय शिक्षण अस्पताल सञ्चालनमा

पोखरा विश्वविद्यालय शिक्षण अस्पताल सञ्चालनमा

२०७९ भाद्र २२ गते, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल सञ्चालनमा आएको छ । बुधबार एकाबिहानै झमझम वर्षा भइरहेको अवस्थामा विधिवत् पूजाआजा शान्ति स्वस्तिकसहित शंखनाद, राष्ट्रियगानका साथ पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले पानसमा दियो बाली अस्पतालको बहिरङ्गसेवा सुभारम्भ गर्नुभयो । उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले अर्थोपेडिक ओपिडि र रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारी स्त्री तथा प्रसुति ओपिडिको रिबन काटेर उद्घाटन गर्नुभयो । कार्यक्रममा पहिलो बिरामीको रूपमा स्थानीय महिला शुशिला रेग्मीलाई प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. मदन खड्काले उपचार गरी कार्यको थालनी गर्नुभयो ।

पोखरा विश्वविद्यालयको शिक्षण अस्पतालको बहिरङ्ग सेवा सुभारम्भ समारोहलाई सम्बोधन गर्दै उपकुलपति प्रा.डा. प्रेम नारायण अर्यालले शिक्षण अस्पताल विश्वविद्यालयको लागि अपरिहार्य रहेकोले त्यसको सुरूवात गर्न सकिएकोमा आफू अत्यन्तै गौरवान्वित र भाग्यमानी रहेको उल्लेख गर्नुभयो । उहाँले अस्पताल सञ्चालनले विश्वविद्यालयको उचाई बढ्ने उल्लेख गर्दै विश्वविद्यालयले अग्रगामी सोचका साथ समाज र देशलाई योगदान गर्नुपर्नेमा जोड दिनुभयो । विश्वविद्यालयले हालै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग स्वास्थ्यका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको उल्लेख गर्दै उपकुलपतिले विश्वविद्यालयको स्तरोन्नतिका लागि विद्यार्थी संख्या बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालयले देशका विभिन्न भागमा आङ्गिक क्याम्पस खोल्ने तथा दुई वर्षभित्र एमबिबिएसको पठन पाठन सुरू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पोखरा विश्वविद्यालयका रजिष्ट्रार एवम् शिक्षण अस्पताल सञ्चालक समितिका अध्यक्ष प्रा.डा. दिपक बहादुर भण्डारीले हरेक व्यक्तिमा आ–आफ्नै सपना हुने उल्लेख गर्दै आफूमा विश्वविद्यालयले सञ्चालन गर्ने यो देशकै, यो क्षेत्रकै एक उत्कृष्ट र स्मार्ट अस्पताल बनाउने सपना रहेको उल्लेख गर्नुभयो । उहाँले स्थानीयसँग आफू हरतरहले साक्षात्कार रहेको उल्लेख गर्दै विश्वविद्यालयको कठिन घडिमा स्थानीयको अनुकरणीय साथ रहनेमा विश्वास व्यक्त गर्नुभयो । रजिष्ट्रार भण्डारीले विश्वविद्यालय स्थापनाको पच्चीस वर्षमा विश्वविद्यालयको स्थापनार्थ अहोराज खटिने तथा योगदान गर्ने संघ संस्था, विश्वविद्यालयका पुराना शिक्षक कर्मचारी, पदाधिकारीलाई सम्मान दिने वातावरण सिर्जना गरेको बताउनुभयो । उहाँले आफू हौसिएर नबोल्ने तर काम गरेर देखाउने बताउनुभयो । रजिष्टार भण्डारीले राष्ट्रको दुईवटा आधारभूत कुरा शिक्षा र स्वास्थ्यमा गुणस्तर नभएमा देश विकास नहुने उल्लेख गर्दै स्वास्थ्यको कारणले जनता शारिरिक एवम् मानसिक रूपमा स्वस्थ हुने र यी कुरा भएपछि जनशक्ति उत्पादनमुखी भई राष्ट्रको विकासका लागि प्रतिबद्ध हुने बताउनुभयो । उहाँले पोखरा विश्वविद्यालय शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय रूपमा सँगसँगै अगाडि लैजान प्रतिबद्ध छ भन्दै जनताको लागि यी दुबै कुरामा खेलवाड नगर्ने बताउनुभयो ।

मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन सह–प्रा.डा. अजय थापाले अस्पताल विश्वविद्यालयको लागि लामो समयदेखि खड्किएको आवश्यकता भएको उल्लेख गर्दै यसको सञ्चालनका लागि विभिन्न चरणमा योजना बनाएर, विभिन्न प्रयत्न गरेर यसलाई आजको अवस्थामा ल्याइएको बताउनुभयो । मेडिकल कार्यक्रमलाई स्थापित गरेर अगाडि बढ्न विश्वविद्यालयलाई आवश्यक थियो र त्यो नगरी अगाडि बढ्न सम्भव थिएन भन्दै उहाँले सबै सरोकारपक्ष मिलेर यो उद्देश्यलाई प्राप्ति गरेका छौ भन्नुभयो । अस्पताल सञ्चालनले पठनपाठन गर्ने विद्यार्थीलाई सहज हुने उल्लेख गर्दै उहाँले यो समाजसँग जोडिएकोले समाज लगायत वरिपरिका व्यक्तिलाई सेवा सुविधा प्रभावकारी रूपमा उपलब्ध हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन सह–प्रा.डा. अमर नागिलाले पोखरा विश्वविद्यालयको इतिहासमा शिक्षण अस्पताल सञ्चालन भएको दिन भाद्र २२ गते स्वर्णिम अक्षरले लेखिने बताउनुभयो । उहाँले आफू पदाधिकारी भएर एउटा मात्र काम गर्छु भन्दै शिक्षण अस्पताल स्थापनाको कार्ययोजना, तालिका बनाएर विश्वविद्यालयसमक्ष पेश गरेको र त्यसमा विश्वविद्यालयले आफूलाई विश्वास गरी जिम्मेवारी दिएका कारण अस्पताल सञ्चालन गर्न सफल भएको उल्लेख गर्नुभयो । यसको लागि आफू अहोरात्र लाग्ने, राजनीतिक भेदभाव नगर्ने, जातको भेदभाव एवम् स्थानीय र बाहिरको भेदभाव नगर्ने भन्दै प्रतिबद्धता समेत विश्वविद्यालय समक्ष उल्लेख गरेको बताउनुभयो । अस्पताल सञ्चालनमा सबै पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थीले एक बोलीमा साथ दिएका कारण नै अस्पताल स्थापनाले मूर्त रूप लिएको उहाँको कथन थियो । डीन नागिलाले राम्रो कुरा, ठीक कुरा ल्याए सहमति हुने रहेछ भन्दै यसलाई सबैले मनन गर्न आग्रह गर्नुभयो । उहाँले विश्वविद्यालय एकजनाको नभएको सबैको भएको र यो वर्षौ वर्ष पछाडिको पिढिँको लागि पनि भएको उल्लेख गर्दै विश्वविद्यालयले गर्ने कार्य दुरगामी सोचको हुनुपर्ने र त्यसमा सबैको सहकार्य र तनमन धन भएमा मात्र कार्य सहज ढङ्ले अगाडि बढ्ने उल्लेख गर्नुभयो । उहाँले स्वास्थ्य सेवा भनेको अवसर नै अवसर भएको र यसमा चुनौति पनि भएकोले चुनौति सामाना गरी अगाडि बढ्नु पदाधिकारीको जिम्मेवारी हो भन्नुभयो । डीन नागिलाले स्वास्थ्य क्षेत्रमा कसैको दबदवाब हुनुहुँदैन भन्दै स्वास्थ्य सेवामा सबैको पवित्र सेवाको भाव झल्किने क्षेत्र भएकोले विश्वविद्यालयका समस्या यहाँ आउन नहुने बताउनुभयो । आफ्नो शल्यक्रिया गर्नुपर्दा यही अस्पतालमा गर्नसक्ने अस्पताल बनाउन आफू लागिपर्ने उल्लेख गर्दै उहाँले अस्पताल सञ्चालनमा अत्याधुनिक मेशिन र राम्रो जनशक्ति राख्ने कुरामा कुनै सम्झौता नहुने बताउनुभयो ।

पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेशका उप–प्राध्यापक एवम् कार्यकारी सदस्य योगराज लामिछानेले पोखरा विश्वविद्यालय शिक्षण अस्पताल विश्वविद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी सबै सरोकारपक्षबाट सकारात्मक पहलस्वरूप स्थापना हुन सम्भव भएको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयलाई ऐतिहासिक रूपमा जमिन व्यवस्थापनका लागि कुर्वानि गर्ने स्थानीय जनप्रतिनिधि, स्थानीय समाजसेवी, बुद्धिजिवीलाई विश्वविद्यालयले यस समयमा भूल्न नहुने बताउनुभयो । छात्रावासमा सबै बस्न पाईदैन, तर अस्पताल बन्यो भने सबैले उपचार पाइन्छ, स्थानीय सबैले पढ्न पाईदैन, तर अस्पताल बन्यो भने स्थानीय सबैले उपचार पाउँछन् भन्ने विद्यार्थी तथा स्थानीयको सकारात्मक सोचले अस्पताल बनेको चर्चा गर्नुभयो । गुड स्टार्टिङ्ग हाफ डन भन्दै उहाँले यो शुरूवात राम्रो रहेको उल्लेख गर्नुभयो । लामिछानेले विश्वविद्यालय घोडाको गतिमा दौड्नुपर्ने उल्लेख गर्दै विगतमा भएका कमी कमजोरीलाई त्यागेर सबैलाई समेटेर विश्वविद्यालय अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । विश्वविद्यालयको हितमा, समाजको हितमा सबै एकसाथ मिलेर अगाडि बढ्नुको विकल्प नरहेको उल्लेख गर्दै लामिछानेले स्वास्थ्य भनेको शारिरिक, मानसिक र सामाजिक कार्य भएको उल्लेख गर्नुभयो ।

वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसका सह–प्राध्यापक एवम् पोखरा विश्वविद्याल कार्यकारी परिषद्का सदस्य डा. अर्जुनप्रसाद बाँस्तोलाले विश्वविद्यालयको इतिहासमा शिक्षण अस्पतालको अत्यन्त ठूलो महत्व रहेको उल्लेख गर्नुभयो । शिक्षण अस्पतालको महत्व र सेवालाई बुझेर सबै अगाडि बढ्न उहाँले सबैमा आग्रह गर्नुभयो । बाँस्तोलाले पोखरा विश्वविद्यालयको शैक्षिक एवम् प्राज्ञिक कार्यक्रमलाई नजिकबाट नियालेको उल्लेख गर्दै आफू विश्वविद्यालयसँग आबद्ध रहेकोले पोखरा विश्वविद्यालयको शेक्षिक, प्राज्ञिक उन्नययन र अन्य समग्र विकासका लागि निर्वाह गर्ने भूमिका निराकार र निरपेक्ष रहने उल्लेख गर्नुभयो । उहाँले खालि हुँदा खेरिको अनुभव आफूमा रहेको उल्लेख गर्दै उहाँले खाली ठाउँमा राम्रा कुरा भरे राम्रै पाउने र आग्रह, पूर्वाग्रह भरे त्यो घुमिफिरी त्यही पाउने उल्लेख गर्नुभयो । उहाँले सम्बद्ध सबै असल नियत र तरिकाले प्राज्ञिक उन्नयनमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पोखरा विश्वविद्यालय स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजका स्कूल निर्देशक उप–प्राध्यापक बिमला भट्टले पोखराbविश्वविद्यालय शिक्षण अस्पतालको जनशक्ति युवा र उर्जायुक्त रहेकोमा सन्तोष व्यक्त गर्दै यसले नर्सिङ्ग, फिजियोथेरापिदेखि ल्याबसाइन्सका पूर्वाधारलाई पुरा गर्न सक्षम हुनेमा विश्वास व्यक्त गर्नुभयो । कोरोना महामारीमा अस्पतालको महत्व सबैलाई थाहा भएको उल्लेख गर्दै उहाँले शैक्षिक उन्नयनका लागि मेडिकल शिक्षामा अस्पताल नभई नहुने निकाय भएकोले यो राम्रो भएमा विद्यार्थी ज्ञान र सीपका लागि यहाँ आउने बताउनुभयो । उहाँले कुनै पनि संस्था सुरूवाती चरणमा सानो स्केलबाट सञ्चालन हुने गरेको भन्दै बीर अस्पताल र हिमाल अस्पतालको पनि सुरूवात यसरी नै भएको उल्लेख गर्नुभयो ।

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक सह–प्रा. दिपेन्द्र कुमार यादवले शिक्षक, पदाधिकारी, कर्मचारी सबैको साथ सहयोगले अस्पताल सञ्चालनको सुरूवात भएको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयले आफूलाई विश्वास गरी दिएको जिम्मेवारीलाई पुरा गर्न पाउँदा आफूलाई निकै खुशी लागेको बताउनुभयो । यादवले अस्पताललाई योजना मुताबिक सञ्चालन गरिने बताउने भयो । उहाँले हाल एकजना प्रसुति तथा स्त्रीरोग विशेषज्ञ एवम् एकजना अर्थोपेडिक सर्जन गरी दुई जना डाक्टरमार्फत १० बजेदेखि २ बजेसम्म टिकट काटी बहिरङ्ग सेवा (ओपिडि) सञ्चालन हुने उल्लेख गर्दै दुईजना मेडिकल अफिसरसमेतको सहयोगमा जनरल मेडिसिन, अन्य चोटपटक, दुर्घटनासम्बन्धी बिरामीको जाँच हुने बताउनुभयो । उहाँले दैनिक १०० देखि २०० जनासम्मलाई ओपिडिमा सेवा दिन अस्पताल जनशक्ति तम्तयार रहेको उल्लेख गर्दै जनरल मेडिसिनदेखि लिएर विरामीलाई काउन्सिल गर्ने, स्वास्थ्य शिविर सञ्चालन गरिने जानकारी दिनुभयो । कार्यकारी निर्देशक यादवले ओपिडिको गुणस्तर बढाउन ल्याब सुविधाको व्यवस्थापन, लाइफ सेभिङ्ग लगायतका औषधिहरूको व्यवस्थापन, उच्चस्तरीय उपकरण खरिदलाई विशेष ध्यान दिने बताउनुभयो । उहाँले सम्बन्धित विषेषज्ञले विषय विज्ञता अनुसार सेवा दिने बताउँदै आवश्यक तयारीका साथ तीनमहिनामा ईमर्जेन्सी सेवा सञ्चालन गरिने समेत बताउनुभयो । उहाँले ईमर्जेन्सीका लागि १० बेड र ९० जनरल बेड राख्ने गरी कार्य अगाडि बढाइने जानकारी दिनुभयो ।

