पोखरा विश्वविद्यालयको सम्बन्धनसम्बन्धी म्याद थपको सूचना

मिति २०६९।१२।२६ गते सोमवार गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचनाबमोजिम विश्वविद्यालयमा सम्बन्धनका लागि दरखास्त पेश गर्ने समय मिति २०७०।०१।१९ गते अपरान्ह ५.०० बजेसम्म मात्र रहेकोमा विशेष कारणवस विज्ञान तथा प्रविधि संकायअन्तर्गतका कार्यक्रमका लागि मात्र  समय थप गर्न आवश्यक देखिएकोले उक्त संकायतर्फका कार्यक्रमका लागि दरखास्त फाराम वितरणको समय मिति २०७०।०१।२९ गतेसम्म र बुझाउने समय सोही दिनको अपरान्ह ५.०० वजेसम्म थप गर्ने निर्णय भएको व्यहोरा जानकारी गराउँदछु ।

हरि बहादुर खड्का,
प्रमुख, योजना तथा कार्यक्रम महाशाखा, पो. वि. ।