पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेसमा अध्ययन गरेका भूतपुर्व विद्यार्थीहरुको यही २०७५ पुष २१ गते शनिवार व्हाइट हाउस पार्टी प्यालेस, सिर्जनाचोक, पोखरामा एलुम्नाई एशोसियसन गठन गर्ने उद्देश्यले एक भेलाको आयोजना गरिएको थियो । उक्त भेला स्कूल अफ बिजनेसका उप प्राध्यपक प्रदिप सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्कूल अफ बिजनेसमका उप प्राध्यापक रामकृष्ण चापागाईले भूतपुर्व विद्यार्थीहरुलाई स्वागत गर्नु भएको थियो । उक्त भेलामा ब्यवस्थापन संकायका डीन प्राध्यापक हरि बहादुर खड्का, स्कूल अफ बिजनेसका निर्देशक डा. रविन्द्र घिमिरेले सम्बोधन गर्नु भएको थियो । पूर्व विद्यार्थीहरुको तर्फबाट डा. चैतन्य अधिकारी, उमेश आचार्य, अमृत बास्तोला, र पूनम गिरीले पनि आफ्ना धारणाहरु राख्नुभएको थियो । कार्यक्रमको संचालन उप प्राध्यापक संतोष गुरुङ्गले गर्नु भएको थियो । भेलाले डा. चैतन्य अधिकारीको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ । उपाध्यक्षमा दिपमाला श्रेष्ठ, सचिवमा प्रदिप सापकोटा, सहसचिवमा संतोष शर्मा, कोषाध्यक्ष पुनम गिरी, सदस्यहरुमा अमृत बास्तोला, शिखा गुरुङ्ग, मन्जु बराल, जीवन भण्डारी, सुवर्ण बीर जबरा, सुजिता अधिकारी, सुवास मल्ल, र ज्योति सुनार रहेका छन् । उक्त कार्यक्रमलाई माछापुच्छे बैंक र सन नेपाल लाइफ इन्सुरेन्सबाट प्रायोजन गरिएको थियो । तदर्थ समितिले बिधान मस्यौदा उपसिमिति गठन गरेको छ ।
Next Articles
- नयाँ छात्रावास भवन निर्माणको डिपिआर तयार गर्न ठेक्का सम्झौता सम्पन्न
- उपकुलपतिद्वारा नयाँ शैक्षिक भवन शिलान्यास
- नवनियुक्त उपकुलपतिद्वारा पदभार ग्रहण तथा विश्वविद्यालयद्वारा स्वागत कार्यक्रम आयोजना
- प्रा.डा. बेदराज के.सी. पोखरा विश्वविद्यालयको उप-कुलपतिमा नियुक्त
- “चौथो अन्तर्राष्ट्रिय सम्मेलन – दिगो विज्ञ प्रणाली (ICSES 2024)” सम्पन्न
- उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको विदाई समारोह सम्पन्न
- पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास प्रश्वास समस्या सम्बन्धी वृहत स्वास्थ्य शिविर सम्पन्न
- पोखरा विश्वविद्यालय शिक्षण अस्पतालद्वारा COPD र पेलियाटिभ केयरमा सीएमई कार्यक्रम सम्पन्न
- उपकुलपतिद्वारा रजतस्तम्भको समुद्घाटन
- स्वास्थ्य विज्ञान सङ्कायमा पिएचडि कार्यक्रम शुरू