पोखरा महानगरपालिका वडा नं. ३० का वडाध्यक्ष दुर्गा प्रसाद सुवेदीले पोखरा विश्वविद्यालय स्थापना भएको १० वर्षदेखि शिक्षण अस्पताल स्थापनाको चर्चा चलेतापनि त्यसको १५ वर्षपछि मात्र विश्वविद्यालय र स्थानीयको चाहनाको सुरूवात भएकोमा खुशी व्यक्त गर्नुभयो । वडाध्यक्ष सुवेदीले विश्वविद्यालय स्थापनाको मर्म र उद्देश्य अनुरूप विश्वविद्यालय जुन गतिमा अगाडि बढ्नुपर्ने थियो त्यसरी अगाडि बढ्न नसकेकोमा दुःख व्यक्त गर्दै विश्वविद्यालयभित्र मौलाउँदै गरेको आन्तरिक समस्या र विचारको रोगले यसको समग्र विकासको गतिमा बाधा उत्पन्न गरेको बताउनुभयो । उहाँले पोखरा विश्वविद्यालयले शिक्षामा देशभरी नाम कमाएको र यहाँको राम्रो उत्पादन देशको महत्वपूर्ण जिम्मेवारी र सेवामा रहेको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयको मानसम्मानका लागि स्थानीयतहबाट सहयोग गर्न आफू तत्पर रहेको तर विश्वविद्यालयले स्थानीय सम्बन्धलाई दिगो राख्न स्थानीयसँग हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. मदन खड्काले विश्वविद्यालयको शिक्षण अस्पताल सञ्चालन एउटा ऐतिहासिक घडि रहेको बताउनुभयो । उहाँले लामो समयदेखिको विश्वविद्यालयको सपना पुरा भएको उल्लेख गर्दै आफू एक ऐतिहासिक व्यक्तित्वको रूपमा विश्वविद्यालय सेवामा प्रवेश गर्ने मौका मिलेको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयले अस्पतालमा खटिने डाक्टर लगायतको जनशक्तिलाई जागिरको सुनिश्चिता, पारिश्रमिक र सुरक्षामा विशेष ध्यानदिनुपर्ने उल्लेख गर्दै शिक्षण संस्था र जन स्वास्थ्यका लागि गुणस्तरीय सेवा दिन अस्पताल जनशक्ति तत्पर र समर्थ रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रमको सञ्चालन पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका डाक्टरद्वय लक्ष्मी पौडेल र जितेन्द्र राज कोइरालाले गर्नुभएको थियो । विश्वविद्यालयको छात्रावास भवनलाई परिमार्जन गरी शिक्षण अस्पताल निर्माण गर्न विश्वविद्यालयले गत जेठ २० गते सम्झौता गरेको थियो ।

कार्यक्रमका तस्विरहरूः

« of 3 »

 

 

 

 

 

 

पोखरा विश्वविद्यालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद् बीच सम्झौता

पोखरा विश्वविद्यालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद् बीच सम्झौता

२०७९ साल भदौ २१ गते मङ्गलबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय र नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् बीच स्वास्थ्य क्षेत्रमा देखा परेका विभिन्न समस्याहरूलाई वैज्ञानिक रूपमा अध्ययन तथा अनुसन्धान गरी नागरिकको स्वास्थ्य सुविधा कायम राख्ने मूल उद्देश्यलाई लिएर एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रले आयोजना गरेको तीनदिने कार्यशालाको सञ्चालनस्थल लेकसाइड, पोखरामा आयोजित उक्त समझदारीपत्रमा पोखरा विश्वविद्यालयका तर्फबाट स्वास्थ्य विज्ञान सङ्काय डीन सह–प्रा.डा. अमर नागिला र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदिप ज्ञवालीले हस्ताक्षर गर्नुभयो ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, रजिष्ट्रार प्रा.डा. दिपकबहादुर भण्डारी एवम् पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. नमराज धामीको समुपस्थितिमा हस्ताक्षर सम्पन्न भएको उक्त समझदारी पछि दुबै संस्थालाई स्वास्थ्य सम्बन्धी अनुसन्धानलाई अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी, व्यापक एवम् व्यावहारिक र समय सापेक्ष बनाई व्यावसायिक क्षेत्रको क्षमता विकास र नवप्रवर्तनमुखी बनाउन एक आपसमा मिलेर कार्य गर्न सहज हुने विश्वास लिइएको छ ।

सम्झौताबमोजिम लक्ष्य र उपलब्धि हासिल गर्न आलोपालो अध्यक्षता गर्ने गरी दुबै संस्थाबाट एक–एक जना संयोजक र दुई–दुई जना सदस्य रहने गरी जम्मा छ सदस्यीय सम्झौता कार्यान्वयन समिति गठन हुनेछ । समितिले संयु्क्त अनुसन्धानका तथा अन्य क्रियाकलापका लागि आवश्यक सञ्चालन कार्यविधि र नीतिहरू तर्जुमा गरी लागू गर्ने र अनुसन्धान कोषको व्यवस्थापन गर्नेछ ।

सम्झौता समारोहलाई पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, रजिष्ट्रार प्रा. डा. दिपक बहादुर भण्डारी, पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन सह–प्रा.डा. अमर नागिला र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदिप ज्ञवालीले सम्बोधन गर्नुभएको थियो ।

शैक्षिक अनुसन्धान र नविनतालाई सुव्यवस्थित गर्न कार्यशाला आयोजना

शैक्षिक अनुसन्धान र नविनतालाई सुव्यवस्थित गर्न कार्यशाला आयोजना

२०७९ साल भाद्र २० गते सोमबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रले शैक्षिक अनुसन्धान र नविनतालाई सुव्यवस्थित गर्न तीन दिने कार्यशाला आयोजना गरेको छ । “Streamlining Academic Research and Innovation in Pokhara University” नाम दिईएको उक्त कार्यशाला सुन्दर नगरी पोखराको लेकसाइडमा आयोजना गरियो । उक्त कार्यशाला विश्वविद्यालयका आङ्गिक, संयुक्त आङ्गिक र सम्बन्धनप्राप्त ६६ वटा महाविद्यालयहरूका रिसर्च म्यानेजमेन्ट सेल (आरएमसी) मा आबद्ध प्राध्यापकहरूका लागि लक्षित छ ।

कार्यशालालाई सम्बोधन गर्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले विश्वविद्यालय अनुसन्धान गर्ने थलो भएकोले गुणस्तरीय शिक्षाका लागि पठनपाठन र अनुसन्धान सँगसँगै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले अनुसन्धानलाई व्यवस्थित गर्न विश्वविद्यालयले आफ्ना महाविद्यालयहरूमा अनुसन्धानात्मक सेलहरू गठन गर्नुका साथै यूएनडिपि लगायतका संस्थाहरूसँग साझेदारी गर्दै शिक्षक तथा विद्यार्थीहरूलाई अनुसन्धान गतिविधिमा लाग्न उत्प्रेरित गरेको बताउनुभयो ।

कार्यक्रममा पोलिसी रिसर्च इन्स्टिच्यूट, नेपालका कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेतीले दिगो विकासका लक्ष्यहरू हासिल गर्न र देशलाई समृद्धतर्फ डोर्याउन राज्यले अनुसन्धानलाई प्रबर्धन गर्नुपर्ने बताउनुभयो । उहाँले बिना लगानी अनुसन्धान नहुने बताउँदै यसलाई नीति निर्माणतहबाटै कसिलो बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा आफ्ना मन्तव्य राख्दै यूएनडिपि नेपालका आवासीय प्रतिनिधि आयशानी मेडागांगोडा लाबेले दिगो बिकासका लक्ष्यहरू हासिल गर्न यूएनडिपिले शिक्षा लगायत नेपालका विभिन्न क्षेत्रहरूमा लगानी अभिवृद्धि गर्दै आएको बताउनुभयो । उहाँले पोखरा विश्वविद्यालयसँग शिक्षा, स्वास्थ्य पर्यटन, मौसम परिवर्तनका साथै सिमान्तकृत वर्गको उत्थानका लागि अझै हातेमालो गर्दै अगाडि बढ्न यूएनडिपी इच्छुक रहेको बताउनुभयो ।

कार्यशालाको पहिलो दिनमा नेपालको उच्चशिक्षाको रूपान्तरणका बारेमा पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. नमराज धामीले प्रस्तुतिकरण गर्नुभयो । त्यसै गरी रोडम्याप फर रिसर्च एण्ड इनोभेशन इन स्टेम इन नेपालका सन्दर्भमा नेपाल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका वरिष्ठ बैज्ञानिक डा. टिस्टा प्रसाई जोशी, प्रोमोटिङ्ग एकाडेमिक रिसर्च एण्ड इनोभेशन इन नेपालिज युनिभर्सिटीका सन्दर्भमा क्यालिटी एस्यूरेन्स एण्ड एक्रिडिएशन, यूजिसी नेपालका निर्देशक डा. ऋषिकेश पाण्डे र इथिक्स एण्ड इन्टिग्रिटी इन हेल्थ रिसर्च एण्ड इनोभेशनका सन्दर्भमा नेपाल हेल्थ रिसर्च काउन्सिल, काठमाडौंका कार्यकारी प्रमुख डा. प्रदिप ज्ञवालीले प्रस्तुतिकरण गर्नुभयो ।

कार्यशालाको दोस्रो दिनमा रिसर्च राइटिङ्ग एण्ड पब्लिसिङ्गमा टेक्निक्स, इथिक्स इन्टिग्रिटीको सन्दर्भमा सेन्ट्रल डिपार्टमेन्ट अफ केमिष्ट्रि, त्रिभुवन विश्वविद्यालयका प्रा.डा. निरञ्जन पराजुली र रिसर्च फन्डिङ्ग एण्ड कोलाबोरेशनका सन्दर्भमा गण्डकी प्रोभिन्सियल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका कार्यकारी निर्देशक डा. ढाकाराम भण्डारीले प्रस्तुतीकरण गर्नुहुनेछ । साथै कार्यशालाको अन्तिम दिन भदौ २२ गते दि बेन्चमार्कस् अफ रिसर्च एण्ड इनोभेशन इन यूनिभर्सिटीका सन्दर्भमा पोखरा विश्वविद्यालयका विज्ञान तथा प्रविधि सङ्कायका पूर्व डीन प्रा.डा. पुरूषोत्तम बस्नेतले प्रस्तुतीकरण गर्ने कार्यक्रम छ । पहिलो, दोस्रो र तेस्रो दिनमा सहभागिहरूबीच सम्बन्धित विधामा छलफल हुने कार्यक्रम छ । कार्यशालाको सञ्चालनमा पोखरा विश्वविद्यालय स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका उपप्राध्यापक पूजा भण्डारी हुनुहुन्छ ।

कार्यशालाका थप तस्विरहरूः

 

 

 

 

पोखरा विश्वविद्यालयको पोलिटेक्निक अफ कार्टेजेना र युरोपियन युनिभर्सिटी अफ टेक्नोलोजीसित सम्झौता

पोखरा विश्वविद्यालयको पोलिटेक्निक अफ कार्टेजेना र युरोपियन युनिभर्सिटी अफ टेक्नोलोजीसित सम्झौता

२०७९ श्रावण २२ गते आइतबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयले ईञ्जिनियरिङ्गका विद्यार्थीहरूलाई आदानप्रदान गर्ने मुख्य उद्देश्यले हालै पोलिटेक्निक अफ कार्टेजेना र युरोपियन युनिभर्सिटी अफ टेक्नोलोजीसित एक समझदारीपत्रमा हस्ताक्षर गरेको छ । सझदारीपत्रमा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल र पोलिटेक्निक अफ कार्टेजेना युनिभर्सिटी, स्पेनका रेक्टर बीट्रिज मिगुएल हर्नान्डेजले यही साउन १० गते हस्ताक्षर गर्नुभएको हो ।

पोखरा विश्वविद्यालयका उपकुलपतिसहित रजिष्ट्रार सह–प्रा. डा. दिपकबहादुर भण्डारी, पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायका डीन सह–प्रा. राजेशकुमार ठगुराठी लगायतको टिमले स्पेनमा अवस्थित पोलिटेक्निक अफ कार्टेजेना युनिभर्सिटीको हाताभित्र उक्त सम्झौता गरेको हो । सम्झौताको प्रमुख उद्देश्य उच्च शिक्षालाई उत्कृष्टता केन्द्रका रूपमा विकास गर्न शिक्षण, सिकाई र अनुसन्धानका गतिविधिहरूका माध्यमले उत्पादनमूलक, कल्याणकारी केन्द्रित् एवम् राष्ट्र तथा सामाजिक विकासमा योगदान पु¥याउने प्रतिबद्ध जनशक्ति सिर्जना गर्नु रहेको छ । यस समझदारीले पारस्परिक हितका शैक्षिक क्षेत्रहरूमा दुबै पक्षद्वारा सम्भावित सहयोगको सम्बन्धमा दुबै पक्ष बीचको छलफल र वार्ताहरू आयोजना गरी सम्भावित कार्यक्रमहरू तय गर्न मार्ग प्रशस्त गरेको छ ।

