स्कूल अफ बिजनेश, पोखरा विश्वविद्यालयले उच्च शिक्षामा शिक्षण विधि, मूल्यांकनका तरिका तथा स्कोरिङ् प्रविधिहरूमा ३ (तीन) दिने कार्यशालाको आयोजना गरेको छ । उक्त कार्यशालाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा विश्वविद्यालयका रजिष्ट्रार गोविन्दप्रसाद शर्माले एक समारोहबीच कार्यक्रम ब्यानरमा दस्तखत गरी शुभारम्भ गर्नुभएको थियो । स्कूल अफ बिजनेशअन्तर्गत रहेको नेपाल कोरिया इन्फरमेशन एक्सेस सेन्टरमा सञ्चालन हुने उक्त कार्यशालाको उद्घाटसत्रलाई सम्बोधन गर्दै रजिष्ट्रार गोविन्द प्रसाद शर्माले शिक्षण विधिलाई गुणस्तर र समयसापेक्ष तुल्याउने दायित्व शिक्षकको रहेको उल्लेख गर्नुभयो । मानविकी तथा सामाजिकशास्त्र संकाय, पोखरा विश्वविद्यालयका डीन प्रा.डा. इन्द्रप्रसाद तिवारी, व्यवस्थापन संकायका डीन प्रा. हरिबहादुर खड्का, स्कूल अफ बिजनेशका स्कूल निर्देशक डा. रविन्द्र घिमिरे, कार्यशालाका संयोजक सह–प्राध्यापक दीपकराज पौडेल तथा स्कूल अफ बिजनेशका उप–प्राध्यापक डा. उमेशसिंह यादवले कार्यक्रमको उपादेयता र महत्वमाथि प्रकाश पार्नुभएको थियो । कार्यशालाको स्रोत व्यक्तिमा काठमाडौं विश्वविद्यालय, स्कूल अफ एजुकेशनका प्रा. बालचन्द्र लुईटेल रहनुभएको छ । कार्यशालामा आंगिक तथा सम्बन्धनप्राप्त महाविद्यालयका दुई दर्जन शिक्षक शिक्षिकाले सहभागिता जनाउने छन् ।
Next Articles
- नवनियुक्त रजिष्ट्रार डा. थापाद्वारा पदभार ग्रहण
- सह–प्रा.डा. अजय थापा पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा नियुक्त
- प्रा.डा. दिपकबहादुर भण्डारीज्यूको बिदाई कार्यक्रम सम्पन्न
- प्रशासनिक क्षमता विकास तालिम सम्पन्न
- रङ्गरोगन, जीर्णोद्धार तथा जग्गा विकास कार्यका लागि ठेक्का सम्झौता
- प्राकृतिक संसाधन संरक्षणसम्बन्धी पाठ्यक्रम निर्माणमा बैठक सम्पन्न
- इनक्युबेसन केन्द्रको उद्घाटन
- पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको सेवा २४ सै घण्टा
- पोखरा विश्वविद्यालयमा इन्क्युबेशन सेन्टर सरोकारवालाहरूको बैठक सम्पन्न
- पोखरा विश्वविद्यालयमा अन्तर्राष्ट्रिय डिजास्टर मेडिसिनसम्बन्धी गोष्ठी सम्पन्न