+977 61 561046पोखरा विश्वविद्यालय
ले.न.पा.१२ मुसेटुडाँको सिसौं तथा खयरका रुख लिलाम बिक्री बारेको सूचना
(प्रथम पटक प्रकाशित मितिः२०६९।११।१८ गते शुक्रबार)
यस विश्वविद्यालयको ले.न.पा. वडा नं. १२ मुसेटुडाँ स्थित कि.नं. २१२८ को जग्गामा रहेका सिसौं तथा खयर जातका (सिसौं-११ र खयर-१४२ जम्मा=१५३ सुखड खडा रुखहरु जे जस्तो अवस्थामा छ , सोही अवस्थामा लिलाम बडाबड गरि ब्रि्री गर्नु पर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ । इच्छुक व्यक्ति, संघ, संस्था, र्फम वा कम्पनीले यो सूचना राष्टिय दैनिक पत्रिकामा प्रथम पटक प्रकाशित भएको मितिले १५ दिन भित्र सिलबन्दी बोलपत्र खरिद गरी तोकिएको स्थानमा बुझाउन आव्हान गरिन्छ ।
१) बोलपत्र दाखिला गर्नुपर्ने अन्तिम मिति र समयः क) अन्तिम मितिः १६ औं दिन ख) समयः १.०० बजेसम्म ।
२) बोलपत्र दाखिला गर्नुपर्ने अन्तिम मिति र समयमा र्सार्वजनिक विदा परे त्यसको भोलिपल्ट कार्यालय समयभित्र बुझाउन पाइनेछ ।
३) बोलपत्र फाराम पो.वि.केन्द्रीय कार्यालय, लेखनाथ, कास्कीबाट कार्यालय समय भित्र खरिद तथा दाखिला गर्न सकिनेछ । साथै कुनै कुरा वुझ्नु पर्ने भएमा
कार्यालय समय भित्र आई बुझ्न सकिनेछ ।
४) बोलपत्र फाराम प्रति गोटाको रु.५०० पछि फिर्ता नहुने गरी तिरी पो.वि.केन्द्रीय कार्यालय, लेखनाथ, कास्कीबाट खरिद गर्न सकिनेछ ।
५) लिलाम बढाबढ हुने सिसौं तथा खयरका रुखहरु कार्यालय खुलेको समय भित्र विश्वविद्यालयको ले.न.पा. वडा नं. १२ मुसेटुडा स्थित कि.नं. २१२८ को
जग्गामा गई हेर्न सकिनेछ ।
काठ लिलाम बिक्रि समिति
पोखरा विश्वविद्यालय, लेखनाथ
Information Desk of Affiliated College
Click Leave Here for information
