सुरक्षाकर्मी लगायत अन्य सेवा करारमा लिनेसम्बन्धी पुनःसिलबन्दी दरभाउपत्र आव्हानसम्बन्धी सूचना

पोखरा विश्वविद्यालय
केन्द्रीय कार्यालय, पोखरा–३०, कास्की
सुरक्षाकर्मी लगायत अन्य सेवा करारमा लिनेसम्बन्धी पुनःसिलबन्दी दरभाउपत्र आव्हानसम्बन्धी सूचना
कान्तिपुरमा प्रथम पटक सूचना प्रकाशित भएको मितिः २०७५/०८/१९
पोखरा विश्वविद्यालयमा सुरक्षाकर्मी लगायत अन्य सेवा करारमा लिनुपर्ने भएकोले सो कार्यको लागि इजाजतप्राप्त योग्य तथा इच्छुक फर्म, संस्था वा कम्पनीहरूबाट चालु आ.व.को लागि नविकरण भएको ईजाजतपत्र, आयकरको स्थायी लेखा प्रमाणपत्र, आ.व. २०७३/०७४ को कर चुक्ता प्रमाण–पत्र, मु.अ.कर दर्ता प्रमाण–पत्रको प्रमाणित प्रतिलिपी संलग्न राखि निवेदन दिई रू. १,०००।– (एक हजार) दस्तुर बुझाई (फिर्ता नहुने गरी) यो सूचना प्रकाशित भएको मितिले ७ दिन (मिति २०७५/०९/२७ गते) सम्म कार्यालय समयभित्र पोखरा विश्वविद्यालय केन्द्रीय कार्यालयबाट फाराम खरिद गरी ८ औं दिनको (मिति २०७५/०९/२८ गते) मध्यान्ह १२ः०० बजेभित्र रितपूर्वकको पुनःसिलबन्दी दरभाउपत्र आव्हान गरिन्छ । सिलबन्दी दरभाउपत्र खरिद गर्ने, दाखिला गर्ने एवम् खोल्ने अन्तिम दिन सार्वजनिक विदा परेमा उक्त कार्यहरू विदाको लगत्तै पछि कार्यालय खुलेको दिन सोही समयमा हुनेछ ।