दुबै संस्थाले अब उप्रान्त अनुसन्धानकर्ता र अन्य अनुसन्धान र प्रशासनिक कर्मचारी आदानप्रदान गर्ने; सहयोगी अनुसन्धान परियोजनाहरू सञ्चालन गर्ने; लेक्चरहरू सञ्चालन गर्ने तथा संगोष्ठीहरू, कार्यशालाहरू र सम्मेलनहरू संयुक्त रूपमा आयोजना गर्न सक्नेछन् । त्यसै गरी आपसी सहयोगको विकास, शैक्षिक सामाग्री र सूचनाको आदानप्रदान गर्ने; विश्वव्यापी रूपमा दर्शकहरूको लागि अध्ययन र अनलाइन शिक्षाको कार्यक्रमहरू विकास र वितरण गर्ने; आपसी सहमति अनुसार अन्य शैक्षिक सहयोग प्रबर्धन गर्ने; संयुक्त पाठ्यक्रम वा डिग्री कार्यक्रमहरू विकास गर्ने सम्भावनाहरू अन्वेषण गर्ने तथा शैक्षिक प्रशिक्षण र विकासमा हातेमालो गर्दै अगाडि बढ्ने छन् ।

जडीबुटीजन्य औषधिको वैज्ञानिक अनुसन्धान कार्यमा सहकार्य

जडीबुटीजन्य औषधिको वैज्ञानिक अनुसन्धान कार्यमा सहकार्य

२०७९ श्रावण १३ गते शुक्रबार, वीरगञ्ज ।

पोखरा विश्वविद्यालय तथा वीरगञ्जस्थित जडीबुडीजन्य औषधि उत्पादक उद्योग फ्ल्युर हिमालयन लिमिटेडका बीच जडीबुटीजन्य औषधिको वैज्ञानिक अनुसन्धान कार्यमा सहकार्यका लागि एक समारोहपूर्वक सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भयो । सहमतिपत्रका अनुसार दुवै संस्थाले जडीबुटीजन्य उत्पादनहरूको सुरक्षितता र प्रभावकारिता, मानकीकरण, बजार अध्ययन, परीक्षण विधि सत्यापन, वैज्ञानिक अनुसन्धानपत्रहरूको प्रकाशन तथा विद्यार्थीहरूको प्रशिक्षणमा सहकार्य गर्ने छन् । सहमतिपत्रमा पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डीन डा. अमर नागिला तथा फ्ल्युर हिमालयन लिमिटेडकी अध्यक्ष श्रीमती मिनू पिया अमात्यले हस्ताक्षर गर्नुभयो ।

समारोहमा बोल्दै पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डीन डा. अमर नागिलाले दुवै संस्थाको सहकार्यले जडीबुटीजन्य औषधिको वैज्ञानिक अनुसन्धान कार्यमा ठोस योगदान दिनसक्ने विश्वास व्यक्त गर्नुभयो । फ्ल्युर हिमालयन लिमिटेडकी अध्यक्ष श्रीमती मिनू पिया अमात्यले पोखरा विश्वविद्यालयसँग सहकार्य हुन लागेकोमा खुसी प्रकट गर्दै आगामी दिनहरूमा यो सहकार्य अझै सुदृढ हुँदै जाने आशा प्रकट गर्नुभयो । समारोहमा पोखरा विश्वविद्यालयका स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेजका उपप्राध्यापक अतिस कौण्डिन्न्यायनले पोखरा विश्वविद्यालयमा औषधि विज्ञान विषयको सूत्रपात गर्नुहुने प्राध्यापक पुरूषोत्तम बस्नेत तथा फ्ल्युर हिमालयन लिमिटेडका संस्थापक स्वर्गीय महेन्द्रबहादुर अमात्यको विश्वविद्यालय र उद्योगबीचको व्यवहारिक सहकार्यको सपनाको सम्झना गर्दै उक्त सपनालाई मूर्तरूप गर्न वर्तमान पुस्ताले मन, वचन र कर्मले लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो । समारोहमा बोल्दै फ्ल्युर हिमालयन लिमिटेडका प्रबन्ध निर्देशक श्री अजयबहादुर प्रधानाङ्गले दुवै संस्थाबीचको सहकार्य प्रारम्भमा साना तर सुदृढ पाइलाका साथ अघि बढ्ने र भविष्यमा व्यापकता हासिल गर्दै जाने आशा प्रकट गर्नुभयो । समारोहमा बोल्दै त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पसका प्राचार्य डा. शिवमङ्गल प्रसाद तथा वरिष्ठ आयुर्वेद चिकित्सक डा. रमेश मिश्रले जडीबुटीजन्य औषधिको वैज्ञानिक अनुसन्धान हुनुपर्नेमा जोड दिनुभएको थियो ।

यसै अवसरमा पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डीन डा. अमर नागिलाको नेतृत्वमा रहेको उप प्रा. गणेश ढकाल र अतिस कौण्डिन्न्यायन संलग्न टोलीले फ्ल्युर हिमालयन लिमिटेडको स्थलगत भ्रमण समेत गरेको थियो । फ्ल्युर हिमालयन लिमिटेडका तर्फबाट अनुसन्धान वैज्ञानिक श्री धीरेन्द्र साहले भ्रमणको सहजीकरण गर्नुभएको थियो । 

पोखरा विश्वविद्यालयको रजतजयन्ती तथा २६ औं स्थापना दिवस सम्पन्न

पोखरा विश्वविद्यालयको रजतजयन्ती तथा २६ औं स्थापना दिवस सम्पन्न

२०७९ साल श्रावण १ गते आइतबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालयको रजतजयन्ती तथा २६ औं स्थापना दिवस सम्पन्न भएको छ । पोखरा विश्वविद्यालयको प्राज्ञिक भवन कम्प्लेक्समा आयोजित उक्त समारोहलाई माननीय शिक्षा, विज्ञान तथा मन्त्री देवेन्द्रराज पौडेलले पानसमा दियो बाली उद्घाटन गर्नुभयो । उक्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले उच्च शिक्षामा देखिने विकृतिलाई उचित सम्बोधन गरी सबै मिलेर हल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालय देशको आर्थिक तथा सामाजिक रूपान्तरणको एक शसक्त माध्यम भएकोले यस्तो क्षेत्रलाई बन्धक बनाउन नहुने बताउनुभयो । शिक्षामन्त्रीले विश्वविद्यालयमा हुने तालाबन्दीलाई सधैका लागि अन्त्य गर्नुपर्ने उल्लेख गर्दै उहाँले समस्याको हल वार्ता, सहमति र सम्वाद नै रहेको उल्लेख गर्नुभयो । उहाँले तालाबन्दीले विश्वविद्यालयको पठनपाठन, परीक्षाप्रणाली र प्रशासनिक कार्यहरू अबरूद्ध गर्नेहुँदा यस्ता कार्य कोहि कसैबाट हुनु राम्रो होइन भन्नुभयो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले विश्वविद्यालयलाई यो अवस्थामा ल्याई पु¥याउन योगदान गर्नुहुने पूर्व पदाधिकारी, शिक्षासेवी, उद्योगपति, व्यापारी सबैमा हार्दिक आभार प्रकट गर्दै विश्वविद्यालयको सम्बृद्धिका लागि सबैले रचानात्मक कार्य गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पोखरा विश्वविद्यालयका रजिष्ट्रार सह–प्रा.डा. दिपकबहादुर भण्डारीले विश्वविद्यालयको चिनारी एवम् समग्र कार्यक्रमको सम्बन्धमा प्रकाश पार्नुभयो । यसका साथै विश्वविद्यालयको स्थापनाकालको महत्वपूर्ण सन्दर्भका विषयमा पोखरा विश्वविद्यालयका पूर्व सभासद् एवम् शिक्षाविद् अशोक पालिखे र पूर्व सभासद् एवम् उद्योगपति आनन्दराज मूल्मीले मन्तव्य राख्दै विश्वविद्यालयको विकास र सुधारको बारेमा प्रकाश पार्नुभयो । विश्वविद्यालयका पूर्व उपकुलपतिहरू प्रा.डा. केशर जङ्ग बराल, प्रा. खगेन्द्रप्रसाद भट्टराई र प्रा. चिरञ्जीवी प्रसाद शर्मा, पूर्व रजिष्ट्रार प्रकाशमान गुभाजूले आफ्नो कार्यकालमा गरेका कार्यहरू र उपलब्धीका बारेमा चर्चा गर्नुभयो । कार्यक्रममा पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायका डीन सह–प्रा. राजेशकुमार ठगुराठीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

उक्त कार्यक्रममा “नेपालमा शिक्षाको रूपान्तरणः आयामहरू, गतिशिलता र निर्धारकहरू” नामक पोखरा विश्वविद्यालय रजतजयन्ती स्मारिका बुकको माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विमोचन गर्नुभयो । स्मारिकाका प्रधान सम्पादक पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. नमराज धामीले स्मारिकाका बारेमा प्रकाश पार्नुभयो ।

विश्वविद्यालयको प्राज्ञिक भवन कम्प्लेक्सको हाताभित्र आयोजित २६ औं विश्वविद्यालय दिवसमा पूर्व उपकुलपतिहरू प्रा.डा. केशर जङ्ग बराल, प्रा. खगेन्द्रप्रसाद भट्टराई, प्रा. चिरञ्जीवी प्रसाद शर्मालाई प्रमाणपत्र, दोसल्ला, माला र अविरले सम्मान गरियो । त्यसै गरी विश्वविद्यालयको स्थापनार्थ सहयोग गर्ने महत्वपूर्ण व्यक्तित्वहरू अशोक पालिखे, आनन्दराज मुल्मी, विकल शेरचन, प्रेमबहादुर श्रेष्ठ, जर्न जोन, रामचन्द्र पोखरेल, माधव शर्मालाई प्रमाणपत्र, दोसल्ला, माला र अबीरले सम्मान गरियो । यसैगरी पूर्व रजिष्ट्रारहरू सह–प्रा. गोविन्द प्रसाद शर्मा, प्रा.डा. मानबहादुर के.सी., प्रा.डा. ओम प्रकाश शर्मा, प्रकाशमान गुभाजू एवम् पूर्व डीनहरू डा. कर्णवीर पौडेल, व्यवस्थापन सङकाय, उप–प्रा. बुद्धिराज जोशी, विज्ञान तथा प्रविधि सङ्काय, सह–प्रा. डा. खेमराज जोशी, स्वास्थ्य विज्ञान सङ्काय, प्रा. हरिबहादुर खड्का, व्यवस्थापन सङ्काय र प्रा.डा. इन्द्रप्रसाद तिवारीलाई प्रमाणपत्र, दोसल्ला, माला र अबिरले सम्मान गरियो ।

यसै गरी सम्मानित व्यक्तित्वहरूमा पूर्व परीक्षा नियन्त्रकहरू सह–प्रा. डा. भरतराम ढुङ्गाना, सह–प्रा. बलराम भट्टराई, मिलन कुमार बैद्य, पूर्व कार्यकारी निर्देशकहरू– उप–प्रा. टेकबहादुर क्षेत्री, अन्तर्राष्ट्रिय केन्द्र, सह–प्रा. गुलाम मोहम्मद खाँन, अनुसन्धान केन्द्र, सह–प्रा. राजेशकुमार ठगुराठी, पाठ्यक्रम विकास केन्द्र र सह–प्रा. उमेशप्रसाद गुप्ता, अनुसन्धान केन्द्र तथा स्कूल निर्देशकहरू प्रा.डा. निर्मला जमरकट्टेल, स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेज, सह–प्रा.डा. डमरू प्रसाद पनेरू, स्कूल अफ हेल्थ एण्ड एलाईड साइन्सेज, सह–प्रा. डा. रविन्द्र घिमिरे, स्कूल अफ बिजनेश र उप–प्रा. अर्जुन गौतम, स्कूल अफ ईञ्जिनियरिङ्, उप–प्रा.डा. अनन्तराज ढुङ्गाना, स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्लाई प्रमाणपत्र, दोसल्ला, माला र अबिरले सम्मान गरियो ।

त्यस्तै गरी सेवा प्रवेशमा जेष्ठताको आधारमा प्रा. हरिबहादुर खड्का, स्कूल अफ बिजनेश र सह–प्रशासक (लेखा) यादव थापालाई प्रमाणपत्र, दोसल्ला, माला र अबिरले सम्मान गरियो । कार्यक्रममा फुटबल, म्याराथुन दौड लगायतका विभिन्न कार्यक्रममा प्रथम हुने शिक्षक तथा कर्मचारीहरूलाई नगद तथा प्रमाणपत्र प्रदान गरियो ।

उक्त दिवसको कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व उप–प्रशासक विकास बहादुर कार्कीले आफूले पाउने बाँकी रहेको सेवासुविधाबाट स्वास्थ्य विज्ञान सङ्कायका पुस्तक खरिद स्वरूप रू. एकलाख नगदको “विकास बहादुर कार्की अक्षय कोष” को स्थापनाका लागि विश्वविद्यालयलाई रकम हस्तान्तरण गर्नुभयो ।

कार्यक्रमममा प्रमुख अतिथि माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई मायाको चिनो प्रदान गरियो । कार्यक्रममा स्कूलका विद्यार्थीहरूले नृत्य र गाना प्रस्तुत गरेका थिए । कार्यक्रमको शुरूवात राष्ट्रिय गान बजाएर शुरू गरियो ।

कार्यक्रममा विश्वविद्यालयका पदाधिकारीहरू, शिक्षक तथा कर्मचारी, विद्यार्थी, पूर्व सभामुख तारानाथ रानाभाट, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, विश्वविद्यालय स्थापनार्थ सहयोग गर्नुहुने महानुभावहरू, राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय र नगरस्तरीय प्रतिनिधिहरू, विश्वविद्यालयका आङगिक, संयुक्त आङ्गिक, सम्बन्धनप्राप्त महाविद्यालयका प्राचार्यहरू, विश्वविद्यालयका वर्तमान सभासद्हरू, उच्चपदस्थ व्यक्तिहरू, स्थानीय समाजसेवीहरू र पत्रकार आदिको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चाल स्कूल अफ हेल्थ एलाईडका उप–प्रा. अतिस कौडिन्नायनले गर्नुभएको थियो ।

कार्यक्रमका तस्विरहरूः

« of 2 »

 

“द्रुत रूपमा परिवर्तन भएको संसारमा व्यक्तिगत रूपान्तरण” विषयक प्रशिक्षात्मक कार्यक्रम सम्पन्न

“द्रुत रूपमा परिवर्तन भएको संसारमा व्यक्तिगत रूपान्तरण” विषयक प्रशिक्षात्मक कार्यक्रम सम्पन्न

