स्कूल अफ बिजनेश, पोखरा विश्वविद्यालयले उच्च शिक्षामा शिक्षण विधि, मूल्यांकनका तरिका तथा स्कोरिङ् प्रविधिहरूमा ३ (तीन) दिने कार्यशालाको आयोजना गरेको छ । उक्त कार्यशालाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा विश्वविद्यालयका रजिष्ट्रार गोविन्दप्रसाद शर्माले एक समारोहबीच कार्यक्रम ब्यानरमा दस्तखत गरी शुभारम्भ गर्नुभएको थियो । स्कूल अफ बिजनेशअन्तर्गत रहेको नेपाल कोरिया इन्फरमेशन एक्सेस सेन्टरमा सञ्चालन हुने उक्त कार्यशालाको उद्घाटसत्रलाई सम्बोधन गर्दै रजिष्ट्रार गोविन्द प्रसाद शर्माले शिक्षण विधिलाई गुणस्तर र समयसापेक्ष तुल्याउने दायित्व शिक्षकको रहेको उल्लेख गर्नुभयो । मानविकी तथा सामाजिकशास्त्र संकाय, पोखरा विश्वविद्यालयका डीन प्रा.डा. इन्द्रप्रसाद तिवारी, व्यवस्थापन संकायका डीन प्रा. हरिबहादुर खड्का, स्कूल अफ बिजनेशका स्कूल निर्देशक डा. रविन्द्र घिमिरे, कार्यशालाका संयोजक सह–प्राध्यापक दीपकराज पौडेल तथा स्कूल अफ बिजनेशका उप–प्राध्यापक डा. उमेशसिंह यादवले कार्यक्रमको उपादेयता र महत्वमाथि प्रकाश पार्नुभएको थियो । कार्यशालाको स्रोत व्यक्तिमा काठमाडौं विश्वविद्यालय, स्कूल अफ एजुकेशनका प्रा. बालचन्द्र लुईटेल रहनुभएको छ । कार्यशालामा आंगिक तथा सम्बन्धनप्राप्त महाविद्यालयका दुई दर्जन शिक्षक शिक्षिकाले सहभागिता जनाउने छन् ।
Next Articles
- MBA Scholarship Program को Others Merit मा समावेश भएका उम्मेदवारहरुले Program and College Choice को लागि अनुसूचि ४ को अनलाइन फारम भर्ने सम्बन्धि सूचना ।
- कोर्ष करार शिक्षकको नतिजा प्रकाशनसम्बन्धी सूचना
- सहायक प्रशिक्षक (Electronics and Communication) पदको लिखित परीक्षा स्थगनसम्बन्धी सूचना
- छात्रवृत्ति छनौंट परीक्षा २०८१ को School Type Public/Others का Sixth Scholarship Awarded List
- पूर्णकालीन करार शिक्षकको लिखित परीक्षा स्थगन सम्बन्धी सूचना !: स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङ
- प्रा.डा. बेदराज के.सी. पोखरा विश्वविद्यालयको उप-कुलपतिमा नियुक्त
- Scholarship-5th Awarded List School-Type Others and Anusuchi Form 4 Submission for School-Type Public/Others.
- Notice: Extension of Application Deadline for the vacancy of Course Contract Teacher-SHAS
- School Type-Public/Others का उम्मेदवारहरुको Third Scholarhsip Awarded लिस्ट प्रकाशित सम्बन्धी सूचना !
- Notice:Extension of the Application Deadline for Vacant Positions-School of Health and Allied Sciences