२०७६ पौष ९ गते बुधबार, लेखनाथ । पोखरा विश्वविद्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत रामजी बाँस्तोलाको २०७६ पुस ८ गते मंगलबार भएको असामयिक निधनका कारण विश्वविद्यालयले एक शोक सभा सम्पन्न गरेको छ । वि.सं. २०३६ भदौ १० गते जन्मेका स्वर्गीय बाँस्तोला ४० वर्षका थिए । स्व. रामजी बाँस्तोलाले वि.सं. २०५५ असार ७ गते करार सेवामा विश्वविद्यालयमा सेवा प्रवेश गरेका थिए । उनी वि.सं. २०५६ असार १ गते अस्थायी र वि.सं. २०५८ भदौ १ गते स्थायी पदमा रही २१ वर्षसम्म विश्वविद्यालय सेवामा रहे । उनका श्रीमति एक, छोरा एक र छोरी एक जना रहेका छन् । कर्मचारी रामजी बाँस्तोलाको अल्पायूमै भएको असामयिक निधनप्रति विश्वविद्यालय परिवार गहिरो शोक व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जलीसहित शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।
Next Articles
- रङ्गरोगन, जीर्णोद्धार तथा जग्गा विकास कार्यका लागि ठेक्का सम्झौता
- प्राकृतिक संसाधन संरक्षणसम्बन्धी पाठ्यक्रम निर्माणमा बैठक सम्पन्न
- इनक्युबेसन केन्द्रको उद्घाटन
- पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको सेवा २४ सै घण्टा
- पोखरा विश्वविद्यालयमा इन्क्युबेशन सेन्टर सरोकारवालाहरूको बैठक सम्पन्न
- पोखरा विश्वविद्यालयमा अन्तर्राष्ट्रिय डिजास्टर मेडिसिनसम्बन्धी गोष्ठी सम्पन्न
- नयाँ छात्रावास भवन निर्माणको डिपिआर तयार गर्न ठेक्का सम्झौता सम्पन्न
- उपकुलपतिद्वारा नयाँ शैक्षिक भवन शिलान्यास
- नवनियुक्त उपकुलपतिद्वारा पदभार ग्रहण तथा विश्वविद्यालयद्वारा स्वागत कार्यक्रम आयोजना
- प्रा.डा. बेदराज के.सी. पोखरा विश्वविद्यालयको उप-कुलपतिमा नियुक्त