२०७९ असार १९ गते आइतबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालयले रजत जयन्तीको अवसरमा “द्रुत रूपमा परिवर्तन भएको संसारमा व्यक्तिगत रूपान्तरण” विषयक प्रशिक्षात्मक कार्यक्रमको आयोजना गरेको छ । पोखरा विश्वविद्यालयको केन्द्रीय पुस्तकालयमा आयोजित उक्त कार्यक्रमको प्रमुख प्रशिक्षकमा आध्यात्मिक गुरू डा. चिन्तामणि नाथ योगि तथा आध्यात्मिक चिन्तक एवम् वैज्ञानिक प्राडा. बिशाल सिटौला हुनुहुन्थ्यो ।

प्रशिक्षात्मक कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले व्यक्तिगत तथा सामाजिक रूपान्तरणका लागि व्यक्तिमा चिन्तन मनन हुनुपर्नेमा जोड दिनुभयो । रूपान्तरणका लागि मन छुनुपर्ने उल्लेख गर्दै उपकुलपतिले प्राज्ञिक थलोमा मैले के गर्दैछु भन्ने कुरा बुझेर मात्र अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

विश्वविद्यालयका रजिष्ट्रार डा. दिपकबहादुर भण्डारीले जीवनोपयोगी कुरालाई समयमा नै सिक्नुपर्ने बताउनु भयो । उहाँले व्यक्तिले समयानुसार सोचाईमा परिवर्तन गर्दै ज्ञानलाई अद्यावधिक गर्दै जानुपर्नेमा जोड दिनुभयो । व्यक्तिगत कमी कमजोरी, गुण अवगुण सबैमा हुने तर तिनको समयमा नै पहिचान गरी अगाडि बढ्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रमका प्रमुख व्यक्तित्व डा. चिन्तामणि नाथ योगिले पोखरा विश्वविद्यालयमा सबैको अपनत्व रहेको उल्लेख गर्दै यहाँ सबैको सिर्जना, साधना र आत्मियता रहेको बताउनुभयो । उहाँले यहाँ बोलिने र लेखिने कुराको गहिरो महत्व छ भन्दै विश्वविद्यालय सुधार्न सबै सकारात्मक हुनुपर्छ भन्नुभयो । डा. योगिले व्यक्तिले आफ्नो जीवनको नक्सा आफै बनाउने हो भन्दै यसो गर्न नसके उसमा परिवर्तन हुनै नसक्ने बताउनुभयो । उहाँले आफ्नो जीवन व्यक्तिले आफै जिउने हो, आफ्नो भाग्य एवम् जीवन गोरेटो आफै बनाउने हो भन्दै व्यक्तिका हरेक निर्णयको भागिदार ऊ स्वयम् भएकोले उसलाई कसैका कुनै पनि कुराले दुखी गर्न नसक्ने बताउनु भयो । उहाँले सुन्दर मानव जीवनलाई खुम्चाएर होइन फुकाएर, बेखुसी भएर होइन खुसी भएर, हारेर होइन जितेर जिउनुपर्ने उहाँको तर्क थियो । हामीले एकपछि अर्को इच्छा पूर्ति गर्दै गर्दा पनि मन दुख्न छाड्दैन, इच्छा पूर्ति हुँदैनन्, यसको मूल जड भनेकोे दुष्टि, देह, मन र चित्तलाई शुद्ध राख्न नसक्नु हो उहाँको भनाई थियो । हामी गरीव देशमा गनिन्छौ, तर हामी गरीव छैनौं भन्दै उहाँले गुर्जो, अदुवा, बेसार पानी जस्ता चीज खाने हामीमा अद्भूत साहस, सोच्ने शक्ति, जीउने कला र ज्ञान रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रमका अर्का वक्ता प्रा.डा. बिशाल सिटौलाले पोखरा विश्वकै सुन्दर पर्यटकीय शहर भएको र यसको भ्रमणका लागि यूरोपियनहरू सपना देख्ने गरेको उल्लेख गर्नुभयो । उहाँले यहाँ आउने मानिसमा अलौकिक आनन्द र ज्ञान वृद्धि हुने उहाँको भनाई थियो । डा. सिटौलाले व्यक्तिगत रूपान्तरण बीना समाज र देश नबन्ने भन्दै मानिसले आफ्नो बानी, आदत बदल्नुपर्ने बताउनुभयो । परिवर्तनका लागि मानिसमा जागरूकता, करूणा, सहानुभूति, सेवाभाव, असल नियत र इच्छाशक्ति जस्ता गुणहरू आवश्यक रहेको उहाँको भनाई थियो । उहाँले मानिसका कारण नै जलवायु परिवर्तनजस्ता समस्या देखा परेको, प्राकृतिक विपत्तिहरू निम्तिएको, रोग व्याधीहरू फैलिएको, नरसंहार मच्चिएको र मानवता भन्ने चिज समेत हराउँदै गएको उल्लेख गर्नुभयो । मानिसमा स्वार्थी भाव, लोभ, मोह पलाउँदै गएकोले प्रकृति र सभ्यता नास हुँदै गएकोले यसलाई रोक्न उन्नत सोच र विचारसाथ अगाडि बढ्नुपर्नेमा उहाँको जोड थियो । जसरी झुसिल किराबाट रूपान्तरण भई पुतली बन्छ त्यसै गरी मानिस आध्यात्मिक चिन्तनका माध्यमले रूपान्तरण भई असल र ज्ञानी हुनुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखा प्रमुख सह–प्रा.डा. दिपकराज पौडेल तथा पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. नमराज धामीले व्यक्तिगत रूपान्तरणको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा पोखरा विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.दिपकचन्द्र वाग्ले, विश्वहिन्दु महासंघका उपाध्यक्ष शंकर खराल, शिक्षासेवी जगन्नाथ पौडेल लगायत पोखरा विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारी एवम् विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

जलवायु परिवर्तनः कारणहरू, प्रभावहरू र न्यूनिकरणका लागि आर्थिक साधनहरू विषयमा सेमिनार

जलवायु परिवर्तनः कारणहरू, प्रभावहरू र न्यूनिकरणका लागि आर्थिक साधनहरू विषयमा सेमिनार

२०७९ साल असार १७ गते शुक्रबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको सक्रियतामा जलवायु परिवर्तनः कारणहरू, प्रभावहरू र न्यूनिकरणका लागि आर्थिक साधनहरू विषयमा सेमिनार सम्पन्न भएको छ । अनुसन्धान केन्द्रको एपिसोडको ८ औं श्रृंखलाअन्तर्गत रहेको उक्त सेमिनारका प्रमुख वक्ता डा. गोविन्द राज तिमिल्सिना हुनुहुन्थ्यो । उहाँ विश्व बैंक, वाशिङ्टन, डिसीको विकास अनुसन्धान समूहका वरिष्ठ अनुसन्धान अर्थशास्त्री हुनुहुन्छ ।

सेमिनारमा पृथ्वीमा बढ्दै गएको तापमानले कसरी जलवायु परिवर्तन गरेको छ भन्ने विषयमा व्याख्या भयो । विश्वमा बढ्दै गएको जनसङ्ख्याले हरितगृह ग्याँस उत्सर्जन र जलवायु परिवर्तनमा ठूलो योगदान पु¥याएको देखिन्छ । मानवीय क्रियाकलापका कारण वनजङ्गलको विनाश, कोइला, खनिजजन्य इन्धनको अत्याधिक प्रयोग, औद्योगिकरण आदिमा वृद्धि हुँदै गएको छ र यसले मिथेन, नाइट्रस अक्साइड, कार्बन डाइअक्साइडजस्ता हरित गृह ग्याँस र ओजन तह विनास गर्ने क्लोरोफोरो कार्बन जस्ता अन्य विषाक्त ग्याँसको उत्सर्जन दिन प्रतिदिन वायुमण्डलमा बढ्दै गइरहेको छ । विषाक्त ग्याँस उत्सर्जनका कारण परावर्तित विकिरणहरू वायुमण्डलमै रोकिनाले पृथ्वीको तामक्रममा क्रमिक वृद्धि भइरहेको छ । जलवायु परिवर्तनले समाज, अर्थव्यवस्था र पारिस्थितिक प्रणाली (इकोसिस्टम) को सन्तुलनलाई अस्थिर तुल्याइ दिएको छ । जसले प्राकृतिक विपत्ति, जैविक विविधतामा ह्रास, मानव स्वास्थ्यमा जोखिम सिर्जना गरेको छ । हरित गृह ग्याँस उत्सर्जनको लागि चीन, संयुक्त राज्य अमेरिका, भारत, रसिया, जापान, जर्मनी, ईरान, दक्षिण कोरिया, साउदी अरेयिबा, इन्डोनेसिया आदि देश प्रमुख जिम्मेवार देखिन्छन् ।

डा. तिमिल्सिनाका अनुसार नेपालमा जलवायु परिवर्तनका कारण अतिवृष्टि, अनावृष्टि, लामो खडेरी, भू–क्षय, बाढी पहिरो, हिमताल विस्फोट, शितलहर, धेरै दिनसम्म कुहिरो लाग्ने, पानीका स्रोत सुक्ने, बन डढेलो लाग्ने आदि देखिएको छ । जलवायु परिवर्तनले रैथाने वनस्पतिहरूको लोपोन्मुखता, बासस्थानको क्षयीकरण, नयाँ मिचाहा प्रजातिका वनस्पतिहरूको फैलावट तथा रोग र किराको प्रकोपमा वृद्धि देखिएको छ । सेमिनारमा जलवायु परिवर्तनलाई न्यूनिकरण गर्न प्राकृतिक स्रोत तथा जैविक विविधताको संरक्षण र सम्बर्धन गर्ने, दिगो वातावरणीय सेवा सुनिश्चित गर्ने, कार्बन सञ्चिति बढाउने र हरितगृह ग्यास उत्सर्जन कम गर्ने खालका कार्यक्रमहरूको पहिचान गरी ज्ञान र सीप अभिवृद्धि गर्ने, अनुसन्धान र प्रविधि विकासका कार्यहरू पहिचान गर्न जोड दिइयो ।

सेमिनारमा जलवायु परिवर्तनलाई अनुकूलनसहित न्यूनीकरण गर्न सिओटू उत्सर्जन कम गर्न कार्बनको मूल्य निर्धारणसम्बन्धी विभिन्न नीति र उपायहरूको प्रस्तुतिकरण भयो । नेपालमा स्वदेशी रूपमा उत्पादित जलविद्युतसँग आयातित जीवाश्म इन्धनलाई प्रतिस्थापन गर्न कार्बन कर एक साधन हुनसक्ने विषयमा समेत छलफल र प्रस्तुतिकरण भएको थियो ।

सेमिनार गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान जिपास्ट र पोखरा यूनिभर्सिटी काउन्सिल अफ म्यानेजमेन्ट स्टुडेन्ट्स, स्कूल अफ बिजनेससँगको सहकार्यमा आयोजना भएको हो । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक, सह–प्राध्यापक डा. नमराज धामीले कार्यक्रमको उपादेयता र महत्वका बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा पोखरा विश्वविद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरूको उपस्थिति थियो ।

“दिगो शहरहरूमा आजीवन शिक्षा” विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न

“दिगो शहरहरूमा आजीवन शिक्षा” विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न

 २०७९ साल असार १७ गते शुक्रबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयको रजत जयन्तीको अवसर पारेर “दिगो शहरहरूमा आजीवन शिक्षा” विषयमा एक हप्ते प्रशिक्षण तालीम सम्पन्न भएको छ । पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायको आयोजनामा र इजिइए तथा यूरोपियन यूनियनको इरास्मस प्लस प्रोग्रामको सहयोगमा यही २०७९ असार ११ गतेदेखि सञ्चालित उक्त कार्यक्रमको उद्घाटन राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. बिनायक भद्राले गर्नु भएको थियो । तालिममा पोखरा महानगरपालिका, जिल्ला प्राविधिक कार्यालय कास्की, भिमाद नगरपालिका, शक्ला गण्डकी नगरपालिका, ब्यास नगरपालिका, पोखरा विश्वविद्यालय स्कूल अफ ईञ्जिनियरिङ्ग, मध्य नेपाल नगरपालिका एवम् विभिन्न अनुसन्धान एवम् प्राविधिक परामर्शदाता इञ्जिनियर एवम् आर्किटेक्टहरू गरी २३ जनाको उपस्थिति थियो । कार्यक्रमका प्रमुख प्रशिक्षकहरूमा योजनाकार एवम् त्रिभुवन विश्वविद्यालय, पुल्चोक क्याम्पसका सह–प्रा. डा. सञ्जय उप्रेती, पोखरा विश्वविद्यालय स्कूल अफ ईञ्जिनियरिङ्गका उप–प्रा. एवम् विज्ञान तथा प्रविधि सङ्काय पोखरा विश्वविद्यालयका पूर्व डीन बुद्धिराज जोशी र योजनाकार वर्षा श्रेष्ठ हुनुहुन्थ्यो । प्रशिक्षण कार्यक्रम २ दिन भौतिक उपस्थिति र ५ दिन अनलाइन विधिबाट सञ्चालन भएको थियो ।

प्रशिक्षण अवधिमा प्रशिक्षार्थीहरूलाई सहरी परिभाषा, सहरी योजनाको परिचय, क्षेत्रीय योजना, दिगो विकासको अवधारणा, लक्ष्य, उद्देश्यका बारेमा प्रस्तुति दिइएको थियो । यसका साथै सहरीकरण, सहरी वृद्धि प्रवृत्ति र चुनौतीहरू, सहरीकरणको विश्वव्यापी र क्षेत्रीय सन्दर्भ, दिगो शहर र प्रकारहरू, कम कार्बन सिटी/हरित सहर/स्मार्ट सिटी, दिगो भूमि प्रयोग, पानी, यातायात, फोहोर, हरियो भवन/आवासको सन्दर्भमा समेत प्रशिक्षार्थीहरूलाई प्रस्तुतिकरण गरिएको थियो । नेपालमा दिगो सहर योजना, दृष्टिकोण, दिगो भूमि प्रयोग, ल्याण्ड पूलिङ्, दिगो पानी, आपूर्ति, फोहोर व्यवस्थापन र आवासका आधारभूत तथ्यहरूको अवस्थालाई समेत प्रशिक्षणमा प्रस्तुति गरिएको थियो ।

