कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा पोखरा विश्वविद्यालयको जरूरी सूचना !!!

कोभिड-१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा पोखरा विश्वविद्यालयको जरूरी सूचना !!!

विश्वभरी फैलिदै गएको नयाँ भेरीयन्ट सहितको कोभिड-१९ को संक्रमण बढ्दै गएकोले वि.सं. २०७८ साल वैशाख ९ गतेदेखि पोखरा विश्वविद्यालय अन्तर्गतका स्कूलहरूमा तपशिल बमोजिम गर्न गराउन मिति २०७८/०१/०८ गतेको निर्णयानुसार यो सूचना जारी गरिएको छ:

१) नेपाल सरकारले कास्की जिल्लालाई कोभिड अति प्रभावित भनी वर्गीकरण गरेको हुँदा सैद्धान्तिक कक्षाहरु अनलाईनको माध्यमबाट सञ्चालन गर्ने । आवश्यक भएमा जनस्वास्थ्यका मापदण्डहरूको कडाईका साथ पालना गर्दै विद्यार्थीहरूको पालो मिलाई भौतिक कक्षा तथा प्रयोगात्मक कक्षाहरू पनि सञ्चालन गर्न सकिने ।
२) आवश्यक स्वास्थ्य सावधानी अपनाई परीक्षा सञ्चालन गर्ने । परीक्षा सञ्चालनका लागि आवश्यक संख्यामा शिक्षक कर्मचारीहरूको उपस्थिति गराउने ।
३) २५ जना भन्दा बढी हुनेगरी कुनै पनि सभा, सम्मेलन, गोष्ठि प्रत्यक्ष रूपमा नगर्ने । ७ जना भन्दा बढी प्रत्यक्ष उपस्थित भएर बैठक नगर्ने । अनलाइनको माध्यमबाट मात्र गर्ने ।
४) सबै कार्यालय, स्कूल र निकायले स्वास्थ्य सावधानी अपनाउँदै मास्क, सेनिटाइजर र साबुन पानीको आवश्यक व्यवस्था गर्ने ।
५) अनलाइन कक्षा लिने शिक्षकहरूको हाजिरी डाउनलोड गरी राख्ने । तोकिएको कक्षा अनलाइन नलिने र कक्षा नभएका सम्बन्धित शिक्षकहरूलाई स्कूलमा अनिवार्य रूपमा उपस्थित भई हाजिर हुनुपर्ने व्यवस्था मिलाउने ।
६) अनलाईन कक्षा सञ्चालनमा रहेता पनि कार्यालयको काममा आवश्यकता परेको खण्डमा शिक्षकहरू कार्यालयमा उपस्थित हुनुपर्ने ।

 

आज्ञाले,


लोकप्रसाद ढकाल
सूचना अधिकृत
२०७८ वैशाख ८ गते बुधबार