कार्यक्रमको समापन समारोहमा पोखरा विश्वविद्यालयका रजिष्ट्रार सह–प्रा. डा. दिपकबहादुर भण्डारी, पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायका डीन सह–प्रा. राजेशकुमार ठगुराठी, पोखरा विश्वविद्यालय स्कूल अफ ईञ्जिनियरिङ्गका स्कूल निर्देशक उप–प्रा. ओम प्रकाश गिरी, योजनाकार एवम् त्रिभुवन विश्वविद्यालय, पुल्चोक क्याम्पसका सह–प्रा. डा. सञ्जय उप्रेती, नेपाल ईञ्जिनियरिङ्ग एसोसिएशनका गण्डकी प्रदेश सदस्य ई. रविन्द्र लाल मुल र प्रशिक्षार्थी कृष्ण घिमिरेले कार्यक्रमको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन स्कूल अफ ईञ्जिनियरिङ्ग, पोखरा विश्वविद्यालयका उप–प्राध्यापक एवम् पूर्व स्कूल निर्देशक ई. अर्जुन गौतमले गर्नुभएको थियो ।

१ अर्ब ४६ करोडको बजेट पारित गर्दै पोखरा विश्वविद्यालयको २२ औं सभा सम्पन्न

१ अर्ब ४६ करोडको बजेट पारित गर्दै पोखरा विश्वविद्यालयको २२ औं सभा सम्पन्न

२०७८ साल असार १४ गते मङ्गलबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयको २२ औं साधारण सभाको बैठक सम्माननीय प्रधानमन्त्री एवम् पोखरा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटार, काठमाडौंमा बसी सम्पन्न भएको छ ।

सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सुन्दर नगरी पोखरामा अवस्थित पोखरा विश्वविद्यालय मुलुककै उच्चशिक्षाको एउटा गहना रहेकोले समाजलाई समुन्नत बनाउन र मुलुकलाई विकासको पथमा डोर्याउन यसको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

मुलुकमा दिगो शान्ति र राजनीतिक स्थायित्व कायम नभएसम्म विकासले गति लिन नसक्ने भन्दै प्रधानमन्त्रीले यसको लागि विश्वविद्यालयहरूको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । उहाँले दक्ष जनशक्ति उत्पादन गरी शिक्षित बेरोजगार अन्त्य गर्ने संस्था भनेका विश्वविद्यालयहरू नै हुन भन्दै शैक्षिक क्षेत्र अस्तव्यस्त र दिशाहीन बनेमा यसको घाटा भनेको तपाई हामी र मुलुकलाई नै हो भन्नुभयो । त्यसैले सकारात्मक सोच लिएर विश्वविद्यालयको विकास र विस्तारमा सबैले साथ सहयोग दिनुपर्नेमा उहाँको जोड थियो । उहाँले विश्वविद्यालयले पनि स्थानीय सरकार, महानगरपालिकहरूसँग समन्वय गरी अगाडि बढ्न सकेमा यसले यस गति लिने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले उच्चशिक्षालाई देशको आवश्यकतामुखी, रोजगारमुखी, व्यवहारिक, गुणस्तरीय र विश्वका उत्कृष्ट विश्वविद्यालयका समकक्ष बनाउन सरकार दृढ संकल्पित रहेको उल्लेख गर्दै शैक्षिक क्षेत्रमा देखिने विसंगतीको अन्त्य गर्दै शिक्षामा गुणस्तर अभिवृद्धि गर्ने कार्यमा सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सभाले विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम एवम् रजिष्टार डा. दिपकबहादुर भण्डारीद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को लागि कुल १ अर्ब ४६ करोडको बजेट स्वीकृत गरेको छ ।

स्वीकृत बजेटमा पूँजीगत खर्चतर्फ रू. ६४ करोड ३ लाख ५७ हजार र साधारण तर्फ जम्मा रू. ८१ करोड ९६ लाख ४३ हजार रहेको छ ।

सभाले विश्वविद्यालयको सम्बन्धनप्राप्त महाविद्यालयहरुलाई बढीमा दुईवटा कार्यक्रम/समुह (सेक्सन) प्रतिस्थापन तथा थप गर्ने गरी महाविद्यालयहरुलाई सङ्काय विशिष्टिकरण गर्ने विश्वविद्यालयको नीतिलाई परिमार्जन गरी सम्बन्धित महाविद्यालय/कलेजहरुलाई स्वैच्छिक अवसर दिई सोको बाँकी प्रक्रिया अगाडि बढाउन स्वीकृति प्रदान गरेको छ । साथै दश वर्षदेखि रोकिएको नयाँ महाविद्यालयहरूको सम्बन्धन प्रक्रियालाई समेत सभाले खुला गर्ने नीति अवलम्बन गरेको छ र मौजुदा सम्बन्धन शुल्कमा समेत परिवर्तन भएको छ ।

त्यसै गरी सभाले विशेष मौका परीक्षाको व्यवस्था गर्न स्वीकृति प्रदान गर्दै विशेष मौका परीक्षामा सहभागी विश्वविद्यालयको १८ औं साधारण सभाको वैठकबाट भएको निर्णय बमोजिम विद्यार्थीको योग्यता, विद्यार्थीका सीमा, सर्त र परीक्षा सञ्चालनका विधि र प्रकृयाहरु अवलम्बन गर्नु पर्ने व्यवस्था गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा विश्वविद्यालयले भौतिक निर्माण र पूर्वाधार विकासमा जोड दिएको छ । जसमध्ये सञ्चालन हुन लागेको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका साथै केन्द्रीय कार्यालय प्रशानिक भवनमा दुई तला थप, परीक्षा नियन्त्रण कार्यालयको लागि थप भवन निर्माण, मुँसेटुडामा रहेको जग्गाको विस्तृत गुरू योजना अनुसार ५ हजार विद्यार्थी पठनपाठन गर्ने क्षमताका प्राज्ञिक भवन तथा शैक्षिक भवन निर्माण र तिनलाई चाहिने आवश्यक पूर्वाधार निर्माणको गुरू योजनाको लागि बजेट विनियोजन रहेको छ ।

२२ औं सभाले स्वीकृत गरेबमोजिम यसै शैक्षिकसत्रदेखि मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत कानुन विषयमा Bachelor of Arts – Bachelor of Laws (BA LLB) कार्यक्रम र शिक्षा विषयमा Post Graduate Diploma in Pedagogical Science (PGDPS) कार्यक्रम; स्वास्थ्य विज्ञान सङ्कायअन्तर्गत BSc Medical Imaging Technology (BSc MIT) कार्यक्रम; विज्ञान तथा प्रविधि सङ्कायअन्तर्गत PhD in Engineering कार्यक्रम र MSc Sanitary Engineering कार्यक्रम; मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत PhD in Development Studies तथा व्यवस्थापन सङ्कायअन्तर्गत PhD in Management   कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

विश्वविद्यालयले सरकारको नीति अनुरूप मेडिकल कलेजको सञ्चालन प्रक्रिया अगाडि बढाउने छ । साथै विभिन्न सङ्कायमा सञ्चालित स्नातक र स्नातकोत्तर तहका आङगिक कार्यक्रमहरूको सबलीकरण हेतु सरकार, सरोकारवाला एवम् स्थानीय निकायको सहभागितामा भूगोलको विशेषता र सम्भाव्यताको अध्ययन गरेर देशका ७ वटै प्रदेशमा आवश्यकता अनुसार आङ्गिक महाविद्यालयहरूको विस्तार गरिने भएको छ ।

यसै गरी पोखरा विश्वविद्यालयका सम्बन्धनप्राप्त महाविद्यालयहरूलाई आवश्यकता अनुसार सामूदायिक तथा निजी महाविद्यालयको रूपमा वर्गीकरण गरिनेछ र सामूदायिक महाविद्यालयको सञ्चालनलाई स्थानीय सरकार र संघसंस्थाको सहयोगमा मुनाफारहित महाविद्यालयको रूपमा व्यवस्थित गर्ने नीति अवलम्बन गरिनेछ । पोखरा विश्वविद्यालयले दिने छात्रवृत्तिलाई सरकारले अवलम्बन गरेको नीति अनुरूप योग्यता र समावेशिताका आधारमा वर्गीकरण गरी छात्रवृत्ति प्रदान गर्ने आधार निर्माण गरिनेछ ।

२२ औं सभाका तस्विरहरूः

दक्षिण एशियामा प्राकृतिक र सांस्कृतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

दक्षिण एशियामा प्राकृतिक र सांस्कृतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

२०७९ साल असार ३ गते शुक्रबार, पोखरा–३०, कास्की ।
पोखरामा दक्षिण एशियामा प्राकृतिक र सांस्कृतिक सम्पदासम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबार सम्पन्न भएको छ । असार २ र ३ गते दुई दिनसम्म चलेको सो सम्मेलनमा प्रस्तुतिकरण र सामूहिक छलफल भएको थियो । सम्मेलनलाई पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय एवम् त्रिभुवन विश्वविद्यालय पृथ्वी नारायण क्याम्पस, पोखराले संयुक्त रूपमा आयोजना गरेका हुन ।

दक्षिण एसियाली अध्ययनका विभिन्न पक्षका अन्तरविषयमा सहभागि विद्वानहरूले प्रस्तुतिकरण र सामूहिक छलफल गरेका थिए । सम्मेलनले दक्षिण एसियाली अध्ययनसँग सम्बन्धित १) संग्रहालय र स्मारकहरू, २) आदिवासी, भाषा र साहित्य, ३) पर्यटन, वातावरण र इकोक्रिटिकिजम्, ४) सिनेमा, प्रदर्शन र दृष्यकला तथा ५) नयाँ मिडिया, सञ्चार र साइबर संस्कृतिलाई निचोडको रूपमा प्रस्तुत गर्नेछ । सम्मेलनमा प्रस्तुत भएका दक्षिण एसियाका विविध सांस्कृति, इतिहास, भाषा र साहित्यसँग सम्बन्धित विषयका अनुभव र अन्वेषणलाई एकत्रित गरी जर्नल प्रकाशित हुनेछ । नेपाल यात्रु र साहसिक यात्रा खोज्नेहरूका लागि पनि उत्कृष्ट गन्तव्य स्थल रहेको र यहाँको समृद्ध सम्पदा, साहसिक कार्य, प्राकृतिक एवम् सांस्कृतिक सम्पदा र विविधताका विभिन्न पक्षहरूलाई समेत विश्वसामू ल्याउन सम्मेलन फलिभूत हुने विश्वास लिइएको छ ।

सम्मेलनमा ६ वटा विभिन्न देशहरू–नेपाल, भारत, चीन, भुटान, बंगलादेश र इटालीका १५ वटा विश्वविद्यालयहरूबाट कुल ८६ जना प्राध्यापक, विद्वान, स्वय्सेवक एवम् अनुसन्धानकर्ताहरू सहभागि थिए । सम्मेलनमा कुल ३५ वटा पेपरहरू प्रस्तुत भएका थिए । सम्मेलनमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, नेपालका अंग्रेजी केन्द्रीय विभागका प्रा.डा. अभि सुवेदी प्रमुख वक्ता हुनुहुन्थ्यो ।

पाँचवटा सत्रमा चलेको सम्मेलनको सत्रको अध्यक्षता प्रा.डा. अभि सुवेदी, प्रा.डा. जिवलाल सापकोटा, प्रा. विश्वराज अधिकारी, प्रा.डा. धु्रव कार्की र प्रा.डा. मोम्मद इस्लामले गर्नुभएको थियो ।

उद्घाटन सत्रको अध्यक्षता पृथ्वी नारायण क्याम्पसका अंग्रेजी विभागका प्रमुख सह–प्रा. घनबहादुर थापाले गर्नुभएको थियो । त्यसको प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिव लाल भुसाल हुनुहन्थ्यो । त्यसैगरी समापन समारोहको अध्यक्षता पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डीन सह–प्रा.डा. अजय थापाले गर्नुभएको थियो । त्यसको प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल हुनुहुन्थ्यो ।

सम्मेलनको आयोजक समितिको संयोजकमा पृथ्वी नारायण क्याम्पसका अंग्रेजी विभागका प्रमुख सह–प्रा. घनबहादुर थापा र वैज्ञानिक समितिको संयोजकमा प्रा.डा. मिन पुन हुनुहुन्थ्यो ।

सम्मेलनका केही तस्विरहरूः

 

 

 

 

 

 

समुदायलाई सूचना प्रविधि साक्षरता र सीप तालिम दिंदै विश्वविद्यालय

समुदायलाई सूचना प्रविधि साक्षरता र सीप तालिम दिंदै विश्वविद्यालय

२०७९ साल जेठ २२ गते सोमबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयले रजतजयन्तीको विशेष कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका वडा नं. ३० का स्थानीय महिलाहरूलाई समसामयिक विषयमा सूचना प्रविधि साक्षरता र सीप तालिम दिने भएको छ । पोखरा विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा स्थानीय गृहिणी महिलाहरूलाई भेला पारेर यस्तो जानकारी दिइएको हो । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा आयोजित उक्त कार्यक्रमको उद्घाटन सत्रमा स्थानीय २१ जना गृहिणी महिलाहरू सहभागि थिए । पोखरा महानगरपालिका वडा न. ३० सँग समन्वय गरी दुई हप्तासम्म चल्ने सूचना प्रविधि साक्षरता र सीप तालिम विश्वविद्यालयको इन्फरमेशन एक्सेस सेन्टरमा सञ्चालन हुनेछ ।

चुलो चौका सँगसँगै आधुनिक सूचना तथा प्रविधिसँग गृहिणीलाई परिचित गराउनु यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ । प्रविधि मैत्री मोबाइल, ल्यापटप, कम्प्यूटरको प्रयोगबाट अनलाइन व्यापार व्यवसाय सञ्चालन कसरी गर्न सकिन्छ, डिजिटल वालेट, डेबिट वा क्रेडिट कार्र्ड, ई–बैकिङ्ग, मोबाइल बैकिङ्ग, अटोमेटेड टेलर मेशिन (एटिएम) आदिबाट डिजिटल भुक्तानी कसरी गर्न सकिन्छ भन्ने बारेमा ज्ञान र तालिम दिइने छ । मोबाइलमा प्रयोग भएको प्रविधि र त्यसमा भित्रिएको नयाँ नयाँ आयामको बारेमा गृहिणीलाई ज्ञान र सीप दिइने छ ।

यस कार्यक्रमको माध्यमबाट गृहिणीले इन्टरनेटसम्बन्धी र छिटो छरितो रुपमा सूचना आदान प्रदानसम्बन्धी ज्ञान हासिल गर्नेछन भने देश बिदेशमा रहेका आफ्ना श्रीमान्, छोराछोरी, नातागोता ईष्टमित्रसँग भिडियोमा कुराकानी, च्याट, डिजिटल रूपमा बिजुली, पानी, टेलिफोन आदिको बील भुक्तानी गर्न उनीहरू सक्षम हुने विश्वास विश्वविद्यालयले लिएको छ ।

कार्यक्रममा पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह–प्रा.डा. नमराज धामी, स्कूल अफ बिजनेशका स्कूल निर्देशक डा. सृजन ज्ञवाली, स्कूल अफ बिजनेशका उपप्राध्यापक दीपाञ्जल, श्रेष्ठ र सहभागि महिलाहरूको तर्फबाट इन्दिरा तिवारीले कार्यक्रमका बारेमा बोल्नु भएको थियो । कार्यक्रम सञ्चालन चनमति तामाङ्गले गर्नुभएको थियो ।

पोखरा विश्वविद्यालय र नाष्टबीच समझदारीपत्रमा हस्ताक्षर

पोखरा विश्वविद्यालय र नाष्टबीच समझदारीपत्रमा हस्ताक्षर

२०७९ जेठ २१ गते शनिबार, पोखरा–३० कास्की ।
पोखरा विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) बीच विज्ञान तथा प्रविधिको अध्ययन अनुसन्धानात्मक तथा शैक्षिक क्षेत्रका विधामा एक आपसमा सहयोग आदान प्रदान गर्ने उद्देश्यले हालै एक सझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा पोखरा विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल र नाष्टको तर्फबाट उपकुलपति डा. सुनिल बाबु श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो ।

समझदारी पत्रमा उल्लेख भएबमोजिम दुबै संस्थाबीच वैज्ञानिक तथा प्राविधिक जनशक्ति, सीप र भौतिक सुविधाहरूको यथोचित सदुपयोगमा सहयोग आदानप्रदान हुनेछ भने समसामयिक विषयहरूमा कार्यशाला गोष्ठी, तालिम, सेमिनार, अनुसन्धान परियोजना सञ्चालन गरिनेछ । यसका साथै विज्ञान तथा प्रविधिको विभिन्न क्षेत्रमा विश्वविद्यालयको स्नातकोत्तरतह एवम् विद्यावारिधिस्तरका शोध निर्देशन कार्यमा आपसी स्वीकृतिमा नास्टका उपलब्ध प्राज्ञ तथा वरिष्ठ वैज्ञानिकहरूको पनि संलग्नता गराइनेछ ।

समझदारी पत्रले दुबै संस्थालाई  संयुक्त रूपमा विज्ञान तथा प्रविधि उन्नययन, जैविक विविधता, पर्यावरण, दीगो शहरी विकाससम्बन्धी अध्ययन अनुसन्धानका लागि सहकार्य गरी अघि बढ्न बाटो समेत खोलेको छ ।

पोखरा विश्वविद्यालय शिक्षण अस्पताल निर्माणका लागि सम्झौता

पोखरा विश्वविद्यालय शिक्षण अस्पताल निर्माणका लागि सम्झौता

२०७९ जेठ २० गते शुक्रबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयले १०० शैयाको शिक्षण अस्पताललाई छिट्टै सञ्चालनमा ल्याउने भएको छ । शिक्षण अस्पतालको लागि आवश्यक पूर्वाधार निर्माण गर्न विश्वविद्यालयले हाल सञ्चालनमा रहेको छात्रावास भवनलाई परिमार्जन गर्ने सम्बन्धमा आज ठेक्का सम्झौता गरेको छ । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको समुपस्थितिमा विश्वविद्यालयका रजिष्ट्रार डा. दिपक बहादुर भण्डारी र सूर्य कन्स्ट्रक्सन कम्पनी प्रा.लि.का प्रबन्ध निर्देशक सूर्य नारायण बरालबीच एक औपचारिक कार्यक्रमबीच उक्त सम्झौता भएको हो । स्वास्थ्य संस्थाको भवन तथा पूर्वाधारसम्बन्धी मापदण्ड अनुरूप छात्रावास भवनलाई अस्पतालको रूपमा परिमार्जन गरिनेछ । अस्पतालको विस्तृत प्रारम्भिक वातावरणीय परीक्षण (आइइ) अध्ययनपछि ठेक्का सम्झौता भएको हो । ठेक्का सम्झौता रकम करिब सात करोड पचास लाख रहेको छ ।

अस्पताल भवनमा प्रशासनिक कार्यालय, बहिरङ्ग विभाग (ओपिडि), अन्तरङ्ग विभाग, आकस्मिक तथा शल्यचिकित्सा विभाग, सघन उपचार कक्ष, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी विभाग लगायत आवश्यक प्रतिक्षा कक्ष, सवारी साधन, पार्किङ्ग, पानी विद्युत, इन्टरनेटको व्यवस्थापन, फोहोर व्यवस्थापन आदिको व्यवस्था हुनेछ । अस्पताललाई चाहिने प्रशासनिक जनशक्ति, क्लिनिकल प्राविधिक जनशक्ति आदिका लागि विज्ञापन भई नियुक्ति गर्ने कार्य समेत अन्तिम चरणमा पुगेको छ । साथै अस्पतालको लागि चाहिने आवश्यक उपकरण तथा सामाग्रीहरूको खरिद योजना तयार भैसकेको छ । सम्झौताबमोजिम ठेकेदारले ६ महिनाभित्र अस्पताल निर्माणको कार्य सम्पन्न गर्नेछ । ओपिडि सञ्चालन भने आउँदो असारको पहिलो हप्ताबाटै सञ्चालन गर्ने विश्वविद्यालयको तयारी छ ।

केही तस्विरहरूः

 

अस्पताल निर्माण अन्तिम चरणमा, वातावरणीय परीक्षण अध्ययनका लागि सम्झौता

अस्पताल निर्माण अन्तिम चरणमा
वातावरणीय परीक्षण अध्ययनका लागि सम्झौता

२०७९ साल वैशाख १५ गते बिहीबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । पोखरा विश्वविद्यालयले पोखरा–३०, खुदी, ढुंगेपाटनमा आफ्नो १०० शैयाको शिक्षण अस्पताल निर्माणका लागि विस्तृत प्रारम्भिक वातावरणीय परीक्षण (आईई) अध्ययन प्रतिवेदन तयार गर्ने सम्बन्धमा आज सम्झौता गरेको छ । विश्वविद्यालयका रजिष्ट्रार डा. दिपक बहादुर भण्डारी र श्रेष्ठ कन्सल्टेन्ट प्रा.लि., ललितपुरका प्रबन्ध निर्देशक इन्द्रलाल श्रेष्ठबीच उक्त सम्झौता सम्पन्न भएको हो ।

यो वातावरणीय परिक्षणले अस्पतालको स्थापनाले स्थानीय क्षेत्रमा भौतिक, जैविक, सामाजिक–आर्थिक, जनस्वास्थ्य र सांस्कृतिक पक्षमा पर्न सक्ने सम्भावित वातावरणीय प्रभाव चाहे त्यो सकारात्मक वा प्रतिकूल होस्, त्यसको पहिचान, सम्भावना र विश्लेषण गर्नेछ । प्रतिकूल प्रभावहरूलाई न्यूनिकरण गर्नेतर्फ अध्ययन प्रतिवेदन केन्द्रीत हुनेछ । यस कार्यले परियोजना वा अस्पताल क्षेत्र र यसको वरपरका समुदायहरूलाई पर्यावरणीय स्रोतहरू, सामाजिक–आर्थिक र स्वास्थ्य लाभहरूमा सुधार पहुँच गर्न समेत मद्दत पुग्नेछ । वातावरणीय परीक्षण अध्ययन प्रतिवेदन चारमहिनाभित्र पुरा गर्नुपर्नेछ ।

पोखरा विश्वविद्यालय अस्पताल निर्माण एउटा वृहत योजना भएको र यसका आवश्यक पूर्वाधार निर्माण गर्न अझै केही वर्ष लाग्ने भएकोले विश्वविद्यालयले हालको छात्रावासलाई परिमार्जन गरी अस्पताल सञ्चालन गर्ने तयारी गरिरहेको छ । छात्रावासलाई स्थायी अस्पताल भवन नबनेसम्म १०० शैयाको अस्पतालको रूपमा प्रयोग गर्ने योजना स्वरूप विश्वविद्यालयले बोलपत्र समेत आव्हान गरिसकेको छ ।

व्यक्तिगत रूपान्तरण तथा तनाव व्यवस्थापनमा प्रशिक्षात्मक कार्यक्रम

व्यक्तिगत रूपान्तरण तथा तनाव व्यवस्थापनमा प्रशिक्षात्मक कार्यक्रम

२०७९ साल वैशाख ५ गते सोमबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयले रजतजयन्तीको अवसरमा व्यक्तिगत रूपान्तरण तथा तनाव व्यवस्थापनमा एक दिने प्रशिक्षात्मक कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रम पोखरा विश्वविद्यालयका उपकुलपति एवम् रजतजयन्ती मूल तयारी समितिका अध्यक्ष प्रा.डा. प्रेमनारायण अर्यालको अध्यक्षतामा लेखनाथ उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न भयो । उक्त प्रशिक्षात्मक कार्यक्रमलाई प्राज्ञ डा. चिन्तामणि योगी र स्वामी योगानन्दले प्रशिक्षण दिनु भएको थियो ।

पोखरा विश्वविद्यालयका उपकुलति प्रा.डा. प्रेमनारायण अर्यालले प्रशिक्षात्मक कार्यक्रमलाई पानसमा दियोबाली उद्घाटन गर्नु भयो । उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै उपकुलपतिले मान्छेको प्राण, कमाएको धनसम्पत्ति र उसको भौतिक शरीरको कुनै ठेगान नभएको तर उसले कमाएको नाम र प्रतिष्ठा अमर रहने हुनाले व्यक्तिगत चिन्ता र स्वार्थ छाडि सबै सत्कर्ममा लाग्नुपर्नेमा जोड दिनु भयो । उहाँले विश्वविद्यालयको प्रतिष्ठा अभिवृद्धिका लागि सम्बन्धित सबैले अनावश्यक रिस, राग, द्वेश र घृणा छोड्नुपर्ने बताउनुभयो । विश्वविद्यालय बनाउन सबै एकजुट हुनुपर्ने उल्लेख गर्दै उपकुलपतिले यसका लागि एकले अर्कालाई विश्वासमा लिई काम गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार डा. दिपक बहादुर भण्डारीले कम्प्यूटरमा हार्डवयर र सफ्टवयर भएजस्तै मान्छेको शरीररूपी हार्डवयरमा काम नलाग्ने विचारलाई हटाई नयाँ नयाँ सिर्जनात्मक एवम् सकारात्मक सोचहरूले मस्तिकलाई समयानूकुल रूपान्तरण गर्नुपर्ने बताउनुभयो । विश्वविद्यालयमा सकारात्मक सोचको विकासका लागि यस किसिमका कार्यक्रम फलदायी हुने उहाँको विश्वास थियो ।

प्रशिक्षक डा. चिन्तामणि योगीले मानिस परिवार मोह, माया प्रेम, तेरो मेरो, धनसम्पत्ति, प्रतिष्ठा आर्जनमै जीवन बिताउने गरेकोले उसले आफैले आफूलाई चिन्न नसकेको तर्क राख्नुभयो । उहाँले मानिस अरूको कारणले नभई आफ्नै कर्मले दुःखी र चिन्तित रहने गरेको उल्लेख गर्नुभयो । मानिसले पलभर पनि आफ्नो प्राण र शरीरलाई साथ दिन नसक्दा विभिन्न दुःख, कष्ट, पिडा र चिन्ताले ग्रस्त हुने गरेको डा. योगीले बनाउनु भयो । जबसम्म सकारात्मक र नकारात्मक सोच चिन्न सकिदैन, पवित्र र अपवित्र के हो बुझ्न सकिदैन, सत्कर्म र दुत्कर्म के हो छुट्याउन सकिदैन, तबसम्म मानिसले आफूलाई परिवर्तन गर्न नसक्ने उहाँको तर्क थियो । जुन काम आवश्यक छैन, जसलाई त्याग्दा जीवनलाई कुनै हानि हुँदैन त्यस्ताको प्रयोग गर्न मानिस बाध्य हुने गरेको र यसलाई परिवर्तन गर्न आत्मबल र दृढशक्ति हुनुपर्ने उहाँले बताउनुभयो । डा. चिन्तामणि योगिले पोखरा विश्वविद्यालय शिक्षा क्षेत्रको एउटा महत्वपूर्ण धरोहर भएकोले यसको प्रतिष्ठा अभिवृद्धिका लागि सहयोग र सहकार्यका लागि आफू सँधै लागि पर्ने बताउनुभयो ।

कार्यक्रमका अर्का प्रशिक्षक स्वामी योगानन्दले मानिस तनावै तनावमा जीउने गरेको उल्लेख गर्दै दीर्घ जीवनका लागि मानिसले तनावलाई व्यवस्थापन गर्नु अपरिहार्य रहेको उल्लेख गर्नुभयो । उहाँले योगा, भोजन शुद्धि, वाणि शुद्धि, परिवेश शुद्धि र सौचको सही प्रयोगले तनाव व्यवस्थापन गर्ने बताउनुभयो । मनको शुद्धि, साधना, सत्संग, संस्कार जस्ता विधि र प्रयोगले मानिसलाई ज्ञानी र कृपालु बनाउने उहाँको विचार थियो । मन चिन्ताबाट मुक्त गर्दै आनन्दित र पुलकित तुल्याउन लफिङ्ग थेरापी, मेडिटेशन र विभिन्न योगा विधिका बारेमा स्वामी योगानन्दले अभ्यास प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखा प्रमुख एवम् व्यक्तिगत रूपान्तरण तथा तनाव व्यवस्थापन प्रशिक्षात्मक कार्यक्रम तयारी समितिका संयोजक डा. दिपकराज पौडेलले जिम्मेवारीबाट पन्छिदैमा तनाव कम नहुने विचार राख्दै जिम्मेवारी निर्वाह गर्नुपनि तनाव व्यवस्थापनको एक पाटो रहेको आफूले बुझेको बताउनुभयो । डा. अर्जुनकुमार थापाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विश्वविद्यालयका विभिन्न पदाधिकारी, शिक्षक, कर्मचारी लगायत लगभग २०० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रमका अन्य तस्बिरहरूः

 

 

पोखरा विश्वविद्यालय रजत जयन्तीमा रचनात्मक कार्य गरिने

पोखरा विश्वविद्यालय रजत जयन्तीमा रचनात्मक कार्य गरिने

२०७८ चैत्र २२ गते मङ्गलबार, पोखरा–३०, कास्की ।

पोखरा विश्वविद्यालय स्थापनाको २५ औं वर्ष प्रवेशको उपलक्ष्यमा विश्वविद्यालयले रचनात्मक कार्य गरी रजतजयन्ती मनाउने भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको अध्यक्षतामा गठित रजिष्ट्रार, संकायका डीनहरू, परीक्षा नियन्त्रक लगायत अन्य पदाधिकारी, शिक्षक तथा कर्मचारीहरू सम्मिलित रजत जयन्ती मूल तयारी समितिले उक्त निर्णय गरेको हो । विश्वविद्यालयमा आज आयोजित एक समारोहमा उक्त जानकारी दिइएको हो । स्थानीय समाजसेवी, विश्वविद्यालयस“ग सम्बद्ध एवम् विश्वविद्यालय स्थापनार्थ विभिन्न किसिमले सहयोग गर्ने व्यक्ति एवम् संस्थाहरूसमेत समावेश गरी रजत जयन्ती मनाइने छ । रजत जयन्तीलाई समुदायसँग हातमालो गर्दै तनाव व्यवस्थापन, योग, रक्तदान, पूर्व विद्यार्थी भेला, सरसफाई, स्वास्थ्य शिविर, स्वास्थ्य साक्षरता अभियान सञ्चालन गरी रजत जयन्तीलाई समुदायसम्म पुर्याउने लक्ष्य विश्वविद्यालयको छ ।

यसका साथै २५ वर्षसम्म गरेका कार्यहरूलाई समेटि वृत्तचित्र निर्माण र त्यसको प्रचारप्रसारलाई समेत जोड दिइने छ । विश्वविद्यालयले मनाउन लागेको रजत महोत्सवमा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको वकृत्व कला, फुटबल, हाजिरी जवाफ, सांस्कृति कार्यक्रमजस्ता प्रतिभा प्रस्फुटन र मनोरञ्जनका कार्य समेत सञ्चालन गरिनेछ ।

विश्वविद्यालयको समग्र गतिविधिलाई समेट्ने गरी विश्वविद्यालयको प्रोस्पेक्टस्, रजत स्मारिका प्रकाशन गर्ने लक्ष्य विश्वविद्यालयले लिएको छ । विश्वविद्यालयको छविलाई प्रबद्र्धन गर्ने खालका टि–सर्ट, स्टीकर, लोगो, व्याज, कप, बलपेन, पेन होल्डर तथा क्याप प्रयोगमा ल्याइने छ ।

यसका साथै रजत जयन्ती सप्ताहमार्फत विश्वविद्यालय स्थापनामा विभिन्न तवरले सहयोग र योगदान गर्ने संस्था, व्यक्तित्व, पूर्व पदाधिकारीहरूको सम्मान गर्ने कार्यक्रमलाई अघि सारिएको छ । विश्वविद्यालयका कार्यक्रमलाई राष्ट्रव्यापी तुल्याउन राष्ट्रिय कार्यशाला गोष्ठी, सेमिनार, वार्ता, अन्तरक्रिया कार्यक्रमलाई पनि रजत जयन्ती महोत्सवमा समावेश गरिनेछ ।

ढकालको स्मृतिमा शोक सभा सम्पन्न

ढकालको स्मृतिमा शोक सभा सम्पन्न

२०७८ चैत्र २० गते आइतबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेशमा करार सेवामा विगत ५ वर्षदेखि अध्यापन गराउँदै आउनु भएका उप–प्राध्यापक विनोद बाबु ढकालको सम्झनामा आज विश्वविद्यालय प्राङ्गण लेखनाथमा एक शोक सभाको आयोजना गरियो । शोक सभामा पोखरा विश्वविद्यालय उप–कुलपति प्रा.डा. प्रेमनारायण अर्याल, व्यवस्थापन सङ्कायका डीन डा. दयाराज ढकाल, स्कूल अफ बिजनेशका स्कूल निर्देशक डा. श्रृजन ज्ञवाली, स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका स्कूल निर्देशक बिमला भट्ट, योजना तथा कार्यक्रम महाशाखा प्रमुख डा. दिपकराज पौडेलले स्वर्गीय ढकालको व्यक्तित्व र विश्वविद्यालयमा उहाँले पुर्याएको योगदानका बारेमा चर्चा र मृतात्माको चिरशान्तिको कामनासहित शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना गर्नुभएको थियो ।

उहाँको ३२ वर्षको उमेरमा यही चैत्र १८ गते शुक्रबार पोखरा–७, रत्नचोकस्थित आफ्नै निवासमा निधन भएको थियो । उहाँले पोखरा विश्वविद्यालयमा वि.सं. २०७३ सालदेखि कोर्ष करार एवम् करार सेवामा रही जैविक तथ्याङ्क विषयमा अध्यापनमा गराउँदै आउनुभएको थियो । स्वर्गीय ढकाल अविवाहित हुनुहुन्थ्यो ।

शैक्षिक एवम् प्रशासनिक भवनको गुरू योजना, डिजाइन र सुपरीवेक्षण कार्यको सम्झौता सम्पन्न

शैक्षिक एवम् प्रशासनिक भवनको गुरू योजना, डिजाइन र सुपरीवेक्षण कार्यको सम्झौता सम्पन्न

२०७८ साल फागुन ३० गते सोमबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयले पोखरा –३०, गगनगौंडास्थित मुसेटुँडामा रहेको जग्गाको संरक्षण गरी उक्त स्थानमा आवश्यक शैक्षिक एवम् प्रशासनिक भवन र पूर्वाधारहरूको निर्माणका लागि गुरू योजना, डिजाइन र सुपरीवेक्षण कार्यका लागि सम्झौता सम्पन्न गरेको छ । पोखरा विश्वविद्यालयमा हालै आयोजित एक कार्यक्रममा पोखरा विश्वविद्यालय र परामर्शदाता पेस कन्सल्टेन्ट प्रा.लि. महाराजगञ्ज, काठमाडौंबीच सो सम्बन्धमा सम्झौता भएको हो । सम्झौतामा पोखरा विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार डा. दिपकबहादुर भण्डारी र पेस कन्सल्टेन्ट प्रा.लि. का तर्फबाट सो संस्थाका प्रबन्ध निर्देशक विष्णुप्रसाद खनालले हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौताबमोजिम परामर्शदाताले पोखरा–३०, गगनगौंडास्थित मुसेटुँडामा अवस्थित २४१ रोपनी जग्गाको संरक्षण, गुरूयोजना, भवन र पूर्वाधारहरको विस्तृत ईञ्जिनियरिङ्ग र आर्किटेक्चरर डिजाइन, ड्रइङ्, घोतघोट खोलाको उचित संरक्षण, वाइपास, टेण्डर डकुमेन्टको तयारी तथा भवनहरूको सुपरीवेक्षण कार्य गर्नेछ । परामर्शदाताले भवन र पूर्वाधारहरूको डिजाइन कार्य पाँच महिनाभित्र सम्पन्न गरी पेश गर्नुपर्नेछ ।

यसका अतिरिक्त विश्वविद्यालयले हालको मौजुदा दुइतले नयाँ केन्द्रीय प्रशासनिक भवनलाई सुधार गर्ने र त्यसमाथि दुइतला थप गरी चारतले बनाउने, प्रतीकात्मक आकर्षक डिजाइनको केन्द्रीय कार्यालयमा रजत प्रवेशद्वार निमाण गर्ने तथा आन्तरिक सडक, फुटपाथ, ड्रेनेज, बगैचा र पार्किङ्ग लगायतको निर्माणको योजना अघि सारेको छ ।

पोखरा विश्वविद्यालयको १७ औं दीक्षान्त समारोह सम्पन्न, एघार हजार दुईसय अठसट्ठी विद्यार्थी दीक्षित

पोखरा विश्वविद्यालयको १७ औं दीक्षान्त समारोह सम्पन्न
एघार हजार दुईसय अठसट्ठी विद्यार्थी दीक्षित

२०७८ साल फागुन ८ गते आइतबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयको १७ औं दीक्षान्त समारोह सम्पन्न भएको छ । विश्वविद्यालयको दीक्षान्त समारोहमा विगत तीन वर्षदेखि विविध कारणले हुन सकेको थिएन । १७ औं दीक्षान्त समारोहको अध्यक्षता प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले गर्ने तय भएतापनि अन्तिम समयमा उहाँ सहभागि हुन नसकेपछि पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले गर्नुभएको थियो । समारोहमा शिक्षामन्त्री पनि आउने तय भएतापनि उहाँपनि उपस्थित हुन सक्नुभएन ।

दीक्षान्त समारोहको अक्ष्यक्षता गरिरहनु भएका पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले पोखरा विश्वविद्यालयको आफ्नै एउटा छुट्टै पहिचान रहेको र त्यो भनेको यसले नेपालका अरू विश्वविद्यालयको तुलनामा शैक्षिक पर्यटन र स्वास्थ्य पर्यटनको विकासमा महत्वपूर्ण योगदान दिन सक्दछ भन्ने रहेको उल्लेख गर्नुभयो । उहाँले पोखराकोे प्राकृतिक सम्पदा, मौलिकता तथा पहिचान झल्कने गरी शिक्षा, स्वास्थ्य, पर्यटन र उद्योगका विविध पक्षलाई समेटी पोखरा विश्वविद्यालयले आफ्ना नीति तथा कार्यक्रमहरूलाई विस्तार गर्दै लैजाने बताउनुभयो । दीक्षित विद्यार्थीलाई सम्बोधन गर्दै उपकुलपतिले भन्नुभयो– “तपाईहरू जस्ता जोश, जाँगर र सीपले निपुण दक्ष युवाहरू विकसित र समुन्नत राष्ट्र निर्माण गर्ने कार्यमा मजबूत आधार र बलियो खम्बा हो । भोलि देशलाई कस्तो बनाउने, कुन दिशामा लैजाने हो तपाईरूमा नै निर्भर गर्दछ ।” उपकुलपतिले आफ्नो सीप र दक्षतालाई विद्यार्थीले देशको गौरव तथा प्रतिष्ठा बढाउन सदुपयोग गर्नुपर्ने बताउनुभयो । यसका लागि प्रतिबद्धतासहित दत्तचित्त, कर्मठ र कर्तव्यपथमा अडिग र निर्भिक भएर लाग्न उहाँले विद्यार्थीलाई आग्रह गर्नुभयो ।

दीक्षान्त समारोहका प्रमुख अतिथि वरिष्ठ शिक्षाविद् एवम् काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माले गण्डकी प्रदेश प्राकृतिक सौन्दर्यतामा निकै बलियो रहेको, सांस्कृति र ऐतिहासिक दृष्टिकोणले पनि यो प्रदेश निकै धनि रहेको उल्लेख गर्नुभयो । उहाँले यस प्रदेशमा प्रखर चिन्तक, लेखक, कवि र विद्वानहरूको प्रचुरता रहेको, राम्रा विद्यापिठहरू पनि यहि रहेको तथा जलविद्युत उत्पादनमा पनि अग्रणी रहेको उल्लेख गर्नुभयो । उहाँले देश प्राकृतिक स्रोत र साधनले धनि हुँदाहुँदै पनि विज्ञान र प्रविधिमा पछि रहेको तथा जलस्रोत र यातायात क्षेत्रले पनि अपेक्षित गति लिन नसकेकोमा दुःख व्यक्त गर्नुभयो । देशमा युवा बेरोजगारीको कहाली लाग्दो अवस्था रहेको र व्यापार सन्तुलन घाटामा रहेको उल्लेख गर्दै उहाँले हामीलाई मागेर खाने होइन गरेर खाने शिक्षा चाहिएको उल्लेख गर्नुभयो । उहाँले हामीले देशभित्रै कृषि क्षेत्रमा क्रान्ति ल्याई उत्पादनलाई निर्यात गर्नुपर्ने र विदेशी सहायता रोक्नुपर्नेमा जोड दिनुभयो । यसका लागि देशभित्र उच्च, मध्यम र तल्लोस्तरको अत्यधिक दक्ष जनशक्ति आवश्यक पर्ने बताउँदै प्रविधि, स्वास्थ्य, सञ्चार, कृषि र निर्माण क्षेत्रको विकासमा मुलुकले गम्भिर भएर सोच्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

दीक्षान्त समारोहमा स्वागत मन्तव्य राख्दै मानविकी तथा सामाजिक शास्त्र संकाय डीन सह–प्रा. डा. अजय थापाले पोखरा विश्वविद्यालय गण्डकी प्रदेशको मात्र नभई उच्चशिक्षामा विशिष्टिकृत पहिचान दिदै आएको मुुलुकको एउटा महत्वपूर्ण शैक्षिक संस्था भएको बताउनु भयो । उहाँले पोखरा विश्वविद्यालयले सञ्चालन गरेका शैक्षिक कार्यक्रमहरू स्तरीय, रोजगारमुखी, बजारोन्मुख, उत्पादनमुखी र व्यवसायिक किसिमका रहेकाले यसले मुलुकको सर्वाङ्गिण विकासका लागि आवश्यक पर्ने विविध ज्ञान र सीपयुक्त दक्ष जनशक्तिको आपूर्तिलाई सहज तुल्याएको उल्लेख गर्नुभयो । उहाँले विद्यार्थी राष्ट्रका गहना र अमूल्य रत्न भएकाले आफ्नो कर्तव्यपथमा नडगमगाई निर्वाध स्वत–स्फूर्त रूपमा राष्ट्र निर्माण र परिवर्तनको संवाहकको रूपमा दीक्षान्त समारोहमा शपथ लिनुपर्नेमा जोड दिनुभयो ।

विश्वविद्यालयको प्राङ्गण, पोखरा–३०, खुदी ढुङ्गेपाटनमा आयोजित १७ औं दीक्षान्तको विशेष समारोहमा २०७५ चैत्र २० गतेपछि २०७८ साल फागुन महिनाको १ गतेसम्म ट्रान्स्क्रिप्ट लिएका विभिन्न शैक्षिक कार्यक्रमका तहपार गरेका कुल ११,२६८ जना विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो । दीक्षित विद्यार्थीमध्ये मानविकी तथा व्यवस्थापनतर्फको विद्यावारिधि तहमा तीन जना, विज्ञान तथा प्रविधि संकायको स्नातकोत्तरतहमा ४९४ जना र स्नातकतहमा २,५२१ जना र स्वास्थ्य विज्ञान संकायको स्नातकोत्तरतहमा ८४ जना र स्नातकतहमा १,०१४ जना छन् । त्यसैगरी मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गतको एमफिल तहमा ९७ जना, स्नातकोत्तरतहमा ९३ जना र स्नातकतहमा ५७ जना तथा व्यवस्थापन संकायको स्नातकोत्तरतहमा १,६९६ जना र स्नातकतहमा ५२०५ जना विद्यार्थी दीक्षित भएका छन् ।

दीक्षान्तमा विभिन्न विधाका ९३१ जना विद्यार्थी डीन लिष्टमा पर्न सफल भए । जसमध्ये व्यवस्थापन संकायको स्नातकोत्तरतहमा २१९ जना र स्नातकतहमा ३९० जना, स्वास्थ्य विज्ञान संकायको स्नातकोत्तरतहमा १८ जना र स्नातकतहमा ९५ जना, विज्ञान तथा प्रविधि संकायको स्नातकोत्तरतहमा ५७ जना र स्नातकतहमा १३६ जना, मानविकी तथा सामाजिकशास्त्र संकायको एमफिलतहमा ५ जना, स्नातकोत्तरतहमा ६ जना र स्नातकतहमा ५ जना विद्यार्थी छन् ।

दीक्षान्त समारोहमा विद्यावारिधि तहमा सर्वोकृष्ट अंक प्राप्त गर्ने ३ जनालाई कुलपति पदक, स्नातकतहका विभिन्न विधामा सबैभन्दा उच्च अंक प्राप्त गर्ने ८ जनालाई उपकुलपति पदक र स्नातकोत्तरतहका विभिन्न विद्यामा सबैभन्दा उच्च अंक प्राप्त गर्ने १६ जना विद्यार्थीलाई कुलपति पदकले विभूषित गरिएको थियो । साथै कम्प्यूटर एप्लिकेशन स्नातकतहमा सबैभन्दा उच्च अंक प्राप्त गर्ने ३ जना विद्यार्थीलाई ओसिईएम गोल्ड मेडलबाट विभूषित गरिएको थियो ।

दीक्षान्तका तस्विरः

 

 

पोखरा विश्वविद्यालयको ११५६ सिट छात्रवृत्ति कोटामा ३७६१ जना विद्यार्थी परीक्षा दिँदै

पोखरा विश्वविद्यालयको ११५६ सिट छात्रवृत्ति कोटामा ३७६१ जना विद्यार्थी परीक्षा दिँदै

२०७८ साल पौष २० गते मङ्गलबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालयको स्नातकतह छात्रवृत्ति २०७८ अन्तर्गत विभिन्न संकायको कुल ११५६ सिट छात्रवृत्ति कोटाका लागि ३७६१ जना विद्यार्थीले परीक्षा दिने भएका छन् । भोलि र पर्सि हुने छात्रवृत्ति परीक्षाका लागि विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गतका ३ वटा कार्यक्रममा ४१ सिटका लागि २८ जना, व्यवस्थापन संकायअन्तर्गतका ६ वटा कार्यक्रममा ६६८ सिटका लागि १३३१ जना र विज्ञान तथा प्रविधि संकायअन्तर्गतका ११ वटा कार्यक्रममा ४४७ सिटका लागि कुल २४०२ जना विद्यार्थीहरू परीक्षामा सहभागि हुँदैछन् । छात्रवृत्ति परीक्षा विश्वविद्यालयको प्राज्ञिक भवन कम्प्लेक्स, त्रिभुवन शान्ति नमूना माध्यामिक विद्यालय र गोल्डेन नेचर बोर्डिङ्ग स्कूल, पोखरा–३०, खुदी, ढुंगेपाटनमा सञ्चालन हुँदैछ । विश्वविद्यालयमा सञ्चालित स्वास्थ्य विज्ञान संकायका कार्यक्रममा भने अघिल्लो वर्षदेखि चिकित्सा शिक्षा आयोगले परीक्षा लिँदै आएको छ ।

पोखरा विश्वविद्यालय नेपालको सबैभन्दा बढि छात्रवृत्ति दिने विश्वविद्यालयको रूपमा चिनिदै आएको छ । गत वर्षमात्रै विश्वविद्यालयले स्नातकतह र स्नातकोत्तर तहका कार्यक्रममा गरी कुल ११९५ जना विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति प्रदान गरेको थियो । विश्वविद्यालयले खुला, स्थानीय, दलित, जनजाति, दुर्गम, अपाङ्ग, शहीद तथा जनआन्दोलन घाइते पीडित, शिक्षक कर्मचारी सन्तति र मधेशी समूदायमा लक्षित छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । विश्वविद्यालयमा प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा गरी गरी कुल ४ वटा आंगिक महाविद्यालय, ४ वटा संयुक्त आंगिक महाविद्यालय र ५८ वटा सम्बन्धनप्राप्त महाविद्यालयहरू छन् । नेपाल भरिबाटै छात्रवृत्ति परीक्षा दिने हजारौं विद्यार्थीहरूको आगमनले पोखराको आन्तरिक पर्यटन र व्यवसायलाई ठूलो सहयोग पुग्दै आएको छ ।

Pokhara University signs MOU with UNDP

Pokhara University signs MOU with UNDP

Pokhara-30, Kaski, Nepal, Friday, December 10, 2021.

Pokhara University signs Memorandum of Understanding (MOU)  with the United Nations Development Programme (UNDP) Nepal for achieving the Sustainable Development Goals, the Agenda 2030. The MOU was signed by Ayshanie Medagangoda-Labe, Resident Representative one behalf of UNDP Nepal, and Prof. Dr. Prem Narayan Aryal, Vice Chancellor on behalf of Pokhara University. At the MOU signing ceremony, Vice-chancellor Prof. Aryal and Medagangoda-Labe also expressed their commitments to work together for the development and promotion of quality education.

The purpose of this MOU is to provide a framework for the non-exclusive cooperation and facilitate and strengthen collaboration between the Parties in the areas of common interest particularly for achieving the Sustainable Development Goals.

The Parties wish to promote the Sustainable Development Goals particularly SDG 1 (no poverty), SDG 2 (zero hunger), SDG 3 (good health and well-being), SDG 4 (quality education), SDG 5 (gender equality), SDG 10 (reduce inequality), SDG 13 (climate action), SDG 16 (promote peace and inclusive societies), and SDG 17 (partnership for the goals).

The MoU signing ceremony was organized by the Pokhara University Research Center, which was Conducted online between two parties.

The Parties agree to cooperate in the following areas of activities for achieving the Sustainable Development Goals:

  1. Collaborate to establish central research facility (the global standard advanced research laboratories) and Center of excellence for higher degree research and education related to SDGs.
  2. Collaborate to initiate professional Master and Doctoral level programs addressing SDGs targets.
  3. Facilitate exchange of professors, administration staffs and students for capacity enhancement trainings/workshops.
  4. Support research and innovation activities through research grants and fellowships to professors, researchers, and students with particular focus on Leave No One Behind (LNOB).
  5. Facilitate partnership with national and international academia, research, and humanitarian agencies to work together for achievement of SDGS in Nepal.
  6. Collaborate to promote gender equality, diversity and prevent all forms of discrimination.

Ceremony was completed in the presence  of Associate Prof. Dr. Dipak Bahadur Bhandari, Registrar of Pokhara University; Associate Prof. Dr. Amar Nagila, Dean, Faculty of Health Sciences of Pokhara University; Associate Prof. Dr. Ram Prasad Aryal, School Director, School of Development and Social Engineering, Pokhara University and Executive authorities, Faculty Members, Students, and Staffs of Pokhrara University and UNDP Team. The Ceremony was moderated by Binda Magar, Advisor (Gender and Social Inclusion) on behalf of UNDP Nepal and Associate Prof. Dr. Namraj Dhami, Executive Director Pokhara University Research Center on behalf of Pokhara University. 

Some of the pictures of the ceremony:

 

 

 

 

 

 

 

अनुसन्धान केन्द्रद्वारा दिगो विकास लक्ष्यहरूमा सेमिनार

अनुसन्धान केन्द्रद्वारा दिगो विकास लक्ष्यहरूमा सेमिनार

२०७८ मङ्सिर २४ गते शुक्रबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रले अन्तर्राष्टिय मानव अधिकार दिवसको अवसर पारेर “इक्वालिटि एण्ड नन–डिसक्रिमिनेशन कोर अफ सस्टेनेबल डेभलपमेन्ट गोल्स” शिर्षकमा एक सेमिनार आयोजना गर्यो । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल, रजिष्ट्रार डा. दिपक बहादुर भण्डारी, स्वास्थ्य विज्ञान संकायका डीन डा. अमर नागिला लगायतको समुपस्थितिमा अनुसन्धान केन्द्रको ‘रिसर्च टक’ कार्यक्रमको दोस्रो श्रृखलाअन्तर्गतको आयोजित उक्त सेमिनारमा प्रमुख वक्ताको रूपमा संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडिपि) नेपालका जेण्डर इक्वालिटि एण्ड सोसल इनक्लुशन सल्लाहकार बिन्दा मगर हुनुहुन्थ्यो ।

उक्त सेमिनारलाई सम्बोधन गर्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले समाजमा सचेतना नभएमा त्यसले लैङ्गिक समानता हासिल गर्न र महिला हिंसा न्यूनिकरण गर्न कठिन हुने बताउनुभयो । उहाँले दिगो विकासका लक्ष्य हासिल गर्न समावेशीय र गुणस्तरीय शिक्षालाई प्रवद्र्धन गर्नुपर्ने र यसको लागि शिक्षकले व्यवहारिक अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै विश्वविद्यालयका रजिष्ट्रार डा. दिपकबहादुर भण्डारीले समाज र परिवारभित्रको व्याप्त असमानता र विभेद हटाउन हरेक व्यक्तिको सोचमा परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सोचमा परिवर्तन शिर्ष व्यक्तिमा मात्र होइन सुविधा भोगि सबैमा हुनु आवश्यक छ भन्नुभयो ।

कार्यक्रममा प्रमुख वक्ता बिन्दा मगरले नेपालमा दिगो विकास लक्ष्यहरू हासिल गर्न यूएनडिपिले खेलेका भूमिकाहरूको बारेमा चर्चा गर्नुभएको थियो । सो अवसरमा उहाँले दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि शैक्षिक संस्थाहरूको भूमिका एवम् चुनौतिपूर्ण र अगाडि बढ्ने मार्गसहित केहि दिगो विकासका लक्ष्यहरूसँग शैक्षिक संस्थाको आबद्धताका बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले दिगो विकास हासिल गर्न एकल प्रयासबाट सम्भव नभएकोले सरकार, नीजि क्षेत्र, नागरिक समाज लगायत सबैको साथ सहयोग चाहिनेमा जोड दिनुभयो ।

कार्यक्रममा पोखरा विश्वविद्यालय स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल ईञ्जिनियरिङ्गका स्कूल निर्देशक सह–प्रा.डा. राम प्रसाद अर्यालले विश्वविद्यालयले दिगो विकासका लक्ष्यहरूलाई मनन गरी अगाडि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रम अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह–प्रा. डा. नमराज धामीले सञ्चालन गर्नुभएको थियो ।

दिगो विकासका लक्ष्यहरू, जसलाई विश्वव्यापी लक्ष्यहरू पनि भनिन्छ, सन् २०३० सम्ममा सबै मानिसहरूले शान्ति र समृद्धिको आनन्द उठाउने कुरा सुनिश्चित गर्नका लागि विश्वव्यापी आव्हानका रूपमा स्वीकार गरि सबै राष्ट्रले यसलाई पछ्याइराखेका छन् । दिगो विकासका लक्ष्यहरूमा १७ वटा लक्ष्यहरू एकिकृत छन्, जसमा एक क्षेत्रको कार्य परिणामले अर्को क्षेत्रलाई असर गर्नेछ र त्यो विकासले सामाजिक, आर्थिक र वातावरणीय दिगोपनलाई सन्तुलन राख्ने उल्लेख छ । कसैलाई पनि पछाडि नछोड्ने प्रतिज्ञाको माध्यमबाट, देशहरूले सबैभन्दा पछि परेकाहरूका लागि दु्रत ट्रयाक प्रगति गर्न प्रतिबद्ध छन् । यसैले दिगो विकासका लक्ष्यहरूलाई विश्वलाई जीवन परिवर्तन गर्ने, शून्य गरिवी, भोक, एड्स र महिला र किशोरीहरू विरूद्ध भेदभावसहित धेरै जीवन परिवर्तन गर्ने ‘शून्यहरू’मा ल्याउन डिजाइन गरिएको छ ।

कार्यक्रमका तस्विरहरूः